Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

विदेशमा प्योङयाङको गुप्तचरी

\"\"काठमाडाैं, ७ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको यसै साता मलेसियाको विमानस्थलमा रहस्यम हत्या भयो । हत्यामा उत्तर कोरियाली एजेन्टको संलग्नता रहेको सर्वत्र चर्चा छ, तथापि यसको पुष्टि हुन बाँकी नै छ । किम जोङ उन शक्तिमा आएपछि आफ्नो सत्ताका लागि चुनौती लाग्ने शंकास्पद सबैको सफाया गरेका छन् । यसअघि पनि उत्तर कोरियाली शासकले विदेशी भूमिमा नै एजेन्ट लगाएर आफ्ना नागरिक र विदेशीको हत्या योजना गरेका थिए । आफ्ना विरोधीलाई सखाप पार्न उत्तर कोरियाले विदेशमा गुप्तचर पठाउने गरेको इतिहास लामो छ । सन् १९६८ मा ब्लुहाउस आक्रमण दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लुहाउसमा घुसपैठ गरी राष्ट्रपति पार्क चुङ हिको हत्या गर्ने उद्देश्यका साथ सन् १९६८ मा उत्तर कोरियाले ३१ सदस्यीय कमान्डोलाई दक्षिण कोरिया पठाएको थियो । कमान्डोलाई राजधानी सिउलनजिकै एउटा पहाडमा लुकेको अवस्थामा दक्षिण कोरियाली नागरिकले देखेका थिए । दक्षिण कोरियाको प्रहरी र सेनाले त्यसको सुइँको पाएपछि उत्तर कोरियाली कमान्डो जंगलतर्फ भागेको थियो । केही दिनपछि सो कमान्डो दक्षिण कोरियाली सेनाको पोसाकमा ब्लुहाउसको कम्पाउन्ड पुगेको थियो । राष्ट्रपति निवासबाट सय मिटर दूरीमा रहेको चेकपोस्टमा कमान्डोबारे सोधपुछ भयो । तत्कालै दुवै पक्षबीच गोली हानाहान भएको थियो । दोहोरो गोली हानाहानमा केही कमान्डो मारिए भने केही भाग्न सफल भए । एकजना पक्राउ परे । भिडन्तमा ९० भन्दा बढी दक्षिण कोरियालीको मृत्यु भएको थयो । सन् १९८३ मा बर्मा विस्फोट विदेशी भूमिमा आफ्ना नागरिकको हत्या उत्तर कोरियाका लागि कुनै नौलो विषय होइन । तर, उसले शत्रु राष्ट्रका उच्च नेतालाई पनि बारम्बार निसाना बनाएको थियो । दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति चुन डु हवानलाई लक्षित गरी उत्तर कोरियाले बर्मामा हत्या प्रयास गरेको थियो । राष्ट्रपति हवानले राजधानी यांगुनको सहिद स्मारकमा पुष्पगुच्छा चढाउने कार्यक्रमलाई लक्षित गरी गुप्तचरले तीनवटा शक्तिशाली विस्फोट गराएका थिए । विस्फोटमा चार मन्त्रीसहित १७ जना दक्षिण कोरियाली अधिकारीको मृत्यु भएको थियो । विस्फोटमा चारजना बर्मेली अधिकारीको पनि मृत्यु भएको थियो । हवानको कार ट्राफिक जाममा परेकाले उनी विस्फोटबाट बचेका थिए । सो विस्फोटमा तीनजना उत्तर कोरियाली एजेन्टको संलग्नता थियो । विस्फोटमा संलग्न एजेन्टमध्ये एकजनाको मृत्यु भएको थियो भने दुईजना पक्राउ परेका थिए । सन् १९७० देखि १९८० सम्म विदेशमा अपहरण आफ्ना गुप्तचरलाई जापानी भाषा सिकाउन उत्तर कोरियाले १० वर्षसम्म जापानी नागरिकको अपहरण गरेको थियो । तीमध्ये अधिकांशलाई जापानको तटीय क्षेत्रबाट अपहरण गरिएको थियो । उत्तरले जापानबाहेक अन्य देशका नागरिकलाई पनि अपहरण गरेको थियो । सन् १९७७ मा एक १३ वर्षीय छात्रालाई विद्यालयबाट घर फर्किने क्रममा उत्तर कोरियाली गुप्तचरले अपहरण गरेका थिए आफूले अपहरण गरेकामध्ये पाँचजनालाई प्योङयाङले फिर्ता गरेको छ भने आठजनाको मृत्यु भएको जनाएको छ । तर, जापानले भने आफ्ना नागरिकको मृत्यु नभई हत्या गरिएको जनाएको छ । उत्तर कोरियाले दक्षिण कोरियालीलाई पनि अपहरण गरेको छ । उत्तर कोरियाले दक्षिण कोरियाका फिल्म निर्देशक र उनकी पत्नीलाई हङकङबाट अपहरण गरी प्योङयाङ पुर्‍याएको थियो । उत्तर कोरियाको फिल्म उद्योग स्थापना गर्न उनीहरूलाई अपहरण गरिएको थियो । रुसमा दक्षिण कोरियाली अधिकारीको हत्या हजारौँ उत्तर कोरियाली नागरिक रसियामा बसेको अनुमान छ । उनीहरूले विभिन्न देशका उच्च तहका अधिकारीको गुप्तचरी गर्छन् । एकपटक उत्तर कोरियाका गुप्तचरले दक्षिण कोरियाको कन्सुलेटका अधिकारी चोइ डुक क्यूको हत्या गरेको थियो । उत्तरमाथि निगरानी गरेको आशंकामा सन् १९६६ मा उनको हत्या भएको थियो । भगौडालाई निसाना उत्तर कोरियाली सरकारसँग विद्रोह गरी भागेका आफ्ना नागरिकलाई दक्षिण कोरियाले आश्रय दिएका कारण पनि उत्तर कोरियाले विदेशमा रहेका आफ्ना नागरिकको हत्यालाई तीव्र पारेको छ । गत वर्ष बेलायतमा रहेका उत्तर कोरियाली सहायक राजदूत विद्रोह गरी दक्षिणमा आश्रय लिएपछि उनीमाथि बारम्बार उत्तरले हत्या धम्की दिँदै आएको छ । सन् १९९७ मा उत्तर कोरियाली सरकारसँग विद्रोह गर्ने वरिष्ठ राजनीतिज्ञ हवाङ जाङ योपलाई उत्तर कोरियाली गुप्तचरले हत्या गरेका थिए । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending