Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

विमानस्थल अोर्लिएलगत्तै प्रचण्डले भने-निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ

\"\" काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट मंगलबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका हुन् । “भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिए । आयोगका पदाधिकारीले माघको दोस्रो साताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउन आग्रह गर्नुभएको छ । सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्दछ” उनले भने । प्रधानमन्त्रीले राजनीतिक सहमति पहिलो विषय भएकाले सरकार सोही दिशामा केन्द्रित रहेको स्पष्ट पारे । युएइको राजधानी अवुधावीमा आयोजना गरिएको विश्व भविश्य ऊर्जा शिखर सम्मेलन, २०१७ मा भाग लिन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री यही माघ १ गते त्यसतर्फ प्रस्थान गरेका थिए । नेपाल र युएइबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सरकार प्रमुखको तहबाट भएको हालसम्मै उच्चस्तरीय भ्रमणको रुपमा आफूले लिएको प्रधानमन्त्रीले जानकारी गराए । प्रधानमन्त्रीले आफ्ना समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँग आपसीहित, द्विपक्षीय सहयोग एवम् नेपाली कामदारको सुरक्षा र भरपर्दो रोजगारीका विषयमा कुराकानी भएको बताए । यही माघ ३ गते सम्मेलनलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जैविक एवम् परम्परागत ऊर्जाको स्रोतमा निर्भर रहेको विश्व समुदायले आगामी दिनमा दिगो, भरपर्दो, धान्न सकिने ऊर्जाको सुनिश्चितताका लागि सबै मुलुकले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिएका थिए । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नयाँ उचाइमा प्रधानमन्त्रीले ऊर्जासम्बन्धी उक्त शिखर सम्मेलनको औपचारिक निमन्त्रणाकै सिलसिलामा युएइका समकक्षी र अन्य उच्च पदस्थ राजनेतासँगको भेटघाटले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिए । “दुई मुलुकबीच रहँदै आएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध थप प्रगाढ बनाउने अवसरको रुपमा मैले भ्रमणलाई केन्द्रित गरे” प्रधानमन्त्रीले भने । २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको द्विपक्षीय सम्बन्ध ४० वर्ष पूरा भएको छ । नेपाली युवालाई लामो समयदेखि रोजगारी प्रदान गर्दै आएको युएइको विकासमा नेपालीको ठूलो योगदान रहेको र नेपालीलाई रोजगारी प्रदान गरेर जीवनस्तर सुधार ल्याउनुका साथै विप्रेषणले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गरेको प्रधानमन्त्रीको कथन थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending