भीमदत्तनगर, एम्बुलेन्स खरिद गर्न भीमदत्तनगरपालिका–१८ गोवरियामा रामलीला आयोजना हुन लागेको छ ।
गोवरियास्थित निङ्गशैनी भगवती सेवा समितिले एम्बुलेन्स खरिदका लागि भोलिदेखि वैशाख ८ गतेसम्म स्थानीय निङ्गलाशैनी उच्च माविको प्राङ्गणमा रामलीला आयोजना गर्न लागेको हो ।
समितिले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी रामलीला आयोजनाबारे जानकारी गराएको छ । सम्मेलनमा रामलीला मूल आयोजक समितिका संयोजक गजेन्द्रबहादुर चन्दले सो क्षेत्रमा २८ वर्षपछि रामलीला महोत्सव हुन लागेको जानकारी दिए ।
\'गोवरियामा नगरक्षेत्रकै बाक्लो बस्ती छ\' उहाँले भन्नुभयो, \'तर एम्बुलेन्स नभएकाले समस्या हुने गरेको छ ।\' उनले रामलीला महोत्सवले धार्मिक संस्कृति संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । चौध दिनसम्म सञ्चालन हुने रामलीला महोत्सव अवधिभर सो क्षेत्रका जाड रक्सी बिक्री वितरणसमेत बन्द गरिने संयोजक चन्दले जानकारी दिए। स्थानीयवासीको करिब रु पाँच लाख सहयोगमा हुने रामलीलामा ३० हजार नागरिकले अवलोकन गर्ने आयोजकले अपेक्षासमेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: