Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतः गौहत्या गर्नु पाप हो ?

भारतमा मानिसहरु मुसलमानहरुले मात्र गाईको मासु खान्छन् भन्ने पूर्वाग्रही धारणा राख्छन् । यो विल्कुलै निराधार सोच हो, किनकी यसको कुनै ऐतिहासिक आधार भेटिदैन् । वैदिक साहित्यमा यस्ता कयौं उदाहरण छन् जस मार्फत तीनताका गाईको मासु सेवन गरिएको कुरा पुष्टी हुन्छ । त्यतिबेला यज्ञ आदिमा गाईको बलि दिइने गरेको कुरा वैदिक साहित्यहरुमा पाइन्छ । त्यतिबेला घरमा पाहुना अथवा विशेष मान्छे आउँदा उनको स्वागतमा गाईको बली दिइन्थ्यो । विवाह, गृह प्रवेश जस्ता अुनष्ठानहरुमा पनि गाईको मासु खाने र खुवाउने चलन थियो । यो गुप्तकाल भन्दा अघिको कुरा हो । गौहत्यामा कहिलै पनि प्रतिबन्ध भएन । पाँचौँ सताब्दीको बरपर स–साना राज्यहरुको निर्माण तिब्र गतिमा भैरहेको थियो र भूमिदानको प्रचलन आरम्भमा थियो । यसै कारण खेतीका लागि जनावरहरुको महत्व बढ्नु स्वभाविक थियो । त्यसै समयमा गाईको महत्वपनि बढ्यो । त्यसपछि धर्मशास्त्रहरुमा गाईलाई मार्न नहुने धारणा सार्वजनिक हुन लाग्यो । समय काल बित्दै जाँदा गाईलाई मार्न नहुने ब्राम्हणवादी विचारधारा समाजमा हावि हुन लाग्यो । सँग–सँगै अर्को कुराले पनि तिव्र गतिमा समाजमा छाप पारी रहेको थियो त्यो के भने– जसले गाईको मासु सेवन गर्छ उ दलित हो भन्न लागियो । पाँचौँ र छैठौँ सताब्दीमा दलितहरुको संख्या निक्कै बढीरहेको थियो । त्यसै समय व्राम्हणहरुले धर्मशास्त्रहरुमा यस्तो कुरा लेख्न भ्याएका थिए । त्यसै बेला सजायको पनि व्यवस्था गरियो । जसले गाईको हत्या गर्छ उसले प्रायश्चित गर्नु पर्ने हुन्छ । तर, यहाँ के कुरा उल्लेखनिय छ भने– त्यस समयमा गाई मार्नेको ज्यान लिने कुनै व्यवस्था थिएन । जस्तो कि आज गाई मार्नु भनेको व्राम्हण मार्नु सरह हो भन्ने मानिसहरु ठान्ने गर्दछन् । त्यस बेला त्यस्तो थिएन । त्यसबेला गाई मार्नेले प्रायश्चित गर्नु पर्ने हुन्छ भनिए पनि कडा सजायको प्रावधान भने गरिएको थिएन । तीनताका सजाएको रुपमा गाई मार्नेले ब्राम्हणलाई भोज खुवाउनु पर्ने नियम र सजाय तोकियो । \"Cowधर्मशास्त्रमा यो कुनै ठुलो अपराध होइन । त्यसैले प्राचिन कालमा यसमाथि प्रतिवन्ध लगाईएको थिएन । बरु मुगल बादशाहहरुको समयमा राजदरबारमा जैनहरुको प्रवेश हुने गरेकाले केही खास–खास सन्दर्भमा गौहत्यामाथि प्रतिवन्ध लगाईयो । गौहत्याको सम्पूर्ण बिबाद १९औं सताब्दीमा आरम्भ भएको हो । भारतका स्वामी दयानन्द सरस्वतीले आर्य समाजको स्थापना गर्दै जुन बेला गौ रक्षाका लागि अभियान नै चलाए त्यसैबेलादेखि गौहत्या गर्न हुने कि नहुने भन्ने विवादले जरो गाड्न पुग्यो । त्यसपछि गाईको मासु खाने र बेच्नेलाई मुसलमान भन्दै चिह्ति गर्न थालियो । त्यस पछि समाज विभिन्न विचारधारमा विभक्त हुन लाग्यो र साम्प्रदायिक तनावको बिउ रोपियो । जुन समाजमा यस अघि कुनै पनि साम्प्रदायिक दंगाहरुको बिउ रोपिएको थिएन यहाँदेखि ती बिउहरु प्रस्फुटीत हुन लागे । त्यसो त गोवंशको एउटा पूजा हुने गर्दछ जसको नाम ‘गोपाष्टमी’ हो । यसका लागि भिन्दै कुनै मन्दीर छैन् । कतै कसैले मन्दिर बनाएका छन् भने त्यो भिन्दै कुरा हो किनकी मन्दीर त फिल्मी स्टारहरुको पनि बनाइएको छ । मुल प्रश्न के हो भने राज्य अर्थात सरकार खाने कुरामा पनि आफ्नो कानुन लगाउँन सक्छ कि सक्दैन ? जब तपाई भन्नु हुन्छ– देशको बहुसंख्यकहरुको भावनालाई मध्यनजर गर्दै गाईको मासुमा प्रतिवन्ध लागाइनु पर्छ, तपाईले त्यसैबेला नै एउटा वर्गको भावनामाथि चोट पुर्‍याई रहनु भएको हुन्छ । तपाई आफु भन्दा भिन्न समुदाय र वर्गको खानपानमाथि अतिक्रमण र नियन्त्रण गरी रहनु भएको हुन्छ । देशमा दलित र आदिवासी गाईको मासु खान्छन् । खान्छन् मात्र होइन खुलेआम खान्छन् । भारतको दक्षिणी राज्य केरलका व्राम्हणहरुलाई छाडेर अन्य सबैले गाईको मासु खान्छन् । तमिल्नाडुमा पनि एउटा ठुलो वर्ग छ जसले गाईको मासु खान्छ । तर, सरकार अंधविश्वासमा हिँडी रहेको छ । (झा भारतका इतिहासकार हुन्) साभारः बीबीसी हिन्दी सेवा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending