Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

किन झरे प्रचण्ड मधेश ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार यसो भन्छन्

[caption id=\"attachment_109091\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिराहा गएका गएका छन् । आज विहान भएको कांग्रेस–माओवादी केन्द्रको बैठक सकिएपछि आफ्नो निर्वाचन क्षेत्र सिराहा गएका हुन् । प्रचण्डले सिराहामा पार्टी कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन् । स्थानीय तहको चुनावको मिति घोषणा गर्न छलफल गरिरहेका प्रचण्डले यसअघि रोल्पामा पुगेर करिब डेढ अर्ब रुपैयाँ बजेट प्याकेज घोषणा गरेका थिए । तर प्रधानमन्त्री प्रचण्ड यो पटक कतै हल्ला नगरी सिराहा गएका छन् । त्यहाँ किन गए भन्नेबारे प्रधानमन्त्रीका सचिवालयले खुलाउन चाहेनन् । तर प्रचण्ड सिराहामा श्रीमद भागवत महायज्ञ उद्घाटन गर्न गएको स्रोतले जानकारी दिएको छ । सरकार आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएपनि पनि टरेको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड मधेश केन्द्रीत दलहरुसंग ‘वान टु वान’ छलफल गरेको हिजो मधेशी मोर्चासँग सयुक्त छलफल गरेपनि संविधान संशोधन नगरि चुनावमा नजाने मोर्चाले अडान लिएको थियो । मोर्चा अडानले आज भनिएको चुनावको मिति घोषणा पनि टरेको हो । आज बसेको माओवादी केन्द्र–कांग्रेस बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संशोधन नगरि चुनाव नजाने घोषणा गरेको मधेशी मोर्चासंग छलफल गर्ने गरी बैठक सकिएको थियो । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने तयारी थालेको छ । मोर्चा र एमालेसँग छलफल गर्ने तयारीमा रहेका प्रचण्ड भने यतिवेला मधेश झेरका छन् । हामिले यो विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई सम्पर्क ग¥यौं । आर्चायको भनाई जस्ताकोतस्तै सिराहा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र हो । निर्वाचन क्षेत्रमा कार्यक्रम भएर जानु भएको हो । यसअघि पनि उहाँ अन्य जिल्लामा गएर बजेटको प्योकज घोषणा गरेर आउनु भएको थियो । तपाईले भने जस्तो श्रीमद भागवत महायज्ञ उद्घाटनमा भने होईन् । त्यहाँ पुगेपछि भागवत रहेछ भने पस्नुहुन्छ । प्रधानमन्त्री भएपछि सबै धर्मलाई समान ढंगले हेर्नुपर्छ । कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा लगाउनु हुँदैन् । निर्वाचन क्षेत्रमा जाँदा यदि भागवत रहेछ भने जानुहुन्छ होला । प्रचण्ड सिराहा जानुमा कुनै अनाैठो छैन् । सिराहाको कार्यक्रम सकेर आएपछि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्ष एमालेसाग छलफल गर्नेछन् । त्यस्तै भोलिको क्याविनेट बैठक अगाडी नै निवाृचन आयोगसँग परामर्श लिएर चुनावको मितिको टुंगो लगाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE