Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

हराउन थाले गौँथली

म्याग्दी, २६ माघ । कुनै समय बाक्लै देखिने गौँथली विस्तारै हराउन थालेका छन् । जिल्ला सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङलगायतका क्षेत्रमा पाँच/छ वर्ष अगाडि घरैपिच्चे देखिने गौँथली गुँड छोडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गौँथलीले मानवबस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका कारणले विस्तारै वासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताए । “वासस्थान र चरन क्षेत्र प्रमुख कारण हो । भौतिक संरचना गौँथली मैत्री छैन्” – सापकोटाले भने धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने बताइने गरे पनि पछिल्ला वर्षहरूमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरेरसमेत मार्ने गरिएकाले वातावरण संरक्षणको अभियानमा लागेका व्यक्ति चिन्तित छन् । यसैबीच बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गौँथलीप्रति आकर्षित हुन थालेपछि गौँथलीको गुँड निर्माण, चरन क्षेत्रको व्यवस्थापन, बस्ती नजिक रहेको हिलो माटोमा मानवसिर्जित फोहर प्रतिबन्ध लगाइएको स्थानीयवासी विक्रम बुढाथोकीले बताए । “विगतभन्दा कम देखिन थालेका छन्, हामीले गौँथलीलाई संरक्षणका लागि आवश्यक क्षेत्रमा ध्यान दिएका छौँ” – उनले भने । तातोपानीमा आएका स्पेनका पर्यटकले आफ्नो देशमा गौँथलीलाई भगवानका रुपमा लिने गरेको बुढाथोकीले बताए । म्याग्दीका अन्य क्षेत्रको तुलनामा तातोपानीमा गौँथली देखिने गरेका छन् । मानवीय लापर्बाहीका कारण लोप हुन लागेको गौँथलीलाई संरक्षणका लागि गुँड नजिक अर्को गुँड बनाउने, आवतजावन गर्ने मार्गमा कुनै अवरोध नगर्ने, करेसामा किरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा संरक्षण गर्न सकिने वन तथा वातावरणसँग सम्बन्धित व्यक्तिहरुले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending