Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्थिती नियन्त्रणमा लिन माग गर्दै चन्द्रनिगाहपुरमा रिले अनशन सुरु

रौतहट, रौतहटको गौरमा जारी असहज परिस्थितिलाई सहज बनाउन विभिन्न सङ्घसंस्थाले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्य समिति रौतहट, नेकपा संयुक्त माक्र्सवादी, श्री जुद्ध क्याम्पस गौर प्राध्यापक सङ्घ, जिल्ला अदालत बार एसोसिएसन गौरले छुट्टाछुटै प्रेस विज्ञप्ति जारी गरी रौतहट उद्योग वाणिज्य सङ्घद्वारा घोषित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनप्रति घोर आपत्ति जनाएका छन् ।

बैठकमा भएको निर्णयबारे जानकारी दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रौतहटका अध्यक्ष सत्येन्द्रकुमार सिंहले आन्दोलनका क्रममा मृत्यु भएका राम आशिष ठाकुरलाई सहिद घोषणा गर्न सरकारसँग माग गरिएको बताएका छन् ।

विगत छ दिनदेखि जारी आन्दोलन शान्तिपूर्ण अवस्थामा रहेको छ ।

यसैगरी एकीकृत नेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाद्वारा आह्वान गरिएको आमहडतालको पहिलो दिन आज सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन ठप्प भएको छ ।

बन्दका कारण बिहान तथा दिउँसो कक्षा सञ्चालन हुने कुनै पनि शैक्षिक संस्थामा पठनपाठन हुन सकेन । बन्दकर्ताले रौतहटका विभिन्न ठाउँमा बिहानै जम्मा भएर चोक तथा गल्लीका पसल बन्द गराउँदै हिँडेका थिए ।

यसैबीच आजदेखि चन्द्रपुर नगरपालिकामा सेवा केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै रिले अनशन सुरु गरिएको छ ।

रिले अनशनमा छ जनाको सहभागिता रहेको छ ।

उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरका अध्यक्ष वासुदेव अधिकारीको नेतृत्वमा बसेको उक्त रिले अनशनमा विनोद घिमिरे, विनोद गुप्ता, भरत आचार्य र जितेन्द्र चौधरी रहेका छन् ।

चन्द्रपुरमा सेवा केन्द्र स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयन गराउन तथा गरुडामा समेत सेवा केन्द्र माग गर्न गठित संयुक्त सङ्घर्ष समितिको अनिश्चितकालीन रिले अनशन चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको लोकतान्त्रिक पार्कमा सुरु गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending