Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओलीको राष्ट्रवादी नारा इतिहासकै मजाक

माओवादी केन्द्रले अहिले सरकारको नेतृत्व गरिरहेको छ । यहिबेला माओवादी आन्दोलन र सरकारकोबारेमा भ्रम फैलाउन एउटा ठूलो शक्ति ज्यान फालेर लागेको छ । मुलतः माओवादी आन्दोलनले प्राप्त गरेको उपलव्धीलाई इतिहासको विषय बनाउन प्रयत्न भइरहेको छ । कारण पार्टीपंक्ति र बाहिर माओवादीले के गर्न खोजेको हो भन्ने भ्रम पैदा भएको छ । यो लेखमा माओवादी केन्द्रको आजको कार्यभार के हो भन्नेबारेमा सामान्य चर्चा गर्ने प्रयत्न गरिएको छ । १) आन्तरिक कार्यभार: [caption id=\"attachment_63133\" align=\"alignleft\" width=\"332\"] मणि थापा[/caption] माओवादी केन्द्र निर्माण भएपछि यसका केही आन्तरिक चुनौती छन् । (क) पार्टी एकतालाई सुदृढ गर्नु । (ख) गुटबन्दी र अराजकतावादकाविरुद्ध संघर्ष गर्नु । (ग) जनवादी केन्द्रीयतालाई दृढतापूर्वक लागू गर्नु । (घ) पार्टीको सामाजिकीकरण र रुपान्तरणमा जोड दिनु (ङ) कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिनु (च) ध्रुवीकरणका लागि अझै प्रयत्न गर्नु (छ) पार्टी र सरकारको कामको बीच उचित तालमेल मिलाउनु (ज) जनता र देशलाई प्राथमिकतामा राखेर काम गर्ने संस्कृतिको विकास गर्नु । (झ) अन्तरपार्टी छलफललाई व्यवस्थित गर्नु । २) बाह्य कार्यभार:  क) समावेशी लोकतन्त्रको रक्षा ः केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिनु र कमरेड प्रचण्डको नेतृत्वमा सरकार बन्नुको मुख्य कारण ओली नेतृत्वको सरकार समावेशी लोकतन्त्रबाट विचलित हुनु हो । समावेशी लोकतन्त्रलाई संसदीय चरित्रमा पुनः फर्काउन खोज्ने प्रवृतिका विरुद्ध क्रमभंग हो । समावेशी चरित्र नेपालको सामाजिक चरित्र हो । यो चरित्रलाई ओली प्रवृत्तिले एक भाषा, एक संस्कृति र एक जातमा फर्काउने प्रयत्न ग¥यो र विकसित वर्तमानलाई गलत लिगमा हिँडाउने प्रयत्न ग¥यो । जसबाट प्रगतिशील रुपान्तरणभन्दा यथास्थितिवाद हावी हुने खतरा भयो । त्यो यथास्थितिवादका विरुद्ध तथा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा अभिव्यक्त जनताको भावनाको रक्षा गर्न माओवादी केन्द्र र प्रचण्ड नेतृत्वको सरकार बनेको हो । जसको रक्षा गर्नु माओवादी केन्द्र र माओवादी नेतृत्वको सरकारको कार्यभार हो ।
ओली नेतृत्वको सरकार र एमाले पार्टीले आदिवासी, जनजाती, महिला, मुस्लिम, दलित र मधेशीका अधिकारलाई राष्ट्रिय समस्या ठानेन । बरु एक जातीकाविरुद्ध अर्को जातीलाई भिडाउने, हिमाल, पहाड र मधेशका जनतालाई भिडाउने जुन काम गर्न कोशिश ग¥यो, त्यो नेपालको सामाजिक, सांस्कृतिक बनावटको विरुद्धमा थियो ।
ख) संविधान संशोधनको प्रश्न ः माओवादी केन्द्रको दोस्रो कार्यभार संविधान संशोधन गर्दै कार्यान्वयन गर्नु हो । मधेशी, आदिवासी, जनजातीलाई संशोधन मार्फत उनीहरुका माग र अधिकारलाई संशोधन गर्दै संविधानमा सबैको अपनत्वबोध गराउनु राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनता बलियो बनाउनु हो । हामीले देख्यौ ओली नेतृत्वको सरकार र एमाले पार्टीले आदिवासी, जनजाती, महिला, मुस्लिम, दलित र मधेशीका अधिकारलाई राष्ट्रिय समस्या ठानेन । बरु एक जातीकाविरुद्ध अर्को जातीलाई भिडाउने, हिमाल, पहाड र मधेशका जनतालाई भिडाउने जुन काम गर्न कोशिश ग¥यो, त्यो नेपालको सामाजिक, सांस्कृतिक बनावटको विरुद्धमा थियो । त्यो राष्ट्रिय हितका विरुद्धमा थियो । त्यो आन्दोलनको म्याण्डेटका विरुद्धमा थियो । त्यसलाई निरुत्साहित पार्नु माओवादी केन्द्रको कर्तव्य थियो । माओवादी केन्द्रले संविधान संशोधनमार्फत जनपक्षीय शक्तिलाई सुदृढ गर्दै त्यहि कर्तव्य पुरा गर्न खोजेको हो । देशलाई स्थायी शान्ति र एकता तर्फ डोहो¥याउन खोजेको हो । देशलाई निर्वाचनतर्फ लैजादै स्थानीय जनतालाई बलियो बनाउन खोजेको हो । संशोधनकाविरुद्ध एमाले लगायतका शक्तिहरु जसरी उभिएका छन्, उनीहरु स्थायी शान्ति चाहँदैनन् र आन्दोलनको म्याण्डेटबाट भड्किएका छन् । हामी सबै भड्काउवादी शक्तिलाई संविधान संशोधनमार्फत राजनीतिक लिकमा ल्याउने कर्तव्य ठानेका छौं ।
ओलीको राष्ट्रवाद राष्ट्रिय अखण्डता कमजोर भयो भन्दै नाटक मञ्चन गर्दै जनतालाई एक वर्ग, एक जाती, एक संस्कृति लाद्ने महेन्द्रीय राष्ट्रवाद हो जसले भूगोल र जनतालाई अलग अलग ठान्छ । 
ग) चुनाव सम्पन्न गर्ने प्रश्न ः हामीले प्रतिष्पर्धाको राजनीतिलाई स्वीकार गरिसकेका छौं । अब नेपालको राजनीतिको केही कालखण्ड जनताको अभिमत चुनावबाट अभिव्यक्त हुने ठान्दछौं । करिव दुई दशकदेखि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि आफै चुन्न पाएका छैनन् । यति ठूलो आन्दोलन र प्रयत्न भयो, त्यसको अनुभूति भूँईतहका जनताले प्राप्त गरेका छैनन् । विकास र समृद्धिलाई जनताको आ“गनमा पु¥याउन ढिला नगरी स्थानीय चुनावमा जानु देश र जनताको पक्षमा छ । चुनावलाई कुनै पनि वहानामा पछि पार्न खोज्नु जनताको हितमा छैन । चुनाव संविधान कार्यान्वयन र लोकतन्त्रलाई संस्थागत गर्ने कुरास“ग पनि सम्बन्धित छ । त्यसैले चुनाव सम्पन्न गर्दै जनताका प्रतिनिधि चुन्न पाउने जनताका अधिकारलाई स्थापित गर्नु माओवादी केन्द्रको अर्को कार्यभार हो । संघीयतालाई कार्यान्वयन हुन नदिन एउटा ठूलै शक्ति क्रियाशील छ । त्यो शक्ति चुनाव हुन नदिन बहाना खोजिरहेको छ भन्ने कुरा माओवादी केन्द्रलाई राम्रोसँग थाहा छ । हिजो आन्दोलनबाट पराजित शक्ति र आन्दोलनमा ऐतिहासिक बाध्यतासहित सहभागी शक्तिहरु आज एकै मुखले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्रकाविरुद्धमा षडयन्त्र गर्दैछन् । त्यो षडयन्त्रलाई चिर्न संघीयतालाई स्थापित गर्न माओवादी केन्द्रको चुनाव अहिले केन्द्रीय प्रश्न हो भन्ने कुरामा हामी विश्वस्त छौं । घ) कथित राष्ट्रवाद र राष्ट्रघातको प्रश्न : प्रचण्ड नेतृत्वको सरकार बन्नु राष्ट्रघात हो, संविधान संशोधनको प्रश्न पनि राष्ट्रघाती हो भन्ने ठूलो हल्ला विशेषगरी एमालेवृत्तको ओली गुटले गरिरहेको छ । विचरा एमाले र उनका नेता ओलीलाई राष्ट्रवादी हुने रहर लागेको छ । चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तानेझैं यो ओलीको राष्ट्रवादी नारा इतिहासको मजाक हो भन्ने हाम्रो ठहर हो । आजको बदलिँदो सन्दर्भमा राष्ट्रवाद नेपालीको राष्ट्रिय एकता हो । नेपाली जनताको एकता भनेको नेपालभित्र बसोवास गर्ने सबै जाती, भाषा, क्षेत्रका जनताको एकता हो । साथै मधेश, पहाड र हिमालको एकता पनि हो । यहाँका सबै भाषा संस्कृतिको राष्ट्रिय पहिचान हो । सबैको समान अधिकार हो । सबैको अपनत्वको खोजी हो । सबैको सद्भावको खोजी हो । जो हामी माओवादी चाहन्छौं । पूर्वदेखि पश्चिम महाकालीसम्मको अखण्ड भूगोल राष्ट्रियताको अर्को आधार हो । त्यो भूगोल हाम्रा पूर्खाहरुले लडेर प्राप्त गरेको गौरवशाली इतिहास हो ।
संशोधनकाविरुद्ध एमाले लगायतका शक्तिहरु जसरी उभिएका छन्, उनीहरु स्थायी शान्ति चाहँदैनन् र आन्दोलनको म्याण्डेटबाट भड्किएका छन् । हामी सबै भड्काउवादी शक्तिलाई संविधान संशोधनमार्फत राजनीतिक लिकमा ल्याउने कर्तव्य ठानेका छौं ।
आजको विश्वमा त्यो भूगोलमाथि कसैको हस्तक्षेप हुन्छ भन्ने तर्क गर्नेहरु नेपालको इतिहास नबुझेका बुज्रुकहरु हुन् । भूगोल हाम्रो अखण्ड छ । मात्र जनताको एकता कसरी पैदा गर्न सकिन्छ भन्ने माओवादी केन्द्रको मुख्य प्रश्न हो । त्यो यहा“का जनताहरुलाई अधिकार दिएपछि मात्र पैदा हुन्छ भन्ने माओवादी मान्यता हो । ओलीको राष्ट्रवाद राष्ट्रिय अखण्डता कमजोर भयो भन्दै नाटक मञ्चन गर्दै जनतालाई एक वर्ग, एक जाती, एक संस्कृति लाद्ने महेन्द्रीय राष्ट्रवाद हो जसले भूगोल र जनतालाई अलग अलग ठान्छ । माओवादी मान्यता भूगोल र जनतालाई अन्योन्याश्रित रुपमा बुझ्दछ । अबको राष्ट्रवाद प्रगतिशील राष्ट्रवाद हो । समावेशी राष्ट्रवाद हो । त्यो राष्ट्रिय एकताबाट पैदा हुन्छ । त्यो जनता जनताबीचको सम्वन्धबाट पैदा हुन्छ । माओवादी केन्द्र अखण्ड भूगोल र त्यो भूगोलभित्र बस्ने सबैलाई राष्ट्रिय एकताको डोरीमा बाँधेर राष्ट्रवादलाई बलियो बनाउन चाहन्छ । तर ओलीको राष्ट्रवाद भूगोलको मात्र कुरा गरेर जनतालाई कमजोर बनाउने राष्ट्रवाद हो । माओवादी केन्द्र आन्तरिक र बाह्य रुपमा राष्ट्रलाई बलियो बनाउने पक्षमा छ । ङ) जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको प्रश्न : माओवादी केन्द्र र प्रचण्ड नेतृत्वको सरकार सबै आन्दोलनका उपलब्धीहरुको रक्षा गर्न दृढ छ । आज राष्ट्रमा जे जति परिवर्तन आएको छ त्यो मुख्यतया जनयुद्धको उपलब्धी हो । माओवादीले ती उपलब्धीप्रति कति न्याय ग¥यो त्यो हामी माओवादीहरुका निम्ति आन्तरिक प्रश्न हो । हामी ती उपलब्धीप्रति गौरव गर्छौ र जनताको आजको चेतनाको प्रतिनिधित्व ती राजनीतिक उपलब्धीको रक्षा गरेर मात्र गर्न सकिन्छ भन्नेमा दृढ छौं । च) राष्ट्रिय एकता र राष्ट्रिय समृद्धि : माओवादी केन्द्रको अर्को कार्यभार हो । माओवादी पार्टी राष्ट्रिय एकता चाहन्छ । त्यो राष्ट्रिय एकतास“ग राष्ट्रिय अखण्डता जोडिएको छ । त्यो राष्ट्रिय एकताको जगमा मात्र राष्ट्रिय समृद्धि सम्भव छ । त्यो राष्ट्रिय समृद्धिले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउँछ । यी बीचमा द्वन्द्वात्मक सम्बन्ध छ । नेपालमा निषेधको राजनीतिको युगको अन्त्य भइसकेको छ । समावेशी राजनीतिको युग शुरु भएको छ । अब इतिहासका पन्ना पछाडि फर्कने सम्भावना छैन । सबै मिलेर बस्नु, सबैको अपनत्वको अस्तित्वलाई स्वीकार्नु, इतिहासका भुलहरुबाट पाठ सिक्नु, नेपालको भूराजनीति र बहुभाषिक बहुजातीय सामाजिक सम्बन्धलाई राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय समृद्धिको बाटोमा अगाडि बढ्नु माओवादी केन्द्रको अहिलेको कार्यभार हो । हामी सबै माओवादीहरुले यो कार्यभारको बारेमा आफू प्रष्ट होऔं । जनतालाई बुझाउ । यी उपलब्धीमाथि दायाँ वा बायाँबाट आक्रमण गर्नेहरुका विरुद्ध सडक, सदन र सरकारबाट जवाफ दिनु हाम्रो मुख्य कार्यभार बनाउनु पर्दछ । (लेखक नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा युवा इन्चार्ज हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending