Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

श्रीलङ्कामा खडेरीले सात लाख मानिस भोकमरीमा

कोलम्बो, ३ फागुन । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ । डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् । लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ । यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० को नियमित प्रतिवेदन ९कन्ट्रि अपडेट० ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा पोषण सुरक्षाको स्थिति नाजुक रहने भनी प्रतिवेदन प्रकाशन गरेको थियो । यस वर्षको मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली उत्पादन प्रायः शून्य हुने परिस्थिति देखिएकाले श्रीलङ्काले विगत चालिस वर्षपछि पहिलो पटक यसरी खडेरी र अनिकाल बेहोर्नु परेको जनाइन्छ । श्रीलङ्काको दैवी प्रकोप व्यवस्थापन मन्त्रालय र राष्ट्रिय नीति निर्माण तथा आर्थिक मामिला मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक स्रोत व्यवस्थापन विभागजस्ता ठूला सरकारी निकायहरुले क्यास फर वर्क र असिस्टेन्स फर एसेट क्रिएसनजस्ता विश्वव्यापी खाद्य सहयोग कार्यक्रमका लागि डब्ल्यूएफपीको मुख ताकी रहेका छन् । यसैबीच, श्रीलङ्काको मौसम तथा जलवायु विज्ञान विभागले मुलुकका केही खण्डमा यसै हप्ता केही वर्षा हुने मौसम भविष्यवाणी गरेको छ । इन्डोनेसियाले श्रीलङ्कालाई खाद्य सहयोग ग¥यो यसैबीच प्राप्त एक समाचारअनुसार श्रीलङ्कामा लामो खडेरीले उत्पन्न गरेको अनिकाल र खाद्य सङ्कट देख्न नसकेर इन्डोनेसियाली सरकारले पाँच हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत प्रदान गरिएको सो खाद्यान्न सहयोगको पहिलो खेप राजधानीको स्थानीय एक खाद्य गोदामबाट इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको उपस्थितिमा चलान भएको छ । खाद्यान्न सहयोगको खेप पठाउनु अघि आयोजित एक समारोहलाई सम्बोधन गर्दै ूधान तथा अन्य खाद्यान्न उत्पादनमा एसियाकै एक ठूलो राष्ट्रको रुपमा परिचित इन्डोनेसियाले गम्भीर सङ्कटमा परेको एक मित्रराष्ट्रलाई खाद्यान्न सहयोग गर्न पाउनु हामीलाई गौरवको विषय हो ,राष्ट्रपति विडोडोले बताए । त्यस्तै, इन्डोनेसियाकी विदेश मन्त्री रत्नो मर्सुडीले असंलग्न आन्दोलन र एसिया–अफ्रिका सम्बन्ध प्रवद्र्धन अभियानमा इन्डोनेसियासँग घनिष्ठ सहकार्य गर्ने र ऐतिहासिक सम्बन्ध रहेको श्रीलङ्कालाई मानवीय सहयोग गरी विश्व शान्ति र समुन्नतिमा इन्डोनेसियाले सदैव अग्रणी भूमिका निर्वाह गर्छ भन्ने सन्देश फैलाउन चाहेको बताइन । साथै, म्यानमारको राखिन राज्यका अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय उपर ज्यादती भई खाद्यान्न सङ्कट हुँदा गत डिसेम्बर महिनामा इन्डोनेसियाले उक्त समुदायलाई खाद्य सहयोग आपूर्ति गरेको पनि विदेश मन्त्री रत्नोले स्मरण गरे । रासस÷सिन्ह्वा
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending