Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

म हिन्दु धर्मको सच्चा पुजारी हुँ तर गीता पढ्न बन्देज छ

विश्व यतिबेला वैज्ञानिकताले ढाकिदै गएको छ र मानिस संसारमा सर्वश्रेष्ठप्राणी सावित भएको छ । आज संसार जुन अवस्थामा छ, मानिसलाई अनुसशासनमा वाँध्ने कडी अनि मानिसलाई नियममा वाँध्ने कडी धर्मद्वारा निर्देशित नियमको कारण यो सम्भव भएको हो । मानव सभ्यताको विकास सँगसँगै मानिसमा धार्मिक चेतनाको वृद्धि भयो । संसारमा भएका हरेक मानव जातिहरुको कानुन धर्म बन्न पुग्यो र त्यो धार्मिक नियमले मानव जातीको समृद्धिका लागि र विकासका लागि अहम् भूमिका खेल्यो । विकसित रुप लिँदै अगाडि वढेको मानवीय सभ्यतामा धर्मले मानिसलाई गलत कार्यहरु गर्न प्रतिवन्ध लगायो र असल र राम्रा कार्यहरु गर्न प्रेरित ग¥योे । [caption id=\"attachment_111365\" align=\"alignleft\" width=\"350\"]\"\" नारायण विश्वकर्मा[/caption] मानिसहरु दुई समुहमा विभाजन भए । सत्य र धर्मको बाटो अपनाउने एक थरि र असत्य र अर्धमको वाटो अपनाउने अर्का थरी । सत्य र धर्मको वाटो अपनाउने मानिसहरु विकसित बन्दै गए । उनीहरुले एकपछि अर्को परिर्वतन गर्दै गए । मानवीय जीवनयापनको सरल उपाय समूहमा मिलेर खोज्दै गए अनि उनीहरुको त्यो अन्वेषणबाट एकपछि अर्काे सफलता मिल्दै पनि गयो । हो आज संसार जुन स्थितीमा छ त्यसैको उपज हो । संसारमा रहेका हरेक वर्ग, समुदाय र परिस्थितिका मानिसहरु कुनै न कुनै कोणबाट धर्मसँग सम्बन्धित छन् । हामी, हाम्रो समुदाय, हाम्रो राष्ट्र समृद्ध बनाउन धर्मको नीति अति आवश्यक छ । मानिस चेतनशील र सभ्य प्राणी हो । यदि मानवीय सभ्यतासँगै मानिसमा धार्मिक चेतनाको वृद्धि हुन नसकेको भए मानिसहरुबीच हिँसाले तीव्र रुप लिने थियो । मानिस मानिसबीच भएको द्वन्द्वले मानवीय सभ्यताको विकास हुन सक्ने थिएन । यदि त्यस्तै स्थिति रहने थियो भने यहाँ दिननानु दिन हजारौँ चेली आाफ्नै दाइ र वुवाबाट वलात्कृत हुने थिए । हजारौ आमाहरुको विना चिनजानका मानिसहरुले अस्मिता लुट्ने थिए, दाइभाइवाट तथा छिमेकी छिमेकीबाट मारिने थिए भने संसारका मानिस जाती यस्तै दलदलमा फस्ने थिए र आजको मानिसहरुको विकसित रुप कल्पनासम्म गर्न सकिदैनथ्यो ।
हिन्दुधर्म मान्ने विश्वासीहरुलाई छुत वा अछुतको नाममा वेद र गीता हस्तान्तरण त के छुनसम्म दिइएन र अधिकांश कतिपय ठाँउहरुमा अझै पनि वेद, गीता अछुत भनिएका समुदायलाई छुन र अध्ययन गर्न प्रतिबन्ध लगाइएको छ ।
संसारमा धर्मको अनेक रुप छन् धर्म मान्ने वाटा र पाटाहरु पनि अनेक छन् तर पनि आदिम युगदेखि, मानवीय सभ्यताको विकाससँगै मानव जातीले अपनाएको धर्म हो सनातन हिन्दुधर्म । आज विश्व हिन्दुहरुको साम्राज्य बन्नु पर्ने हो तर हिन्दुधर्ममा भएका केही दलालहरुका कारण त्यसो हुन सकेन । मानिसहरुले आफूहरु केही हिन्दु धर्म मान्नेहरुको गलत व्यवहारका कारण धर्मका अन्य पाटाहरु रोज्न थाले र पछि अन्य धर्मको उदय भयो । अन्य धर्म अपनाउनेहरुले आफ्नो धर्मलाई नियमसंगत संचालन गरे । आफ्ना विश्वासीहरुलाई समान ढङ्गले धर्मको ज्ञान दिए तर सनातन हिन्दुधर्ममा त्यसो हुन सकेन । धार्मिक ज्ञान दिने सन्दर्भमा पनि ती दलालहरुले व्यक्तिपिच्छे विभेदपुर्ण तरिकाले ज्ञान दिए त्यसैले पनि सनातन हिन्दु धर्म आज विश्वमा संकटमा पर्दैछ । एकातिर हिन्दुधर्मको विकल्पमा अर्को धर्म खडा गरेका समुहरुले आफ्नो धर्म विस्तार अभियानलाई तिव्रता दिदै लगे, संसारमा धर्म किनवेचको लहर चल्न थाल्यो त्यही क्रममा हिन्दुधर्ममा आफ्ना विश्वासीहरुलाई विभेद गरिएकै कारण केही मानिसमा हिन्दुधर्मको ज्ञान सुन्य हुन थाल्यो र ती धार्मिक ज्ञानले सून्य भएका हिन्दुहरुलाई धार्मिक व्यापारीहरुले लालच देखाएर आफ्नो धर्ममा समावेश गर्दै गए । यहाँ सानो उदारण प्रस्तुत गरौँ, मानिसमा धार्मिक चेतना दिनेक्रममा इसाईहरुले आफ्ना सवै विश्वासीहरुलाइ समान रुपले बाइवल हस्तान्तरण गरे, गर्दछन र गरिरहेका पनि छन । त्यहाँ सवै जातका मानिसहरुको लागि बाइवल निःशुल्क वितरण गरिएको हुन्छ । तर हिन्दुधर्म मान्ने विश्वासीहरुलाई छुत वा अछुतको नाममा वेद र गीता हस्तान्तरण त के छुनसम्म दिइएन र अधिकांश कतिपय ठाँउहरुमा अझै पनि वेद, गीता अछुत भनिएका समुदायलाई छुन र अध्ययन गर्न प्रतिबन्ध लगाइएको छ ।
यदि त्यसो गर्न सकिँदैन भने आफ्ना सवै विश्वासीहरुलाई समान रुपले बाइवल हस्तान्तरण गरेको इसाई धर्मको साम्राज्य अबको पचास वर्षपछि नेपालमा विस्तार हुनेछ । नेपाल हिन्दु राष्ट्र होइन, इसाइ राष्ट्र हुनेछ, हिन्दु भन्ने धर्म खोज्न नेपालमा भौतारिनुपर्ने स्थिति आउनेछ ।
धर्मशास्त्र वेद र बाइवलमा एउटै कुरा लेखिएको छः प्रत्येक हिन्दुहरुको हातमा गीता र प्रत्येक इसाईहरुको हातमा बाइवल हुनु आवश्यक छ । यहाँ प्रत्येक इसाइहरुको हातमा वाइवल छ तर यहाँ प्रत्येक हिन्दुहरुको हातमा गीत छैन । यहाँ धार्मिक पुस्तक हस्तान्तरणको कुरादेखि लिएर धार्मिक ज्ञान प्रदान गर्दासम्म यो वा त्यो जातको भनि छुट्याएर पुस्तक हस्तान्तरण गर्ने र धार्मिक ज्ञान प्रदान गरिन्छ । जवसम्म धर्मको मानिसलाई समान रुपले ज्ञान हुँदैन तवसम्म त्यो धर्म समृद्ध बन्न सक्दैन अनि त्यो धर्म रहेको क्षेत्र समृद्ध बन्न सक्दैन, त्यो धर्म विस्तार हुन सक्दैन, वरु खोसिने सम्भावना धेरै हुन्छ । हिन्दु धर्म पवित्र पनि छ सहि पनि छ र संसारमै सर्वश्रेष्ठ पनि छ तर आफुलाई हिन्दु धर्मको ठेकेदार ठान्नेहरु अपवित्र छन, तिनीहरुको नियत अपवित्र छ, गलत छ र त हिन्दु धर्म दिन प्रतिदिन बिक्री भएरहेको छ, खोसिदै गइरहेको छ । यदि नेपाललाई हिन्दुहरुले भरिएको राष्ट्र बनाउने हाम्रो चाहना हो भने हिन्दु धर्म बिक्री गर्दै हिड्ने त्यस्ता ठेकेदारहरुलाइ गाँउगाँउबाट खेदौँ, उनीहरुलाई सामाजिक रुपमै वहिष्कार गरौँ अनि हाम्रो धर्म खोसिनबाट, बिक्री हुनवाट जोगाऔँ । अव प्रत्येक हिन्दुधर्मका विश्वासीहरुको हातहातमा कुनै पनि जात र समुदाय नभनी गीता हुनु आवश्यक छ, हिन्दुधर्मसँग सम्वन्धित धार्मिक ग्रन्थहरु हुन आवश्यक छ । सवैलार्इ गीताको समान रुपमा अध्ययन गराउनु आवश्यक छ, सवैलाई हिन्दु धर्ममा भएको ज्ञान दिनु, वाँड्नु आवश्यक छ । यदि त्यसो गर्न सकिँदैन भने आफ्ना सवै विश्वासीहरुलाई समान रुपले बाइवल हस्तान्तरण गरेको इसाई धर्मको साम्राज्य अबको पचास वर्षपछि नेपालमा विस्तार हुनेछ । नेपाल हिन्दु राष्ट्र होइन, इसाइ राष्ट्र हुनेछ, हिन्दु भन्ने धर्म खोज्न नेपालमा भौतारिनुपर्ने स्थिति आउनेछ । तसर्थ हिन्दुधर्म मान्नेहरुमा भएका गलत परम्पराहरु, समाजमा हुने गरेको जातीय विभेद तथा छुवाछुत निर्मुल पार्न आजैदेखि मन, वचन र कर्मले लागि परौँ । अनि तपाइँ हाम्रो नेपाललाई हिन्दुधर्मको वाहुल्यता भएको राष्ट्र बनाउने सपना साकार पारौँ । म हिन्दु धर्मको सच्चा पुजारी हुँ । विधिवध रुपमा मेरो धर्मलाई पुज्न त यो समाजले मलाइ सिकाइएन । तर विधिवत रुपमा मेरो धर्मलाई पुज्न नजाने पनि मेरो मनले मेरो धर्मलाइ सधै पुजेको हुन्छु । हिन्दुधर्मको सम्मृद्धि हुनुपर्छ व्यापक प्रचार हुनुपर्छ र संरक्षण हुनुपर्छ भन्ने मेरो भनाइ हो । मलाई पनि मेरो सनातन हिन्दुधर्मको ज्ञान दिइयोस् र मेरो सनातन हिन्दुधर्म आक्रमण गर्न खोज्ने वैरीहरुविरुद्ध लड्न सक्ने सशक्त धार्मिक खेलाडी बनाइयोस् भन्ने मेरो भनाइ हो । विगत केहि वर्ष अगाडिवाट मेरो अभियान हिन्दु धर्म आक्रमण हुनबाट जोगाउनु रहेको छ । म एक ठुलो घना दलित वस्ती भएको गाँउमा जन्मेको मान्छे दलित समुदायमा हुने घटना परिघटनाका विषयमा चासो लिने र राख्ने मेरो स्वभाव नै भयो । कुनै दिन मेरो देश नेपाल हिन्दुहरुले भरिएको राज्य भनेर चिनिने गथ्र्यो । नेपालमा लगभग ९०–९५ प्रतिशत ओमकार परिवारको बसोवास थियो । वर्तमान समयमा हिन्दुधर्मप्रति धार्मिक प्रहार भएको छ, धार्मिक आक्रमण भएको छ । हिजोको ९०–९५ प्रतिशत ओमकार परिवार घटेर ७०–७५ प्रतिशतमा गएको छ । हिन्दु धर्मका ठेकेदारहरु मेरो धर्ममा यस्तो प्रहार भइरहदा पनि निकम्मा बनेर हेरेर वसेका छन् । अव पनि केहि कदम नचालिए अवश्य मेरो धर्म विलय हुनेछ ।
नेपालमा धर्म परिर्वतन गर्नेहरुको तथ्याङक हेर्ने हो भने दलित समुदाय सवै भन्दा धेरै धर्म परिवर्तन गर्नेको संख्यामा पर्दछन् । दलित समुदायलाइ हिन्दु धर्मले विभेद गरेको प्रचार गरेर आफ्नो धर्ममा सवैलाई समान व्यवहार गरिने लालच देखाएर दलित समुदायका सोझा र गरिव व्यक्तिहरुलाई आफ्नो पक्षमा तानिरहेका छन् ।
यहाँ धर्मको नाममा धर्म किन्ने व्यापारीहरुको बिगविगी चलेको छ । ती धर्म किन्ने व्यापारीहरुले कमजोर र नाजुक आर्थिक स्थिती परिवारबाट धर्म किन्ने काम सुरु गरेका छन । नेपालमा दलित समुदाय वर्षौदेखि व्राह्मण र कथित उच्च जात र वर्ग समाजबाट शोषित छ । व्राह्मण समुदाय र कथित उच्च जातीले दलित समुदायलाई सौतेनी व्यवहार गरेको छ । यहाँ दलित समुदायमाथि जातीय विभेद गरिएको छ । दलित समुदायलाई अछुत भन्दै पशुवत व्यवहार गरिएको छ । के मेरो हिन्दु धर्मले यहि निर्देशन गरेको छ ? हो यस्तो अवस्थामा हिन्दुधर्म खोस्न तम्सने अपहरणकारीहरुले धर्म परिवर्तनको मुख्य केन्द्र दलित समुदायलाई बनाइएका छन् । दलित समुदाय सकिएपछि व्राह्मण वर्गमा रहेका निम्न, गरीव तथा तल्लो वर्गहरु सखाप पार्ने उनीहरुको योजना छ । नेपालमा धर्म परिर्वतन गर्नेहरुको तथ्याङक हेर्ने हो भने दलित समुदाय सवै भन्दा धेरै धर्म परिवर्तन गर्नेको संख्यामा पर्दछन् । दलित समुदायलाइ हिन्दु धर्मले विभेद गरेको प्रचार गरेर आफ्नो धर्ममा सवैलाई समान व्यवहार गरिने लालच देखाएर दलित समुदायका सोझा र गरिव व्यक्तिहरुलाई आफ्नो पक्षमा तानिरहेका छन् । तसर्थ हामीले सवै भन्दा पहिले हाम्रो धर्म संरक्षणको लागि जातीय विभेद तथा छुवाछुत हामी सवै हिन्दुधर्मालम्वीहरु मिलेर समाप्त पार्नुपर्दछ । होइन भने हाम्रो धर्म खोसिनेवाला छ । त्यसैले हाम्रो धर्म मान्ने केही मान्छेहरुका भएको गलत सोँच, उनीहरुबाट त्यही धर्म मान्ने अर्काथरी मान्छेहरुमा हुने विभेद उखेलेर हामी जुट्न आवश्यक छ । यदि यसो गर्न सकिएन भने हिन्दु धर्म अर्कैले हरण गर्नेछन् । हाम्रो सनातन हिन्दु धर्म नेपालबाट मात्र होइन संसारबाट नै लोप हुनेछ । तसर्थ मैले फेरि पनि भन्छु, हामीले सवै भन्दा पहिले हाम्रो धर्म संरक्षणका लागि जातीय विभेद तथा छुवाछुत सवै मिलेर समाप्त पारौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies