Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युथफोर्सका कार्यकर्ताद्वारा खुकुरी प्रहार

मोरङ,  विराटनगरस्थित मोरङ क्याम्पसको होस्टलमा बस्ने विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा दुई जना सख्त घाइते भएका छन् । आफूलाई युथफोर्सका कार्यकर्ता बताउने समूहले आज बिहान अचानक होस्टलभित्र पर्सी विद्यार्थीमाथि रड र खुकुरी प्रहार गर्दा होस्टलमा बस्ने विद्यार्थी सप्तरी घर भएका दुर्गाप्रसाद यादव र रामअवतार मण्डल सख्त घाइते भएका हुन् । अर्कै कलेजमा पढ्ने विद्यार्थीको समूह प्रायः मोरङ कलेजको होस्टलमा आएर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विद्यार्थीलाई हप्कीदप्की गर्ने गरेका थिए । उक्त कुराको विरोध गर्दा सोमबार साँझ होस्टलका विद्यार्थी र युथफोर्स कार्यकर्ता बताउनेहरुबीच झगडा पनि भएको थियो । सोही झगडाको बदला लिन आज बिहानै ५ बजे नवराज कार्कीसहितको समूह हातहतियार लिई होस्टलमा पसेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर फरार भएको विद्यार्थी नेता देवा यादवले बताए ।

उनका अनुसार गुण्डागर्दीमा संलग्न युवाको समूहले आक्रमण गर्दा होस्टलमा बस्ने बरदान, जयप्रकाशलगायत पाँच जना विद्यार्थीलाई पनि चोटपटक लागेको छ । सख्त घाइते भएका विद्यार्थीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरु को–को थिए भन्नेबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए । घाइते विद्यार्थीहरु एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी समर्थकहरु हुन् । तीस दलीय मोर्चाले सोमबार साँझ निकालेको मसाल जुलुसमा सहभागी भएर फर्किएका अखिल क्रान्तिकारी समर्थित ती विद्यार्थीलाई सोमबार नै युथफोर्सका कार्यकर्ता बताउने युवाको समूहले कुटपिट गरेको थियो । होस्टलमा झगडा भएपछि राति अबेरसम्म छलफल गरी प्रहरी कार्यालयमा मिलापत्र गर्ने सहमति बनाएका उनीहरुलाई आज बिहानै खुकुरी प्रहार भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending