Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

प्रचण्डको एक तीर, दुई शिकार !

\"\"काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गर्ने भएको छ । त्यसका लागि सरकारले औपचारिक घोषणा गर्ने तयारी गरेको छ । केही समयअघि संविधान संशोधन प्रस्तावको विषयमा अल्झिएको राजनीति पछिल्लो समय संविधान संशोधन कि निर्वाचन भन्नेमा केन्द्रित छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकै माग सम्बोधन गर्ने उद्देश्यले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले ३८ दिनसम्म ब्यवस्थापिका संसद चल्न दिएन । एमाले अवरोधका कारण निर्वाचन सम्बन्धि महत्वपूर्ण विधेयकहरुसमेत रोकिएपछि एमालेको विरोधकै बाबजुद सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको थियो । विरोधकैबीच संशोधन विधेयक पेश गरेपछि संसदमा रोकिएको निर्वाचन सम्बन्धि विधेयकहरु पारित गर्ने ढोका पनि खुल्यो । तर एमालेले संशोधन विधेयक संसदमा पेश भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न नदिने अडान लिइरहेको छ । संशोधन संसदमा जबर्जस्ती पेश गरिएको भए पनि अघि बढ्न नदिने बताइरहेको छ । उसले संशोधन छाडेर निर्वाचनमा जानुपर्ने अडान राख्दै आएको छ । तर मधेसी मोर्चा भने संशोधन थाती राखेर निर्वाचनमा जाने कुरा स्वीकार नगर्ने रटानमा छ । विपरित ध्रुवका दुवैको माग सम्बोधन सम्भव नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै उनको नियतमाथि समेत आशंका गरिएका छन् । तर प्रचण्ड भने एकैतिरले दुई शिकार गर्ने योजनाका साथअघि बढेका छन् । ‘मधेसी मोर्चाले नमानेसम्म प्रचण्ड निर्वाचनको घोषणा गर्ने पक्षमा छँदै छैनन्’, प्रचण्ड निकट स्रोतले भन्यो, ‘मोर्चाको असहमतिमा निर्वाचन हुनै नसक्ने भएकाले मोर्चाकै सहमतिमा मात्रै निर्वाचन मिति घोषणा हुन्छ ।’ उनकाअनुसार प्रधानमन्त्री प्रचण्डले विहीबार नै निर्वाचनको मिति घोषणा गर्ने छैनन् । निर्वाचनको तयारी गर्न मन्त्रिपरिषद्बाट निर्वाचन आयोगलाई पत्राचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरेपछि मोर्चासँगको सहमतिमा नै निर्वाचन घोषणा गर्ने प्रचण्डको योजना छ । यसो गरिएपछि संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउँदा एमालेले प्रक्रिया रोक्न नमिल्ने प्रचण्डको बुझाइ छ । निर्वाचन घोषणा नगरेर प्रचण्डले सत्ता लम्ब्याउन खोजेको आशंका सत्ता साझेदार नेपाली कांग्रेसबाटै हुन थालेपछि प्रचण्डले निर्वाचन तयारीका लागि नयाँ तरिका अपनाएका हुन् । सोही योजनाअनुसार विहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय पारित गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending