Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रहरीको पेट्रोल पम्पमा नै यान्त्रिक त्रुटि

काठमाडौँ,  नेपाल प्रहरीको पेट्रोल पम्पमा अनियमितताका कारण नभइ यान्त्रिक त्रुटिवश मापदण्डभन्दा कम पेट्रोल बिक्री वितरण भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पेट्रोलपम्पका कर्मचारीले अनियमितामा कुनै मिलेमतो तथा बदनियत गरेको नदेखिएको प्रहरी प्रधान कार्यालयले साेमबार जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) बमलसिंह बमले रासससँग कुरा गर्दै प्राविधिक त्रुटिका कारण तेल घटिबढी वितरण हुने पाइएकाले पम्पको मेसिन मर्मत गर्न र नयाँ मेसिन राख्न निर्देशन दिइसकिएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजकत्वमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले यही चैत ३ गते भएको संयुक्त अनुगमनका क्रममा नक्सालस्थित पम्पमा प्रति १० लिटर तेलमा एक सय १० एमएल कम पाइएपछि त्यसको भोलिपल्ट छानविन समिति गठन गरिएको थियो । समितिको सुझाबअनुसार प्राविधिक विषयमा नियमित अनुगमन गर्ने एवम् इन्धन वितरणमा नियमित परीक्षण गरी मापदण्डबमोजिम इन्धन वितरण गर्न पेट्रोलपम्पलाई निर्देशन दिएको प्रहरीको विज्ञप्तिमा जनाएको छ । समितिले पुरानो यन्त्र (मेसिन) लाई डिजिटल मेसिन ल्याई विस्थापित गर्न, पम्पमा नमुना जाँचका लागि राखिएको पाँच लिटरको गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित भाँडो पुरानो भएकाले नयाँ भाडो प्रयोग गर्न सिफारिस गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending