Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चार दर्जन विद्यालय बन्द हुने अवस्थामा

इलाम,  विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व गुम्ने खतरामा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण अस्थित्व सङ्कटमा परेको हो ।

अधिकांश प्राविमा विद्यार्थी नभएकाले बन्द गर्ने अवस्थामा पुगेको जिशिकाले जनाएको छ । प्राविमा एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने शिक्षा नियमावलीमा उल्लेख भए पनि त्योअनुसार कुनै पनि विद्यालयमा नभएको जिशिकाले जनाएको छ ।

नयाँ शैक्षिकसत्रको विद्यार्थी भर्नादर हेरेर विद्यालय गाभ्ने तयारी गरिएको जिशिअ टङ्कप्रसाद गौतमले बताए । \'विद्यार्थी अनुपातमा शिक्षक बढी देखिएका छन्, विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका विद्यालयबाट शिक्षकलाई अन्य विद्यालयमा पठाउँछौँ\'–जिशिअ गौतमले भने–\'शिक्षक विद्यार्थी अनुपात अत्यन्तै कम भएको देखिएकाले दरबन्दी मिलान गर्न लागिएको छ ।\' सूर्याेदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्रावि माघेमा पाँच विद्यार्थीका लागि तीन शिक्षक कार्यरत छन् । यस्तैगरी सोही नगरपालिकाको फिक्कल आहालेमा रहेको कृष्ण प्राविमा सात विद्यार्थीका लागि चार शिक्षक छन् ।

जिल्लामा १० भन्दा कम विद्यार्थी भएका विद्यालय नै सात वटा छन् । सिद्धार्थ प्रावि साँखेजुङ, पुवामाई प्रावि साँखेजुङ, शान्ति प्रावि समालबुङ, अरनिको प्रावि रक्से, लालीगुराँस प्रावि माईमझुवामा १० भन्दा कम्ती विद्यार्थी अध्ययनरत रहेको जिशिकाको तथ्याङ्कमा उल्लेख छ ।

शिक्षा नियमावलीमा ४५ विद्यार्थीबराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने उल्लेख छ । शिक्षा कार्यालयले भने २३ न्यूनतम विद्यार्थी भएकामा पनि अनुमतिका लागि सिफारिस दिने गरेको छ । तर पाँच विद्यार्थी भएका ठाउँमा पनि तीन शिक्षक अझै कार्यरत देखिएको छ ।

शिक्षामा यस्तो तथ्याङ्क देखिनु अत्यन्तै अव्यावहारिक र निराशाजनक भएको जिशिअ गौतम बताउछन् । न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने र बढी विद्यार्थी भएका ठाउँमा दरबन्दी समेत थप गरिने उनले बताए ।

निम्नमाध्यमिक तह र माध्यमिक तहमा शिक्षक दरबन्दी नपुगेर निजी तथा अन्य स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था रहेको छ । तर अर्कातिर प्राथमिक तहमा शिक्षक विद्यार्थीबिना नै बसिरहेका छन् । प्रावि तहमा विद्यार्थी अनुपातमा शिक्षक राख्ने हो भने सबै विद्यालयमा शिक्षक अभाव नहुने जिशिअ गौतम बताउँछन् । सूर्याेदय प्रावि श्रीअन्तु, राष्ट्रिय प्रावि जौवारी जमुना, सूर्याेदय प्रावि मावुमा ११/११, सिंहदेवी प्रावि जितपुर, अमरज्योति प्रावि जितपुर र महमाई प्रावि बरबोटेमा १२/१२, भानुभक्त प्रावि समालबुङ, लालीगुराँस प्रावि जोगमाई र जनज्योति प्रावि फाकफोकमा १३/१३ विद्यार्थी अध्ययनरत छन् ।

नामसालिङ–८ स्थित हात्तीटार प्राविमा १९ विद्यार्थी र चार स्थायी शिक्षक छन् । १४ विद्यार्थी भएका तीन, १५ विद्यार्थी भएका चार, १६ विद्यार्थी भएका तीन, १७ विद्यार्थी भएका चार, १८ विद्यार्थी भएका दुई, १९ विद्यार्थी भएका सात र २० विद्यार्थी भएका सातवटा प्रावि गरी ४८ वटा रहेका छन् ।

यी विद्यालयमा छात्रा ३२९ र छात्र ३७४ रहेका छन् । विद्यार्थी सङ्ख्या कम भएका कारण विगत तीन वर्षको अवधिमा १८ प्रावि समायोजन भएका छन् ।

विद्याज्योति प्रावि श्रीअन्तु, सरस्वती प्रावि सुलुबुङ, दुर्गा प्रावि साङरूम्वा, विजुवाडाँडा प्रावि साङरूम्वा, भानुभक्त प्रावि गजुरमुखी र नेत्रज्योति प्रावि मङ्गलवारे बन्द भएका हुन् । यसैगरी सरस्वती निवास प्रावि गोर्खे, सिंहदेवी प्रावि गोर्खे, चन्द्रोदय प्रावि सोयाङ, बिक्री प्रावि सुम्वेक र कृष्णज्योति प्रावि बाँझो विद्यार्थी अभावमा समायोजन भएका हुन् ।

विद्यालयबाट प्राप्त तथ्याङ्कमा विद्यार्थी सङ्ख्या न्यून देखिए पनि केही विद्यालयमा फर्जी विद्यार्थी सङ्ख्या पेस गरेको हुनसक्ने जिशिकाले जनाएको छ ।

विद्यालय स्वीकृत गराएर दरबन्दी र भौतिक संरचनाको व्यवस्था हुँदा पनि विद्यार्थी सङ्ख्या दिनदिनै घट्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती पनि सँगसँगै थपिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending