रौतहट, रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको बार्ता पुनः सुरु गर्नेगरी स्थगित भएको छ ।
क्षेत्रीय प्रशासकसहितको सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार राति ९ः४० बजेबाट वार्ता सुरु गरिएको थियो । वार्तामा मृतकलाई सहिद घोषणा, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकलाई कारबाही गर्नुपर्ने भनी आन्दोलनरत पक्षले अडान लिएपछि वार्ता अगाडि बढ्न सकेन ।
यतिखेर उच्च सुरक्षा अधिकारी तथा आन्दोलनरत दलहरूबीच वार्ताका सम्बन्धमा छुट्टाछुट्टै बैठक तथा छलफल भइरहेको छ । सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्न नदिने माग राख्दै सदरमुकाम गौरमा पाँच दिनदेखि आन्दोलन जारी रहेपछि रौतहटको गौर नगरपालिकाको सभाहलमा राति वार्ता सुरु भएको थियो ।
वार्तामा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका क्षेत्रीय प्रशासक रामकुमार आचार्य, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरीनायब महानिरीक्षक प्रहरीनायब महानिरीक्षक देवेन्द्र सुवेदी, सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयाका सशस्त्र प्रहरीनायब महानिरीक्षक रामशरण पौडेललगायत रहेका थिए ।
त्यस्तै, नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् सभासद् अशोक जयसवाल, तमलोपाका बाबुलाल साह, अनिल सिंह, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, एकीकृत नेकपा (माओवादी)का जिल्ला इन्चार्ज विन्देश्वर राय यादव , रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष कन्थमणि जयसवाललगायत थिए ।
वार्तामा समस्या समाधान गर्न राजनीतिक दल पनि गम्भीर रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले साेमबार पुनः वार्ता सुरु गरिने जानकारी दिए । उनले आन्दोलनरत दलका नेताहरू नियमित सम्पर्कमा रहेकाले कुनै पनि बेला वार्ता सुरु हुने बताए ।
वार्तामा आन्दोलनरत पक्षका आठबुँदे मागमध्ये मृतकलाई सहिद घोषणा गर्ने र जिल्लास्थित सुरक्षा अधिकारीलाई कारबाही गर्ने सम्बन्धमा सहमति हुन नसकेपछि वार्ता स्थगित भएको वार्ताटोलीका सदस्य एवम् नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष गुप्ताले बताए ।केही दिनदेखि असहज परिस्थितिका कारण तनावग्रस्त बन्न पुगेको सदरमुकाम गौर बिस्तारै सहज बन्दै गएको छ ।
आन्दोलनरत पक्षले सशस्त्र प्रहरीको भ्यानबाट केही दिनअघि मृत्यु भएका रामआशिसको शवलाई गौर नगरपरिक्रमा गर्ने तयारी गरेका छन् ।
गौर बजार क्षेत्र शान्त अवस्थामा रहे तापनि शवयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षाकर्मीलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ । यहाँका उद्योगी व्यवसायीले वार्ताबाटै समस्या समाधान हुने भएकाले वार्तामा थप गम्भीर बन्न दुवै पक्षलाई आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: