Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युथफोर्सका कार्यकर्ताद्वारा खुकुरी प्रहार

मोरङ,  विराटनगरस्थित मोरङ क्याम्पसको होस्टलमा बस्ने विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा दुई जना सख्त घाइते भएका छन् । आफूलाई युथफोर्सका कार्यकर्ता बताउने समूहले आज बिहान अचानक होस्टलभित्र पर्सी विद्यार्थीमाथि रड र खुकुरी प्रहार गर्दा होस्टलमा बस्ने विद्यार्थी सप्तरी घर भएका दुर्गाप्रसाद यादव र रामअवतार मण्डल सख्त घाइते भएका हुन् । अर्कै कलेजमा पढ्ने विद्यार्थीको समूह प्रायः मोरङ कलेजको होस्टलमा आएर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विद्यार्थीलाई हप्कीदप्की गर्ने गरेका थिए । उक्त कुराको विरोध गर्दा सोमबार साँझ होस्टलका विद्यार्थी र युथफोर्स कार्यकर्ता बताउनेहरुबीच झगडा पनि भएको थियो । सोही झगडाको बदला लिन आज बिहानै ५ बजे नवराज कार्कीसहितको समूह हातहतियार लिई होस्टलमा पसेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर फरार भएको विद्यार्थी नेता देवा यादवले बताए ।

उनका अनुसार गुण्डागर्दीमा संलग्न युवाको समूहले आक्रमण गर्दा होस्टलमा बस्ने बरदान, जयप्रकाशलगायत पाँच जना विद्यार्थीलाई पनि चोटपटक लागेको छ । सख्त घाइते भएका विद्यार्थीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरु को–को थिए भन्नेबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए । घाइते विद्यार्थीहरु एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी समर्थकहरु हुन् । तीस दलीय मोर्चाले सोमबार साँझ निकालेको मसाल जुलुसमा सहभागी भएर फर्किएका अखिल क्रान्तिकारी समर्थित ती विद्यार्थीलाई सोमबार नै युथफोर्सका कार्यकर्ता बताउने युवाको समूहले कुटपिट गरेको थियो । होस्टलमा झगडा भएपछि राति अबेरसम्म छलफल गरी प्रहरी कार्यालयमा मिलापत्र गर्ने सहमति बनाएका उनीहरुलाई आज बिहानै खुकुरी प्रहार भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending