Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अाठ दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक : ज्ञवाली

\"\"भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आठ/दश सिट जितेर आएकाले संविधान संशोधनको कुरा गर्नु अराजक भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले आफूलाई मधेशको हिमायती ठान्ने मधेशी मोर्चालाई मधेशको ८० सिट जितेर देखाउन चुनौती दिए । मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको बिपरित गएर चुनावमा जान्न भन्नु गलत भएको भन्दै उनले निर्वाचननै गर्न दिन्न भन्नु अराजक भएको बताएका छन् । उनले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संबिधान संशोधन गर्न मोर्चालाई आग्रह गरे । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेशी मोर्चा ईतिहासमा सिमित हुने उनले बताए । उनले संबिधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताए । वर्तमान समयमा निर्वाचन सबैको मिलन बिन्दु भएको र संशोधन बिधेयक प्रतिपक्ष लगायतका दलहरुको बिरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसदको मर्यादाको बिपरित भएको भन्दै उनले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताए । ज्ञवालीले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउने लगायतको काम भइरहेको भन्दै संघियतालाई बिफल पार्ने काम बिभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाए । उनले सरकारले निर्वाचनको बाटो छाडी जसरी संबिधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजीरहेकाले यस्तो राष्ट्रघाती संशोधनको प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरि बिफल पार्ने बताए । इतिहासमै नेपालको राष्ट्रियता सबैभन्दा नाजुक अवस्थामा रहेको भन्दै उनले संबिधान निर्माण र संशोधनको प्रक्रियामा नेपालको नितान्त आन्तरिक मामलामा छिमेकी मित्र राष्ट्रहरुलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिए । कार्यक्रममा उनले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा ठाडो र खुल्ला रुप मै वैदेशिक हस्तक्षेप भइरहेको टिप्पणी गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: