Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यी सात मुश्लिम देश किन ट्रम्पको निशानामा पर्दैनन् ?

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुश्लिम बहुद देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाउने आदेशबाट भ्रमको स्थिति बनेको छ । यद्यपी ती मुश्लिम बहुल देशमध्ये सबैभन्दा बढी आर्थिक कारोबारको सम्बन्ध हुने देश भने उक्त सूचिमा रहेको छैन । प्रभावित देशमा अमेरिका भीसाका लागि संघर्ष गर्नुपरिरहेको छ । अमेरिका पुग्नका लागि उनीहरुसँग सीमित विकल्प रहेका छन् । हुनत ट्रम्पको आदेशमाथि एक संघीय अदालतले रोक लगाइदिएको छ । गुगल, एपल तथा फेसबुक जस्ता कम्पनीले पनि उक्त आदेशको अदालतलाई चुनौती दिएको छ । इराक, सीरिया, लीबिया, सोमालिया, सूडान तथा यमनबाट कोही पनि ब्यक्ति ९० दिनसम्म अमेरिका आउन नसक्ने ट्रम्प प्रशासनको कार्यकारी आदेशमा भनिएको थियो । यो आदेशका साथै अमेरिकाको शरणार्थी प्रवेश कार्यक्रमको १२० दिनका लागि निलम्बित गरिएको थियो । साथै सीरियाली शरणार्थीको अमेरिका प्रवेशमा अनिश्चितकालका लागि रोक लगाइएको थियो । रोचक तथ्य यो छ कि, ट्रम्पको यो सूचिमा एउटा नाम मात्रै काफी छ, जसका कारण अमेरिकाको आर्थिक अवस्थामा ठूलो असर पर्न सक्छ । त्यो देश हो इराक । इराकको अमेरिकासँग बलियो ब्यापारिक सम्बन्ध छ । अमेरिकाले तेल आयात गर्ने देश मध्ये इराक प्रमुख देश हो । अमेरिकी विभाग यूएस सेसन्स ब्युरोकाअनुसार विश्वमा ४७ मुश्लिम देशहरुसँग अमेरिकाको कारोबारी सम्बन्ध रहेको छ । ब्युरोकाअनुसार सन् २०१५ मा मात्रै यी देशहरुबाट २ सय २० अर्ब डलर कारोबार भएको थियो । फैसला उल्टाउने निर्देशको विरुद्ध ट्रम्पको अपिल ब्यूरोकाअनुसार नोभेम्बर २०१६ सम्म ती देशहरुका साथ कारोबार करिब १ सय ९५ डलरसम्म पुगेको थियो । ब्यूरोको रेकर्डअनुसार ट्रम्पले मुश्लिम देशको यात्रामाथि प्रतिबन्धको सूचिमा राखे, तीनमा इराकलाई छाडेर अरु कुनै दोस्रो देशको अमेरिकी ब्यापारको सम्बन्ध नाम मात्रैको हो । जुन मुश्लिम बाहुल्य देश अमेरिकाको साथमा सम्बन्ध बलियो रहेको छ, त्यो देश प्रतिबन्धको सूचीमा रहेको छैन । १) साउदी अरब अमेरिकासँग बलियो आर्थिक कारोबार हुने देशमध्ये मुश्लिम बाहुल्य देश साउदी अरब सबैभन्दा माथि रहेको छ । साउदी अरबले अमेरिकामा बनेको कार, औद्योगिक मेशिन, निर्माण उपकरण, हवाई विमान, रक्षा उपकरण, इलोक्ट्रोनिक्स तथा औषधिहरु बढी खरिद गर्ने गरेको छ । अमेरिकी सेसन्स ब्यूरोको रेकर्डअनुसार सन् २०१६ को ११ महिनामा साउदी अरबमा अमेरिकाबाट निर्यात ३१ अर्ब डलर सम्म पुगेको थियो । अमेरिकाको थुप्रै कम्पनीले आफ्नो उपकम्पनीमार्फत साउदी अरबमा अरबौं लडरको लगानी गरेको छ । जसमध्ये जनरल इलेक्ट्रिक कम्पनीले एक्लै एक सय करोड डलर लगानी गरेको छ । अझ रोचक कुरा छ यो छ कि अमेरिकामाथि सेप्टेम्बर ११ को हमलाको अभियुक्तमा अधिकांश तार साउदी अरबसँग जोडिएको थियो । २) मलेसिया मलेसियाले अमेरिकासँग हरेक वर्ष करिब २३ अर्ब डलरको कारोबार गर्ने गरेको छ । डाओ केमिकल, मर्फि तेल, कोनिका फिलिप्स तथा एक्सन मोबिल जस्ता कम्पनीले मलेसियामा करोडौं डलरको लगानी गरेको छ । ३) संयुक्त अरब इमिरेट्स (यूएई) यूएन सेसन्स ब्यूरोको तथ्यांकअनुसार सन् २०१६ को नोभेम्बरसम्म अमेरिकाको यूएईको ब्यापार २३ अर्ब डलरसम्म पुगेको थियो । सयौं संख्याका अमेरिकी कम्पनीले यूएईमा काम गरिरहेको छ । बोइङजस्ता थुप्रै कम्पनीको मध्यपूर्व मुख्यालय दुबईमा रहेको छ । ४) इण्डोनेशिया इण्डोनेशिया विश्वकै सबैभन्दा बढी मुश्लिम बसोबास रहेको देश हो । यूएन सेसन्सको आंकडाअनुसार सन् २०१६ नोभेम्बरसम्म अमेरिका–इण्डोेनेशिया ब्यापार २३ अर्ब डलरसम्म पुगेको थियो । इण्डोनेशियाको सरकारी तथ्यांकअनुसार अमेरिकाबाट आयातभन्दा निर्यात अझै बढी छ । सन् २०१३ मा इण्डोनेशियाबाट १५ अर्ब डलर भन्दा बढीको सामान निर्यात भएको थियो भने आयात करीब ९ अर्ब डलर रहेको थियो । ५) टर्की टर्कीको ब्यापार इकाई टस्कानकाअनुसार टर्कीमा १२ सय भन्दा बढी कम्पनीको कार्यालय रहेको छ । अमेरिकासँग द्विपक्षीय ब्यापार सम्बन्ध पनि लगातार बढिरहेको छ । टस्कारकाअनुसार टर्कीमा सन् २०१२ मा ब्यापार २१ अर्ब डलर थियो । यूएस सेसन्सन्काअनुसार सन् २०१६ को नोभेम्बर महिनामा द्विपक्षीय ब्यापार उक्त आंकडाभन्दा धेरै उच्च रहेको छ । ६) इजिप्ट मुश्लिम बाहुल्य अर्को देश इजिप्टको साथ पनि अमेरिकाको ब्यापारिक सम्बन्ध राम्रो रहेको छ । मार्च २०१६ मा इजिप्टको राजधानी कायरोमा भएको सम्मेलनमा ५३ अमेरिकी कम्पनीले इजिप्टमा लगानी गर्ने इच्छा ब्यक्त गरेको थियो । ७) कुवेत कुवेतमा अमेरिकी टेक्नोलोजी, सेवा तथा उत्पादनको माग निकै बढी छ । यहाँ महत्वपूर्ण कुरा ९० को दशकमा कुवेतमा सद्दाम हुसेनको हमलापछि अमेरिकाले नै कुवेतको मद्दत गरेको थियो । यसका साथै कुवेतमा बढी संख्यामा अमेरीकी कम्पनीले नै काम गरिरहेको छ । (बीबीसीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending