Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

विकास वजेट आठ महिनामा तिस प्रतिशत मात्र खर्च

म्याग्दी, म्याग्दीमा चालु आथिक वर्ष २०७१÷७२ मा भित्रीएको पुजीगत बजेटको फागुन मसान्तसम्म तिस प्रतिशत मात्र खर्च भएको छ । म्याग्दीका सरकारी कार्यालय मार्फत सञ्चालन हुने विकास योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको १९ करोड ५१ लाख ४४ हजार ४५३ रुपैया मध्य दोस्रो चौमासीकसम्म ५ करोड ७६ लाख २४ हजार ४५३ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ । सरकारले हरेक आर्थिक वर्षको चैत्र महिना भित्र ६० प्रतिशत खर्च गर्नु पर्ने व्यवस्था रहेको भएपनि म्याग्दीमा भने फागुन महिनाको मसान्तसम्ममा ३० प्रतिशत पुँजिगत तर्फको रकम खर्च भएको छ । फागुन महिनामा मात्र १३ प्रतिशत अर्थात २ करोड ५५ लाख २९ हजार ५१८ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक युवराज पौडेलले जानकारी दिए । ३० प्रतिशत रकमको झन्डै आधा प्रतिशत पुजिंगत रकम एक महिना भित्रमा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीले जनाएको छ । चैत्र महिना भित्रमा ६० प्रतिशत रकम खर्च गर्नलाई चालु चैत्र महिनामा ३० प्रतिशत रकम खर्च गर्नु अवस्था देखिन्छ  । विकास योजना तथा कार्यक्रमको भुक्तानी फागुन महिनादेखि बढेपनि चैत मसान्तसम्म लक्ष्य हाँसील गर्न सरकारी कार्यालयले योजना तथा कार्यक्रमलाई तिब्रता दिनुपर्ने कोष नियन्त्रक पौडेलले बताएका छन । समयमा बजेट नआउने, कार्यालयले ढिला सुस्ती गर्ने लगायतका कमजोरीका कारण लक्ष्य हासिल गर्न कठिनाई भएको पौडलेको भनाई रहेको छ । कुनै पनि कार्यालयले लक्ष्य अनुसार पुजिँगत रकमको खर्च गर्न सकिरहेका छैनन । उपभोक्ता समितिबाट पनि योजना परीसकेपछि ढिला सम्झौता गर्न आउने, कार्यालयहरुको ढिलासुस्ती जस्ता कार्यका कारण लक्ष्य हासिल गर्न नसकीएको हो । जिल्लाको सबै भन्दा ठूलो विकासे अड्डाको रुपमा रहेको जिल्ला विकास समिति म्याग्दीको १ करोड ६४ लाख ६४ हजार रकम विनियोजन भएकोमा फागुन मसान्तसम्ममा ५१ लख ९९ हजार मात्र खर्च गरेको छ । त्यस्तै सबै भन्दा धेरै बजेट रहेको विकेन्द्रीकरण ग्रामिण पूर्वाधार तथा जीविकोपार्जन को ८ करोड २५ लाख बजेट विनियोजन भएको भएपनि ९९ लाख ९० हजार ९ सय १४ रुपैयाँ मात्र खर्च भएको छ यो जम्मा १९ प्रतिशत रकम मात्र हो । त्यस्तै जिल्ला बन कार्यालय म्याग्दीले पनि १ करोड ४४ लाख ५७ हजार रकम मध्ये ४५ लाख ५४ हजार ४६५ रुपैयाँ अर्थात ३१ प्रतिशत रकम मात्र खर्च गरेको छ । अधिकाँस कार्यालयहरुले लक्ष्य भन्दा झन्डै ३० प्रतिशत कम कार्यसम्पन्न गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको नाममा विनीयोजन भएको रकम ७ लाख ९० हजार रुपैयाँ मध्ये हालसम्म कुनै पनि रकम खर्च हुन सकेको छैन । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, जिल्ला हुलाक कार्यालय, राष्टिूय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, म्याग्दी जिल्ला अदालतले विकासने रकम खर्च नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीले बताएको छ । जेठ मसान्तसम्ममा ८० प्रतिशत र असारमा २० प्रतिशत रकम मात्र खर्च गर्न पाउने प्रावधान रहेको छ । तर सरकारी कार्यालयहरुको ढिलासुस्तीका कारण समयमा नै पुंजिगत रकमको खर्च हुन नसकेको कोलेनिकाले बताएको छ । हतारमा असारको अन्त्यमा विकासे बजे खर्च गर्ने प्रबृतिले विकास दिगो बन्न सकिरहेको छैन भने सम्बन्धित कार्यालबाट सञ्चालन हुने कार्यक्रम समेत प्रभावकारी बन्न सकीरहेका छैनन् । गत वर्ष  फागुन मसान्तसम्म पुँजिगत तर्फ १० करोड ६ लाख ३६ हजार ९०० बजेट विनियोजन भएकोमा २ करोड १६ लाख ५४ हजार ६९ रुपैयाँ अर्थात २१ प्रतिशत मात्र खर्च भएको थियो भने गत आर्थिक वर्षमा भन्दा यस वर्ष  १० प्रतिशत रकम धेरै खर्च गर्न सफल भएका छन  । विकासे मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात, सङघीय मामिला तथा स्थानीय विकास, कृर्षि विकास, शहरी विकास, ऊर्जा र सिूचाइ मन्त्रालय पर्छन् । त्यस्तै, केन्द्रीय तहबाट आयोजनाका लागि समयमै रकम निकासा नहुनुलाई पनि मन्त्रालयहरुले पूूजीगत खर्च कम हुने कारण देखाएका छन । तर स्थानीय सरकारी कार्यालहरुको ढिलासुस्तिकै कारणले पनि यस्तो समस्या आउने गरेको छ । अरुलाई दोष दिने तर आफ्नो कमजोरी नदेख्ने प्रबृतिले पनि यस्तो समस्या आउने गरेको हो । त्यसैले आर्थिक अनुशासन अपानाएर आएको बजेटलाई सहि समयमा सही ठाउँमा प्रयोग गर्नु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies