Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

तरकारीमा आत्मनिर्भर बन्दै कञ्चनपुर

भीमदत्तनगर, महेन्द्रनगर तरकारीमण्डीमा झन्डै अढाइ दशकदेखि तरकारी बेच्दै आएका भीमदत्त नगरपालिका–१८ सालघारीका अनिल चौधरी कुनै समय भारतको पश्चिमी सीमावर्ती सहर वनबासा र खटिमाबाट तरकारी ल्याएर बिक्री गर्थे । तर केही वर्षयता तरकारी खरिद गर्न भारत जान उहाँको बाध्यता हटेको छ ।

स्थानीय उत्पादन हरेक दिन बिहान मण्डीमै आएर थोकमा खरिद गर्न पाउन थालेपछि महेन्द्रनगरस्थित मण्डीका व्यापारीलाई तरकारी लिन अन्यत्र जाने दिन सकिएका छन् ।

\'बीस वर्ष पहिले यहाँका सबै व्यापारी वनबासा र खटिमाबाट तरकारी ल्याएर बेच्थ्यौँ\', मण्डीमा तरकारी बेच्दै आउएका चौधरीले भने, \'उतिबेला यहाँ स्थानीय उत्पादन थिएन ।\'

हाल बाह्रै महिना जिल्लामा उत्पादन भइरहेको बेमौसमी तरकारी मण्डीमा खपत भइरहेको उनको भनाइ छ । \'बेमौसमी तरकारीसमेत बिक्रीका लागि मण्डीमा ल्याउने गरिएको छ ।\' उत्पादन गर्ने किसानबाट किनेर बिक्री गर्दै आएको अर्का व्यापारी विश्रामसिँह धामी बताउछन् । \'बजारमा अहिले ८० प्रतिशत तरकारी स्थानीय उत्पादन छ\', उनले भने, \'आलु प्याजमात्रै भारतबाट आउँछ ।\' हिउँदमा तरकारी पहाडी जिल्लाबाट समेत थोरै मात्रामा आयात गरिन्छ । कञ्चनपुर मण्डी व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका धामीले भने , \'यहाँको तरकारी धेरै ठाउँमा निर्यात हुँदैछ ।\' कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टका अनुसार ८० प्रतिशत स्थानीय उत्पादनले बजार ओगटेको छ । कञ्चनपुरमा उत्पादित तरकारी दैनिक काठमाडौँ, बुटवल, बझाङ र कैलालीको धनगढी निर्यात भइरहेको उहाँले बताउनुभयो । काठमाडाैमा दैनिक १० टन, बुटवलमा १२ टन, बझाङमा ८ तन तथा धनगढी दैनिक आठ टन तरकारी मण्डीबाट निर्यात भइरहेको अध्यक्ष भट्टले बताए । \'गोलभेँडा, आलु र प्याजबाहेक सबै स्थानीय उत्पादन हो\', उनले भने, \'जिल्लामा सबै गरी दैनिक छ देखि आठ टनसम्म तरकारी खपत हँुदै आएको छ ।\' भारतीय किसानले महेन्द्रनगर र आसपासका क्षेत्रमा जग्गा ठेक्कामा लिएर तरकारी उत्पादनमा जोड दिएकाले पनि यहाँ स्थानीय उत्पादन बढेको अध्यक्ष भट्टको भनाइ छ । \'जिल्लामा ६० प्रतिशत भारतीय र ४० प्रतिशत स्थानीय किसान तरकारी उत्पादनमा लागेका छन्\', उनले भने, \'गाउँघरतिर राना र चौधरी थारु व्यावसायिक तालिम लिएर तरकारी उत्पादनमा लागेका छन् ।\' सदरमुकाम आसपासमा भारतीय किसान बढी तरकारी खेतीमा लागेका छन् । दक्षिणी क्षेत्रका किसानले उत्पादित तरकारी बेलौरी, पुर्नावास तथा पूर्वी क्षेत्रका किसानले गुलरिया र अत्तरियाका साथै झलारी बजारमा तरकारी बिक्री गर्दै आएका छन् ।

\'पाँच बिगाहा जमिन ठेक्कामा लिएर तरकारी फलाएको छु\', भारतको पिलिभितबाट आएर तरकारी उत्पादन गर्दै आएका मक्सुर ऐहसनले भने, “बिक्री गर्न दैनिक मण्डीमा आउने गरेको छु ।\' कञ्चनपुरको सुडा गाविसमा विगत छ वर्षदेखि तरकारी उत्पादनमा लागेका ऐहसनले हाल उत्पादन भएको काँक्रा, फर्सी र लौका धनगढी निर्यात गरिरहेको बताए । महेन्द्रनगरस्थित मण्डीमा हाल लौका, फर्सी, हरियो खुर्सानी, अदुवा, काउली, गोलभेँडा, आलु, हरियो साग, केराउ, मुला, भन्टा, प्याज र धनियाँलगायतका तरकारी उपभोक्ताले सहज रुपमा खरिद गर्न पाइरहेका छन् । \'तरकारीको बढीमा एक हप्तासम्म समान दर रहन्छ\', तरकारी व्यापारी एवम् मण्डी सङ्घका महासचिव विशाल सोनारले भने, \'अहिले रु २० देखि रु ११२ सम्म प्रतिकिलो मुल्यका तरकारी मण्डीमा उपलब्ध छ ।\' \'दैनिक रु ५०० देखि रु तीन हजारसम्मको तरकारी खपत भएको छ\', अर्का व्यापारी लीलाधर गिरीले भने, \'तरकारी उत्पादन गर्नेलाई खपतको कुनै समस्या छैन ।\' नेपाली सेनाका पूर्व कर्मचारीसमेत रहेका गिरी तरकारी व्यापारमा राम्रो आम्दानी हुने देखेपछि यसमा लागेको बताउछन् ।

ग्रामीण भेगमा महिलाको सशक्तीकरण कार्यक्रमअन्तर्गत विभिन्न गैरसरकारी संस्थाहरुले समेत आवश्यक तालिम÷प्रशिक्षण दिएर महिलालाई बेमौसमी तरकारी उत्पादनमा अग्रसर गराउँदै आएका छन् । \'गाउँका धेरै महिला तरकारी उत्पादनमा जुटेका छन्\', महेन्द्रनगरस्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए)मा महिला सशक्तीकरण क्षेत्रमा काम गर्दै आउनुभएकी मेनुका बस्नेत विष्टले भनिन्, \'यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै जिल्लाको तरकारी उत्पादनमा पनि वृद्धि भएको छ ।\' उनले विभिन्न समुदायका महिला नगदेबालीका रुपमा तरकारी उत्पादन गरी गाउँघर तथा नजिकका बजारमा बिक्री गर्दै आएको बताइन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies