Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

स्ववियु चुनावको लागि तात्यो क्रान्तिकारीः तीन दिनमै सकियो सातै प्रदेशको भेला

काठमाडौं, ८ माघ । फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तिब्र रुपमा चुनावी तयारीमा जुटेको छ। क्रान्तिकारीले तीन दिनमा सातैवटै प्रदेशमा स्ववियु सम्वन्धि विशेष कार्यशाला तथा प्रशिक्षण गोष्ठी सम्पन्न गरेको छ। गत पौष २७ र २८ गते काठमाडौंमा वसेको क्रान्तिकारीको पदाधिकारी वैठकले देशभरका प्रमुख कलेजमा कमाण्डर तोकी प्रदेश स्तरीय कार्यविभाजन गरेपछि चुनावी अभियानले तिव्रता पाएको हो । चुनाव आउन अब ३६ दिन मात्र बाँकी रहेकाले संगठनलाई एकैसाथ परिचालन गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले खबरडबलीलाई बताए। \"\" आज विराटनगरमा १ नं प्रदेशको स्ववियु निर्वाचन कार्याशाला सम्पन्न भएको छ । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेको विशेष उपस्थितिमा भएको कार्यक्रममा अखिल क्रान्तिकारी उपाध्यक्ष रामचन्द्र अधिकारी, पार्टी नेता मौषम लिम्बू, मुक्साहाङ म्याङवो, चिरिञ्जिवी लामिछाने, मदन चुडाललगायतको सहभागीता रहेको प्रदेश संयोजक तिलक बस्नेतले खबरडबलीलाई बताए। त्यस्तै आजै नेपालगन्जमा ५ नं प्रदेशको स्ववियु विशेष कार्याशाला सम्पन्न भएको छ।माओवादी केन्द्रका युवा नेता वर्षमान पुनको विशेष उपस्थितिमा भएको कार्यशालामा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्ल, पुर्व नेता विन्दमान विष्ट, उपाध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष तिलकराज भण्डारी, महासचिव वीरेन्द्र बस्नेत सहितको उपस्थिति रहेको प्रदेश संयोजक सुन्दर वलीले खबरडबलीलाई बताए। आजै कैलालीमा क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेको उपस्थितिमा स्ववियु विशेष कार्यशाला सम्पन्न भएको छ । सो कार्यशालामा उपाध्यक्ष जितेस योञ्जन, सचिव उद्धव भट्टराईलगायतको सहभागीता रहेको प्रदेश संयोजक आर के जोशीले खबरडबलीलाई जानकारी दिए । यसैगरी आजै पोखरामा ४ नं प्रदेशको कार्यशाला भएको छ । कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन प्रभात, पुर्व अध्यक्ष रत्न ढकाल, सचिव अमरदिप पराजुलीलगायतको उपस्थितिमा स्ववियु केन्द्रित योजना वनाइएको प्रदेश संयोजक कुशल पौडेलले जानकारी दिए । यता माघ ६ गते माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा त्रिवि कीर्तिपुरस्थित अडिटरियम हलमा प्रदेश नं ३ को कार्यशाला सम्पन्न भएको छ।सवै जिल्लाका अध्यक्षको रिपोर्टिङ पछि कार्यशालामा पुर्व अध्यक्ष हिमाल शर्मा,वर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले लगायतले प्रशिक्षण दिएको ३ नं प्रदेशका संयोजक विजय गौतमले बताए । माघ ७ गते २ नं प्रदेशको कार्याशाला गोष्ठी सर्लाहीको लालवन्दीमा सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता विश्वनाथ शाह, डाचाराज वाग्ले, रामबाबु वैठा लगायतको उपस्थितिमा स्ववियु केन्द्रित योजना तर्जुमा गरिएको प्रदेश संयोजक महेशलाल यादवले जानकारी दिए । यसैगरी माघ ७ गते नै ६ नं प्रदेशको कार्याशाला सुर्खेतमा सम्पन्न भएको छ । पुर्व गृहमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव बीरेन्द्र बस्नेत, सचिव खेम सिंह, दिपेश पुन, तुकमान महरालगायतको सहभागीता रहेको प्रदेश संयोजक केशव शाहीले बताए । यसअघि आफ्नो गतिविधि चुस्त गतिमा गरेको क्रान्तिकारीले निर्वाचन नजिकिएसंगै आफ्नो गतिविधिहरु ठाउँ ठाउँमा तिब्र गतिमा गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending