Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ओलीले भने– नगरा बजाएर हामीलाई तराईबाट लखेट्ने कुरा गरिँदैछ

\"\"काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ड्रम र नगरा बजाएर तराईबाट कसैले लखेट्न नसक्ने बताएका छन् । नौ राजनीतिक दलले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा बोल्दै ओलीले आफूहरुका अगाडि मधेसवादी दलहरु हैसियत नभएको संकेत गरे । ‘ड्रम बजारएर हो कि नगरा बजाएर तराईबाट हामीलाई लखेट्ने कुरा गर्दै हुनुहुन्छ’, ओलीले भने, ‘तराईमा उहाहरुको ११ सिट छ, हाम्रो ४० सिट छ ।’ एमालेलाई तराईमा कसैले रोक्न नसक्ने भन्दै ओलीले अब आफुहरु अभियान लिएर तराईमा जान लागिरहेको बताए । फागुनको दोस्रो हप्ताबाट मेचीकाली अभियान थाल्ने पनि ओलीले उद्घोष गरे । ड्रोनबाट होइन, सेटेलाइटबाट खिच्नुपर्छ ओलीले आफूहरुको कार्यक्रमलाई ड्रोनबाट फोटो खिच्न पठाइएका भन्दै ड्रोनबाट नभइ अब सेटेलाइटबाट फोटो खिच्नुपर्ने बताए । तराईका जनता चुप छ भनेर तराईका जनतालाई अल्मल्याउन सकिन्छ भनेर नठान्न उनले मधेसी नेताहरुलाई चुनौती दिए । ओलीले आफ्नो पार्टी हैसियतका साथ संसदमा रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई तलमाथि हुन नदिने बताए । राष्ट्रहितविपरितको प्रस्ताव पारित गर्न नदिने ओलीले उद्घोष गरे । प्रचण्डले भ्रम छरे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले अहिले आफूहरुविरुद्ध भ्रम छर्दै हिडेको आरोप लगाए । तराई र पहाडकाबीचमा अनेकता र अविश्वास सिर्जना गर्ने काम भएको ओलीले टिप्पणी गरे । ‘अहिले उहाँ (प्रचण्ड)ले आफूलाई प्रधानान्यायाधीसले भेट्नु भयो, सल्लाह दिनु भयो भन्दै हुनुहुन्छ’, ओलीले भने, मैले अख्तियार पनि मिलाइसकेँ, अदालततिर मिलाएँ भनेर प्रचण्डले भन्नु भएको छ तर सम्मानित सर्वोच्च अदालतले आफ्नो तर्फबाट यसको खण्डन गरिसकेको छ ।’ ओलीले संविधान संशोधन गर्न सकिने दस्ताबेज तर देशको हितको लागि जनताको हितको लागि मात्रै संशोधन गर्नुपर्ने बताए । संविधान संशोधन अहिले जनताको माग नभएको तर जनता आन्दोलनमा उत्रिएका बेला अन्यत्र कसैको आदेश पालना गर्न संशोधन ल्याइएको ओलीले आरोप लगाए । संविधान जारी गर्दा जलाउनेहरुले निर्वाचन चाहेका छैनन् ओलीले संविधान जारी गर्दा जलाउनेहरुले निर्वाचन नचाहेको दावी गर्दै संविधान संशोधनको तुरुप फालेको दाबी गरे । उनले सरकारले अहिले प्रस्तुत गरेको संबिधान संशोधनको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै कुनै पनि राष्ट्रघाती काम सफल हुन नदिने बताए । ९ दलको आयोजनामा विरोध प्रदर्शन भनिएता पनि ८ दलमात्र सहभागि भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending