Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पृथ्वी जयन्तीमा राप्रपाले राखेको जलपानमा पुगेर कसले के भने?

\"\"काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २९५ आैँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो । यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए । आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गरेका थिए । राप्रपा नेपालले हरेक वर्ष आजकै दिन आयोजना गर्दै आएको सो कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि पहिलोपटक यस्तो कार्यक्रमको आयोजना भएको हो । सो कार्यक्रममा कलाकार यम बराल, मीरा राणा लगायतले राष्ट्रिय भावनाका गीत तथा सङ्गीत प्रस्तुत गरेका थिए । शीर्ष नेताहरु कसले के भने? नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताए । “विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ” उनले भने । प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गरेको बताउँदै भने,– “बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ” नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पुर्याएको  योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गरेको श्रेय शाहलाई दिए ।उनले भने, “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।” एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो ।” आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उनले उल्लेख गरे । एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending