Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गच्छदारले भने– ‘प्रधानमन्त्री ज्यू आन्दोलन रोक्ने आधार के ?’

काठमाण्डौं, संविधानसभाको वैठक नियमित रुपले सुचारु गर्नका लागि छलफल थालेका प्रधानमन्त्री सुशील कोइरालालाई सोमबार बिहान बालुवाटार भेट्न पुगेका फोरम लोकतान्त्रीका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलन रोक्ने आधार के भनेर प्रश्न गरेका छन् । यस अघि आइतबार प्रधानमन्त्री कोइरालाले विपक्षी मोर्चाका तथा संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले सडक आन्दोलनले देशलाई निकास दिन नसक्ने भन्दै आन्दोलन रोकेर वार्ता,  सहकार्य एकता, र मेलमिलाप गर्न आग्रह गरेका थिए । उनले ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएकाले सबै दलहरु मिलेर आन्दोलनको उपलब्धीहरु संस्थागत गर्न लाग्नु पर्ने बताएका थिए । तर भेटका क्रममा गच्छदारले सत्तापक्षले संविधान निर्माणमा बहुमतिय दम्भ प्रदर्शन गर्न नहुने भन्दै वार्ता मार्फत सहमति गर्ने आधार के भनेर प्रश्न गरेका थिए । गच्छदार निकट स्रोतका अनुसार प्रधानमन्त्रीलेलाई उनले आफुले बारम्बार सकारात्मक निकासका लागि पहल गरेको तर दलहरु गम्भिर नभएको बताएका थिए । भेटका क्रममा मधेसवादी दलहरु संविधान लेखन प्रति निकै गम्भीर रहेको बताउँदै सरकारमा सहभागि केही दलको भूमिका प्रधानमन्त्रीको चाहाना अनुरुप हुन नसकेको भन्दै एमाले प्रति कटाक्ष गरेका थिए । गच्छदारले घुमाउँरो शैलीमा एमालेले राजनीतिक दलहरुबीच सहमति मार्फत संविधान नबनोस भन्ने चाहेको बताएका उनका सहयोगीले खबर डबलीलाई जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending