Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डको घोषणाले आप्रवासीमा ल्याएको खुशी

माघ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ देखि नै लागू हुने गरी बिदेशमा गएका नेपालीहरुका लागि २७ लाखसम्मको रकम क्षतिपूर्ति पाउने बीमाको घोषणाले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई ठूलो राहत हुने भएको छ । यो घोषणाले बैदेशिक रोजगारमा गएकाहरुप्रति सरकारको दृष्टिकोण एकदम सकारात्मक भएको आम आप्रवासीहरुले महसुस गर्नु पर्छ । यसमा सबै गर्बित बन्नै पर्छ । सरकारको बिरोध होइन खुलेर समर्थन गरौं र कार्यान्यनका लागि सबै मिलेर सहयोग र सरकारलाई निरन्तर दबाब दिइ राखौं । [caption id=\"attachment_115134\" align=\"alignleft\" width=\"235\"]\"\" बाबुलाल बुढा मगर[/caption] हामी आफू मात्र जिउनको लागि होइन, घर परिवारको सम्पुर्ण जिम्मेवार काँधमा बाकेर परिवारको लागि पनि बिदेशीएको हुन्छौं । सारा परिवार हाम्रै आधार र भरोसामा बाँचेका हुन्छन् । यसरी काम गर्दा गर्दै बिदेशी भुमिमा बिभिन्न कारणवस भैपरी आउने घटनाले परीवारमा ठूलो आहत पैदा गर्छ । यसरी आउने ठुलै भूइचालोलाई केही हदसम्म भए पनि आर्थिक हिसाबले राहत महसूस गर्ने गरी सरकारले चालेको कÞदम अत्यन्त प्रशंसनीय छ । हामीले खुलेर स्वागत गर्नैपर्छ । यो रकमले अभिभावक बिनाको परिवारमा भरण पोषणको लागि पनि धेरै राहत मिल्ने छ । यी सबै कुराको समस्यालाई नेपाल सरकारले सम्बोधन गरेको छ । सरकारको निर्णयप्रति विभिन्न टिकाटिप्पणीहरू भए पनि । यसलाई कसैले पनि राजनीतिक पक्षसँग तुलना नगरी सबैले खुलेर समर्थन गर्नुपर्छ । र अझ सुलभ र सरल ढंगले कसरी सजिलै परिवारले राहत पाउन सक्छन् भन्ने कुरामा सरकारसँग सहज वातावरण मिलाउन दबाब दिइरहनु पर्छ । सरकारले बिदेशमा दशौं वर्षदेखि अलपत्र परेका आफ्ना नागरिकहरु घाइते, अपाङ्ग र मृत्यु भएकाहरुको उद्धारका लागि छुट्टै संयन्त्र निर्माण गरेर छिटो कार्य थालनी गर्नुपर्छ ।
बिदेशमा ठुला ठुला रोग जस्तै क्यान्सर , मिर्गौला पिडित अन्य जघन्य ठुला रोग निस्केर मेडिकल फेल भएर फर्के पनि क्षतिपूर्ति पाउने घोषणा एकदमै स्वागतयोग्य रहेको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डको अर्को घोषणाले पनि आप्रवासीहरुलाई थप खुशी तुल्याएको छ । बिदेशमा ठुला ठुला रोग जस्तै क्यान्सर , मिर्गौला पिडित अन्य जघन्य ठुला रोग निस्केर मेडिकल फेल भएर फर्के पनि क्षतिपूर्ति पाउने घोषणा एकदमै स्वागतयोग्य रहेको छ । तर घोषणाले मात्र हुदैन । अहिले पीडितहरुले महिनौ दिन देखि बर्षौ दिन सम्म धाउने झन्झटिलो नियामावली लाई बैज्ञानिक ढंगले सहज गरेर सुधार गर्न जरुरी छ ।बीमा बढाउने नाममा सकभर सरकारले लाग्ने शुल्क बढाउनु हुँदैन । सरकारले जुन किसिमको घन्टौं लाइन लागेर लिइरहेका श्रम स्वीकृतिलाई मध्यनजर गरेर पुर्ण रुपले सुधार गर्नुपर्छ । यसले गर्दा बिदेशमा रहेका ५० लाख आप्रवासी लाभान्वित हुनेछन् । अर्को कुरा, एअरपोर्टमा मजदुरहरुले जुन किसिमले भोग्नु परेको समस्यालाई पनि सरकारले सुधार गरोस् । समग्रमा प्रधानमन्त्रीको यो स्वागतयोग्य घोषणालाई देश बिदेशबाट कार्यनयनको लागि दबाब दिइ रहनुपर्छ । सरकारको अर्को लोकप्रिय घोषणाले रोजगारीका लागि भारतमा रहेका नेपालीहरु पनि अब देखि नेपाली भएको महसुस गरेका छन् । अनिवार्य वीमा गर्नुपर्ने नियमले भारतमा रोजगारीका लागि जानेहरुलाई पनि बैदेशिक रोजगार अन्तर्गत राख्ने काम पनि स्वागतयोग्य छ । भारतको नेपालप्रतिको हेपाहा र होचुवा प्रवृत्तिलाई पनि कम गर्ने विश्वास गर्न सकिन्छ । यो सरकारको घोषणाले ठूलो जवाफ दिएको छ । भारतमा रोजगारीको लागि जाने आम नेपालीहरुको लागि सुरक्षाको लागि नेपाल सरकार पुर्ण जिम्मेवार बनेको महशुस भएको छ । हामी देशका युबा शक्ति हौं हामी पैसा छाप्ने मेसिन हौं, जुन मेसिनलाई बिदेश बेच्नु हुन्न, आफैले चलाउन सिक्नु पर्छ । सरकारले युवा शक्तिलाई सकभर आफ्नै देशमा औद्योेगिक सञ्चालनमा तीब्र जोड गरेर सम्पुर्ण जनशक्तिलाई स्वरोजगारको सृजना गरेर रोक्न सक्नु पर्छ । यसो गरेमा हाम्रो देश समृद्ध र सुन्दर बन्न धेरै दशक कुर्नुपर्ने छैन । (मगर नेपाली जनप्रगतिशील मञ्च साउदी अरबका महासचिव हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending