Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

केजरीवाल सरकारद्धारा भ्रष्टाचार विरोधी हेल्पलाइन सुरू

काठमाडौं, दिल्लीका मुख्यमन्त्री रहेका आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले भ्रष्टाचार विरोधी अभियानमा नागरिकहरुलाई सघाउन आह्वान गर्दै राज्य सरकारका तर्फ देखि टोल फ्री हेल्पलाइन नम्बरको सुरुवात गरेकाे छ । १०३१ नम्बरको टोल फ्री नम्बरमा दिल्लीका कुनै पनि भ्रष्टाचारका घटनालाई नागरिकहरुले फोन गरेर गुनासो टिपाउन सक्ने छन् । आम आदमी पार्टी नेतृत्वको सरकारले दिल्लीमा ५० दिन पुरा गरेको अवसर पारेर हेल्पलाइन सेवा सुरु गरिएको हो । दिल्लीको तालकटोरा स्टेडियममा एउटा भव्य कार्यक्रम गर्दै मुख्यमन्त्री केजरीवालले हेल्पलाईनको उद्धघाटन गरे । यसको सम्पुर्ण कमाण्ड उपमुख्यमन्त्री मनीष सिसौदियाले सम्भाल्ने छन् । दिल्ली सरकारले हेल्पलाइनलाई भ्रष्टाचारको अन्त्यका लागि ठुलो उपलब्धी ठहर गर्दै यसलाई ठुलो हो–हल्लाका साथ प्रचार गरी रहेको छ । हेल्पलाईन सार्वजनिकरण कार्यक्रममा उपमुख्यमन्त्री सिसौदियाले आज देखि दिल्लीका प्रत्येक सर्व साधारण नागरिक इन्स्पेक्टर भएको बताए । उनले भने– ‘भलै केही कुरा फेरियोस नफेरियोस तर, दिल्लीको भूमिबाट भ्रष्टाचारको अन्त्य गरेर नै सास लिनेछौं, भलै त्यसका लागि ज्यान नै दिनु परोस ।’ मुख्यमन्त्री केजरीवालले भने आफुले पनि भ्रष्टाचार गरेमा जेलसम्म पुर्‍याउन नागरिकहरुले भूमिका खेल्नु पर्ने उनको भनाई छ । आम आदमी पार्टीले यस अघिको आफ्नो कार्यकालमा पनि भ्रष्टाचार रोक्न हेल्पलाईनको सुरुवात गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending