Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

स्टकहोल्म नेपाली कल्चरल फेस्टिवल-२०१५ सम्पन्न

स्वीडेन, नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्धेश्यले स्थापीत नेपाल मण्डप \'नेपाली कल्चरल एसाेसियन अफ स्वेडेन\' को आयोजनामा स्वीडेनको राजधानी स्टकहोल्ममा गत अप्रिल ४ का दिन \'स्टकहोल्म नेपाली सांस्कृतिक उत्सव- २०१५\' सम्पन्न भएको छ।
पियानोद्वारा नेपाली राष्ट्रीय गितको धुन बजाएर स्वीडेन निवासी दश बर्षीय प्रतिभाशाली नेपाली बालक श्रेयष खतिवडाले प्रस्तुत उत्सवको उद्घाटन गरेका थिए।
स्वीडेनको इतिहासमा प्रथमपटक आयोजित उक्त नेपाली सांस्कृतिक उत्सवमा स्टकहोल्मबाट प्रतिनिधित्व गर्ने स्वीडेनबासी नेपाली प्रतिभाहरु, ज्ञानु भण्डारी कठायत, उषा गौतम, परिक्षा भट्टराई (गोथेन्बर्ग), अन्जु खड्का, विशाल चौधरी, रबि बोहरा, सुजता संग्रौला चिमरिया, प्रदिप केसी, रन्जु खड्का, शैला श्रेष्ठ आचार्य, बिन्दा खरेल, दिप शर्मा र उचित सिग्देलले नेपालका केही जातजातिहरुका परम्परागत भेषभुषाहरु सँगसँगै सांस्कृतिक पहिरन धारण गरेर परम्परागत तथा आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए भने स्टकहोल्म बाहिरबाट प्रतिनिधित्व गर्ने स्वीडेनबासी नेपाली प्रतिभाहरु बिजय प्रधान, दिप थापा र मीन सुनवारले गीत गाएर प्रस्तुत उत्सवलाई संगीतमय बनाएका थिए।
त्यसैगरी उत्सवको अन्त्यमा, उत्कृष्ट कलाकारको पुरस्कार समेत हात परिसकेकी, पचासको दशकको नेपाली रगंमन्चकी सकृय महिला कलाकार सोमा थापा अधिकारीद्वारा अभिनीत नाटक \'मातृपीडा\' प्रस्तुत गरिएको थियो। अातंकवादको शिकार भएका विश्वभरीका बालबालिकाहरु प्रति समर्पित प्रस्तुत नाटकका लेखक तथा निर्देशक सुबास अधिकारी थिए।
स्मरणरहोस नेपाली रंगमन्चमा १५ बर्षभन्दा लामो समय सम्म नाटक लेखक, निर्देशक र अभिनेताको रुपमा नेपाली रगंमन्चमा अनवरत रुपमा कृयाशील प्रतिभा सुबास अधिकारीले यूरोपियन युनियन र विश्वपरिदृश्य नेपालद्वारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र तथा अन्तराष्ट्रीय मानवीय कानुन विषयमा २००६ मा नेपालमा आयोजना गरिएको युवा नाट्य प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका थिए।
आम दर्शकहरुलाई सन्तुष्ट पार्न सफल प्रस्तुत उत्सवले कतिपय दर्शकहरु लाई चकित नै तुल्याएको थियो।
युरोपको विभिन्न देशमा बसाई सर्दै हिंड्ने क्रममा एन आर एन ए लगायत अन्य केही नेपाली संघ संस्थाद्वारा विभिन्न देशमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमहरु हेरिसकेका एक दर्शकको प्रतिकृया थियो \'आज यो उत्सव हेरीसकेपछि यो भन्दा अगाडी मैले स्वीडेन लगायत विभिन्न मूलुकहरुमा हेरेका  सबै सांस्कृतिक कार्यक्रमहरु त सत्यनारायणको पुजा पो रहेछन् जस्तो लाग्न थालो।\'
नेपाल मण्डपको भनाई अनुसार प्रास्तुत्य कलाको सम्बन्धमा रत्तिभर पनि व्यवहारिक र सैधान्तिक ज्ञान नभएका कतिपय गैर आवसिय नेपालीहरुद्वारा विभिन्न मूलुकमा स्थापना गरिएका विभिन्न सघं संस्थाहरुले बिभिन्न अवसर र सन्दर्भ पारेर सांस्कृतिक कार्यक्रमको बहानामा देखाउने गरेको नौटकीं बिरुद्घको एक सृजनात्मक विद्रोह पनि हो प्रस्तुत उत्सव।
यस्तै विद्रोहलाई निरन्तरता दिने क्रममा नेपाल मण्डप चाँडै नै \'स्टकहाेम नेपाली पाेएट्री फेस्टिभल\' र \'क्रियटिभ वर्कशप फर चिल्ड्रेन अन्डर १४\' को आयोजना पनि गर्दैछ।
त्यसैगरी यस संस्थाद्वारा डकुमेन्ट्री फिल्म \'नेपाल इन स्वेडेन भाग १\' Documentary Film  \'\'Nepal in Sweden Part- 1\'\' को पनि निर्माण गरिदैछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies