Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बालिकाले ओबामालाई सोधिन्, ‘डलरमा किन हुँदैन महिलाको तस्बिर ?’

वासिंगटन, अमेरिकी राष्ट्रपति बराक ओबामासँग पछिल्लो वर्ष एक ९ वर्षीया बालिकाले चिठी लेखेर अमेरिकी डलमा कहिले पनि किन महिलाको तस्बिर नहुने प्रश्न गरेकी छिन् । सोफियाको यो चिठीको जवाफ ओबामाले लेखेर नै पठाएका छन् । सोफियाले आफ्नो चिठीमा लेखेकी थिइन्, ‘म यो जान्नको लागि लेखिरहेकी छु कि आखिर डलर र अमेरिकी सिक्कामा कहिले पनि किन महिलाको तस्बिर देखिँदैन । मलाई लाग्छ कि यहाँ महिलाको उपस्थिती हुन आवश्यक छ किनभने यदि महिला नहुने हो भने पुरुषहरु पनि हुँदैनन् ।’ यो चिठीमा सोफियाले डलर वा सिक्कामा राख्नको लागि ओबामालाई केहि महान महिलाहरुको नाम पनि टिपाएकी छिन् । यो सूचीमा ओबामाकी श्रीमती मिशेल ओबामाका साथै रोजा पाक्र्स, हिलारी क्लिन्टन, एमिली डिकिन्सन र अन्य महिलाहरु पनि समावेश छन् । यो चिठी स्वयंम ती बालिकाले लेखेकी हुन् र यसले पक्कै पनि ओबामाको ध्यान आकृष्ट गर्न सफल भएको छ । \"sophiaभर्खरै ओबामाले कानसासको भाषणको क्रममा सोफियाको कुरा उठाएका थिए । भाषणमा उनले भने, ‘ एक बालिकाले एउटा चिठी लेखिन् र सोधिन्– हाम्रो मुद्राभमा कुनै महिलाको तस्बिर किन छैन र उनले महिलाको लामो सूची पनि पठाएकी छिन् । मलाई लाग्छ यो राम्रो बिचार हो ।’ बालिकाको प्रश्नको उत्तर दिँदै ओबामा लेख्छन्, ‘तिम्रो चिठीको लागि धन्यवाद । तिमीले सूचीमा जो महिलाको नाम दिएकी छौ उनीहरु सबै योग्य छन् । मलाई लाग्छ कि तिमी पनि निकै  प्रभावशाली छौँ । महिला र पुरुष समान मान्ने देशकी एक नागरिक भएको कुरा तिमीलाई म सुनिश्चित गराउन चाहन्छु ।’ सोफियाले भनिन्, ‘ म एन हचिन्सनलाई पढिरहेकी थिएँ । उनले महिला अधिकारहरुका लागि लडाईं लडेकी थिइन् । यहि क्रममा मेरो ध्यान भिन्न प्रकारका डलरको नोट र सिक्कामा केन्द्रित भयो । यसकारण मेरो दिमागमा प्रश्न उठ्यो कि यी सिक्काहरु वा नोटहरु कुनैमा पनि किन महिलाहरुको तस्बिर राखिएको छैन ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending