Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतीय सैनिक जवानको भिडियो भाइरल भएपछि दिल्लीमै हलचल

\"\" नयाँ दिल्ली, २६ पुस । भारत प्रशाशित जम्मु कश्मिरमा ड्यूटीमा खटिएका जवानले आफूहरुमाथि भएको अत्याचारको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । जम्मु कश्मिरका बीएसएफ २९ का बटालियनका जवान रोहितकुमार यादवले ड्यूटीमै रहेको अवस्थामा आफूहरुमाथि भएको अत्याचार भिडियो सन्देशमार्फत खुलासा गरेका हुन् । उक्त भिडियो २५ लाख भन्दा बढीले हेरेका छन् । कम्ब्याक्ट ड्रेसमा हरियार बोकिरहेको अवस्थामा उनले आफ्नो अत्याचारको भिडियो सन्देश बनाएर सार्वजनिक गरेपछि उक्त भिडयो भाइरल बनेको हो । सेनाको जवानको भिडियो भाइरल भएपछि दिल्लीमै हलचल मच्चिएको छ । हिउँ परिरहेको क्षेत्रमा आँधी, हिमपात, वर्षा केही नभनेर विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म दैनिक ११ घण्टा आफूहरु ड्यूटीमा खटिरहेको उनले जनाएका छन् । तर आफूहरुको समस्याबारे सरकार र आफ्ना अधिकारीहरुले मात्र होइन, मिडियालेसमेत नसुनेको उनले गुनासो गरेका छन् । आफूहरुका लागि आएको खाना र खाजासमेत कटौती गरेर सेनाका अधिकारीहरुले अत्याचार गरेको ती जवानले आरोप मात्र लगाएका छैनन्, आफूहरुलाई दिँदै आएको खाना र खाना समेत भिडियो सन्देशमार्फत नै सार्वजनिक गरेका छन् । उनले सरकारलाई भने दोष दिएका छैनन् । सरकारले आफूहरुका लागि आवश्यक सबै सामान दिएको तर उच्च अधिकारीहरुले सबै बिक्री गरेर खाने गरेको भन्दै उनले छानबिन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीलाई समेत सम्बोधन गरेर आफूहरुका लागि आएको चिज कहाँ बिक्री हुन्छन्, छानबिन गर्न माग गरेका छन् । खानाका रुपमा तरकारी, अचारबिनाको निस्तो रोटी र खानाको साथमा नून र बेसारमात्रै हालेको दाल पाउने गरेको उनले जनाएका छन् । भिडियो सन्देशमा उनले आफूले भिडियो सार्वजनिक गरेपछि आफू नबाँच्ने समेत उनले आशंका ब्यक्त गरेका छन् । ‘मैले यो भिडियो सार्वजनिक गरेपछि म रहन्छु कि रहन्न थाहा छैन’, यादवले आफ्नो सन्देशमा भनेका छन्, ‘अधिकारीहरुले मलाई जे पनि गर्न सक्छन् । जे पनि हुन सक्छ ।’ भारतीय सेनाका जवानमाथिको अध्याचार यसरी सार्वजनिक भएको ६० को दशकमा पहिलो पटक हो । उक्त भिडियो भाइरल भएपछि भारतीय केन्द्रीय गृहमन्त्रीले आफूले भिडियो देखेको जवानमाथि भएको अत्याचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । बीएसएफ जवानको भिडियो आफूले देखेपछि गृहसचिवसँग रिपोर्टको मागेको उनले बताएका छन् । सरकारले उचित कारबाही गर्ने प्रतिवद्धता सिंहको छ । हेर्नुहोस् भिडियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending