Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

किन भाग्दैछन् स्थानीय चुनावदेखि बाबुराम ?

\"\"काठमाडौं, १२ फागुन । देश लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको भन्दै सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव स्थगित गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले माग गरेको छ । नयाँ शक्तिले शक्तिले उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालसँग मिलेर राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधानका त्रुटीहरुलाई सच्याउने र मुद्दाहरुलाई सम्बोधन गरी संविधान संशोधन र परिमार्जनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाएर मात्रै स्थानीय तहको चुनाव गर्नुपर्ने सयुक्त प्रेस विज्ञप्ति नै जारी गरेको छ । युक्त विज्ञप्ति हेर्दा बाबुरामले पनि स्थानीय तहको चुनाव चाहेका छैनन् । उनको माग अनुसार पहिला संघ र प्रदेशको निर्वाचन गराउन आवश्यक रहेको बताएका छन् । यसले नै प्रष्ट हुन्छ बाबुराम चुनावबाट ‘ब्याक’ हुँदैछन् । अहिले नयाँ शक्ति र मधेशी मोचाले उठाएका केहि मुद्धाहरु मिल्दाजुल्दा छन् । जस्तै नयाँ शक्तिले पनि पहिला संविधान संशोधन गरेर मात्रै चुनाव हुनुपर्नेलगायतका छन् । हुनत आज आएको बाबुराम र यादवको सयुक्त विज्ञप्ति खास नौलो होईन् । किन कि यसअघि नै बाबुराम र यादव मिल्ने कुरा सार्वजनिक भईसकेका छन् । तर बाबुराम नै किन चुनाव चाहँदैनन् भन्ने कुरा खास ठूलो हो । बाबुरामलाई यसअघि नै भारतको विश्वासी पात्रको ‘ट्याग’ लागेको थियो । अहिले मधेशीका मागलाई उचालेर आन्दोलनमा सहकार्य गर्नु कत्तिको उचित हो उनै भट्टराई जान्नुपर्ने हो । १९ बर्षदेखि स्थानीय जनप्रतिनिधि विहिन भएको अबस्थामा सरकारले घोषणा गरेको स्थानीय निर्वाचन स्थगित गर्नुपर्छ भन्ने बाुबरामहरुको पाँच ‘स’ले गिज्याएको जस्तो आभाष हुन्छ । सवृद्धि सम्भव छ हाम्रै पालामा भन्ने बाबुरामहरु किन चुनाव चाहँदैन् ? ०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव समृद्धि होईन् र ? के यो चुनावलाई निकास रुपमा नहेर्ने बाबुरामहरु कुन नजरले हेर्न चाहन्छन ? \"\" बाबुराम यतिबेला मधेशीको मुद्धालाई उठाएर तराई चुनावी माहौल सिर्जन ा गर्न खोजिरहेका छन् । संशोधनको मुद्धालाई उठाएर मधेशी समुदायको मनभित्र पस्न् खोजिरहेका छन् । त्यसैले संशोधनपछि चुनाव हुनुपर्ने तर्क अघि सारिरहेका छन् । सयुक्त विज्ञप्तिको पहिलो नम्वरमै व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्नुपर्ने माग गरेका छन् । त्यसपछि दोस्रो नम्बरमा संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिला गर्नुपर्ने बाबुरामहरुले बताएका छन् । के साच्चै नयाँ शक्तिको नारा जस्तै देशमा निकास चाहेका छन् बाबुरामहरुले ? यदि देशमा निकास चाहेका भए किन बाबुराम चुनाव चाहदैनन् ? कि चुनावदेखि डराए बाबुराम ? हो पक्कै देशलाई निकास दिन निर्वाचन मात्रै आजको आवश्यकता होईन् । तर निर्वाचन पनि आवश्यकता भित्रको एक हो भन्ने कुरा बु्झ्नुपर्छ । देशलाई अग्रगामी परिवर्तनको दिशामा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य हो भन्ने कुरा बाबुरामहरुले बुझ्न जरुरी छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE