Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

नयाँ आईजीपीका लागि कांग्रेसमा विवाद

\"\"काठमाडौं, २७ माघ । सत्तारूढ दल नेपाली कांग्रेसभित्र प्रहरी महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने विवाद सुरु भएको छ । कांग्रेसबाट सरकारको नेतृत्वका गरेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति एवं दलका अन्य नेताहरूले वरिष्ठता मिच्न गरेको आग्रह र दबाब अस्वीकार गरेपछि आईजीपी विवाद सतहमा आएको हो । आजको राजधानी दैनिकमा खबर छ– अहिले नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपी बनाउनुपर्ने बाध्यता छ । हालका आईजीपी उपेन्द्रकान्त अर्यालसँगै उनका ब्याची सबै अतिरिक्त महानिरीक्षक (एआईजी) ले अनिवार्य अवकाश पाउने भएकाले डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता आएको हो । डीआईजीमध्ये वरिष्ठमा क्रमशः नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । गृहमन्त्री निधि वरिष्ठताका आधारमा सिलवाललाई आईजीपी बनाउनुपर्ने पक्षमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका अन्य वरिष्ठ नेताहरू तेस्रो नम्बरका चन्दलाई आईजीपी बनाउन लागिपरेका छन् । स्रोतका अनुसार सभापति देउवाले गृहमन्त्री निधिलाई बोलाएर चन्दलाई आईजीपी बनाउन दबाब दिएका छन् । तर, गृहमन्त्री निधिले विगतमा सिनियर अधिकृतलाई आईजीपी नबनाउँदा प्रहरी संगठन नै बिग्रेको र राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना भएको भन्दै वरिष्ठतालाई मिच्न नसकिने जवाफ दिएका थिए । नेपाल प्रहरीका आईजीपी अर्याल तथा सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राईले ३ फागुनदेखि ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै छन् । अर्याल र राई एउटै मितिमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । ३ फागुनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनले नयाँ नेतृत्व पाउँदै छ । सशस्त्र प्रहरीमा भने नेपाल प्रहरीको जस्तो डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता छैन । सशस्त्रमा एआईजीहरू सिंहबहादु्र श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा आईजीपीका दाबेदार हुन् । वरिष्ठताका क्रममा श्रेष्ठ पहिलो, शाही दोस्रो र ओझा तेस्रो नम्बरमा छन् । डीएसपीदेखि डीआईजीसम्म एक नम्बरमा रहेको ओझा एआईजीमा बढुवा हुँदा मात्रै तेस्रो नम्बरमा पुगेका हुन् । नयाँ आईजीपी कसलाई बनाउने भन्ने विषयले अहिले राजनीतिक रूप लिनुको मुख्य कारण अब बन्ने आईजीपीकै कार्यकालमा संसदीय र स्थानीय निर्वाचन गर्नुपर्ने बाध्यताका कारण पनि हो । निर्वाचनमा प्रहरीले पार्न सक्ने प्रभावलाई राजनीतिक दल र तिनका नेताहरूले चासोपूर्वक लिएकाले पनि नयाँ आईजीपी नियुक्ति चर्को बहसको विषय बनेको हो । राम्राभन्दा हाम्रा मान्छे आईजीपी बनाउने होडबाजी र मनपरीका कारण पनि यो अवस्था आएको हो । मुलुकमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि दत्तचित्त छ कि छैन भन्दा मेरा लागि, हाम्रा लागि बफादार छ कि छैन भन्ने विषयलाई मापदण्ड बनाउने अवस्था आएकै कारण पनि अहिलेको विवाद झन् सतहमा आएको हो । एउटा सुरक्षा निकायको कुनै पनि पदमा पुग्न होस् वा सरुवाका लागि, सधैं चाकडी र चाप्लुसी गर्नेकै बोलवाला हुने गरेको देखिन्छ । नेताहरूले आफूअनुकूलको व्यक्तिलाई पदोन्नति दिने परिपाटी २०४९ देखि नै विकास गरेकाले पनि यस्तो गलत प्रक्रिया स्थापित भएको हो । २०५४ सालमा वामदेव गौतम गृहमन्त्री भएको बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएपछि आईजीपीले राजनीतिक नेतृत्वसँग डराएर काम गर्नुपर्ने अवस्था छ । प्रहरी ऐन प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका सम्बन्धमा ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनी उल्लेख छ । सो नियमावलीअनुसार सरकारले चाहे चारजनामध्येबाट जोकोहीलाई प्रहरी महानिरीक्षक बनाउन सक्नेछ । चारजनामध्ये सिलवाल सुरुदेखि नै एक नम्बरमा बढुवा हुँदै आएका छन् । प्रकाश अर्याल एसपीबाट दुई नम्बर, चन्द एसएसपीमा तीन तथा बमबहादुर भण्डारी चार नम्बरमा बढुवा हुँदै आएका थिए । उनीहरूबीच काम गर्ने शैली फरकफरक भए पनि आफूले काम गरेको स्थानमा स्थापित छन् । फौजमा वरिष्ठ नै प्रमुख : अच्यूतकृष्ण खरेल (पूर्वआईजीपी) फौजभित्र आफ्नै प्रकारको एसेप्टेसन हुन्छ । फौजमा उसको एसेप्टेसन छ कि छैन, यो हेर्नुपर्छ । फौजमा सिनियर अधिकृत सधैं प्रमुख हुन्छ । यसका लागि पेसागत मर्यादा, व्यावसायिक दक्षता, नैतिक धरातल कमजोर हुनुहँुदैन । सिनियर भन्दै नेतृत्व लिन सक्ने क्षमता छैन, फौजमा अस्वीकार्य छ वा नैतिक पतन छ भने उसलाई बनाउनुहँुदैन । यी सबै विषयमा योग्य छन् भने आफ्नो अनुकूल संगठन चलाउन सकिन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भएर सिनियर अफिसरलाई हटाएर त्योभन्दा जुनियर अफिसरलाई प्रमुख बनाइयो भने समग्र संगठनमा आँच आउँछ । त्यसमा कार्यरत प्रहरी कर्मचारीहरूको आत्मबल पनि खस्कन्छ । त्यसले शान्तिसुरक्षामा समेत असर गर्छ । राजनीतिक क्षेत्रबाट अहिले जे हुन खोजको छ र भइरहेको छ, त्यो प्रयास गलत छ । सुरक्षाजस्तो संवेदनशील विषयमा गलत प्रवृत्ति हावी भयो भने जनताले जस्तो सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त हँुदैन । कसैको बैसाखीबाट प्राप्त गरेको नेतृत्वले आम नागरिकलाई न्याय दिन सक्दैन । नेतृत्व कमजोर छ, फौजमा अस्वीकार्य छ, कार्यदक्षतमा कमजोर छ वा शान्तिसुरक्षाको कमान्डमा पनि कमजोर छ भने मात्रै त्यसको विकल्प खोज्नुपर्छ । यसकारण, फौजलाई कमजोर पार्ने गरी राजनीतिक रूपमा अनावश्यक हस्तक्षेप आवश्यक छैन, त्यो मुलुकका लागि दुभाग्यपूर्ण हुनेछ । घिनलाग्दो राजनीति गर्नुहुन्न यस्तो भए फौजको गरिमा, मर्यादा र प्रभावशीलतामा ह्रास आउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending