Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डलाई गाह्रो हुने भएरै म हिडेको हुँ

प्रचण्ड र बाबुरामको सम्बन्ध र भूमिकाको बारेमा मानिसहरुले चर्चा गर्ने गर्दछन्, कुनै हाम्रो व्यक्तिगत समस्या पनि थिएन र अहिले पनि छैन । व्यक्तिगत दुश्मनी छैन, उत्तिकै सौहार्दता छ । तर विचारमा हाम्रो केही भिन्नताहरु छन् । हिजो पनि थियो र त्यही कारणले हामी अन्तरसंघर्षमा उत्रियौं, त्यो विचारकै कारण थियो । र, अहिले पछि हामी फरक बाटो लाग्नुको पछाडि पनि विचारकै कुराले हो, अरु कुनै कारणले होइन । कुनै पनि प्रकारको भ्रम साथीहरुमा र जनतामा नपरोस् भन्ने म आग्रह गर्न चाहन्छु । [caption id=\"attachment_49916\" align=\"alignleft\" width=\"274\"]\"\" बाबुराम भट्टरार्इ[/caption] तर फेरि त्यसको अर्थ सँगै बस्ने कुनै सम्भावना नै थिएन भन्ने कुरामा, प्रचण्डले ‘तपाईंले अलिकति हतार गरिदिनुभयो’ भन्नुभयो । त्यसैले मैले तपाईंलाई गाह्रो हुन्छ भनेर अगाडि हिँडेको हो । मिल्न सकिन्थ्यो होला, प्रचण्ड जुन ठाउँमा हुनुहुन्छ, जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यसले गर्दा तपाईंलाई गाह्रो हुन्थ्यो । त्यसैले गर्दा म एक्लै अगाडि बढेको हो । पहिले पनि भनेको थिएँ, अहिले पनि त्यही कुरा भन्न चाहन्छु । फेरि पनि मैले भन्न खोजेको कुरा के हो भने नेपाली समाज अर्को चरणमा प्रवेश गर्यो । हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौं, ती उपलब्धिहरु महान उपलब्धि थिए, त्यसलाई नै हामीले रक्षा गर्यौं, त्यसैको जगमा टेकेर अब अगाडि जाने हो । एउटा समृद्ध समाजवाद हुँदै अघिल्लो दिशातिर जाने हो भने नेपालमा अब एउटा उत्पादक शक्ति र श्रमको उत्पादकत्वको विकास नगरीकन हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिँदैन । त्यसैले आर्थिक विकास र समृद्धिको चरणबाट हामी गुज्रनैपर्दछ । त्यही कारणले यहाँ अहिले हाम्रो केही फरक परेकै हो । तैपनि यी उपलब्धि नगुमून् भन्ने कुरामा हामीले साझा चासो राख्नै पर्दछ ।
हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौं, ती उपलब्धिहरु महान उपलब्धि थिए, त्यसलाई नै हामीले रक्षा गर्यौं, त्यसैको जगमा टेकेर अब अगाडि जाने हो । एउटा समृद्ध समाजवाद हुँदै अघिल्लो दिशातिर जाने हो भने नेपालमा अब एउटा उत्पादक शक्ति र श्रमको उत्पादकत्वको विकास नगरीकन हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिँदैन ।
अहिले देशभित्र जुन प्रकारको संकटको बादल मडारिइरहेको छ, पूराना उपलब्धिहरु गुम्ने त होइन भन्ने खतरा छ, त्यसलाई बचाउन हामीले ध्यान दिनै पर्दछ । त्यसमा भक्ति पाण्डेले बाबुराम र प्रचण्ड मिल्नुपर्दथ्यो, मिल्नुपर्दछ भनेर पटक पटक भन्नुभएको छ । हामी मिल्न नचाहेको होइनौं, हामी मिल्न अहिले पनि चाहन्छौं, मिल्ने सम्भावना भोलि पनि रहन्छ तर सम्भावना हुनको लागि विचार एक ठाउँमा हुनुपर्दछ । विचार, नीति र कार्यक्रम एक हुनुपर्दछ । अब नेपालमा पुरानो माओवादको जुन एउटा परिभाषा हो, जुन ढंगले हामीले हिजो बुझ्यौं, त्यसले अहिले पुग्दैन । हिजोको युगको लागि त्यो ठीक थियो । खासगरी माक्र्सवादको आधारभूत तत्व द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद त एउटा विज्ञान हो, विज्ञानले त्यसलाई पुष्टि गरेको छ । तर त्यसको प्रयोग विभिन्न देशहरुमा जुन ढंगले भयो, खासगरी स्टालिनको पालापछि जुन ढंगको यान्त्रिकीकरण भयो र जड र यान्त्रिकतामा त्यसलाई गिराइयो र पार्टी र सत्तालाई एउटा ठूलो नोकरशाही संयन्त्रमा परिणति गरियो, संसारभरीका कम्युनिष्टहरुले त्यसैलाई यान्त्रिक नक्कल गरे र नेपालमा पनि हामी त्यसको नक्कलबाट मुक्त हुन सकेनौं । त्यहीकारण त्यो विज्ञान अलिकति ‘डेभिएटेड’ भएकै हो । त्यसैले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका आधारभूत तत्वहरुमाथि टेकेर समयानुकूल हामीले विकास र परिमार्जन गर्नु पर्छ । माओवादलाई हामीले किन प्रयोग गरेका थियौं भने त्यसका दुईवटा पक्ष थिए । एउटा दार्शनिक पक्ष हो, त्यो फेरिँदैन, तर राजनीतिक पक्ष हो, त्यो समयानुकूल परिवर्तन हुन्छ । हामीले माओको पूर्वकाल पुरानो सत्ताका विरुद्ध किसानहरुलाई जागृत गराएर विद्रोह संगठित गराउने अभियान माओले जसरी चीनमा माओवादको प्रयोग गरेका थिए, त्यसलाई नेपालको सन्दर्भमा पनि हामीले प्रयोग गरेकै हो । तर हामीले सम्पूर्ण सत्ता जनताको हातमा पुर्याउन सकेनौं । सम्झौताको बाटो लिनुपर्यो । त्यो अवस्थामा हामीले अलिकति बाटो मोडेकै हो । त्यसैले चीनमा माओ जसरी अगाडि जानुभयो, त्यसरी हाम्रोमा सम्भव थिएन । अब हामीले एउटा नयाँ बाटो लिनै पर्दथ्यो । त्यसैले विकास र समृद्धिको एउटा नयाँ बाटोमा टेकेर मात्रै बाँकी अरु बाटो हामी अगाडि जान सकिन्छ । त्यसर्थ, माओवादको पनि हुबहु नक्कल यहाँ हुन सक्दैन । त्यसैले म हिजोका सम्पूर्ण माओवादी क्रान्तिकारी साथीहरुलाई र अन्य कम्युनिष्ट क्रान्तिकारी साथीहरुलाई पनि के आग्रह गर्न चाहन्छु भने माक्र्सवाद भनेको कुनै एउटा यान्त्रिक जडसुत्र होइन । समयानुकूल ठोस स्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्ने एउटा विज्ञान हो । नेपालको सन्दर्भमा हामीले त्यो आँट गर्नुपर्दछ । म लगायत केही साथीहरुले नेपालको सन्दर्भमा अलिकति फरक ढंगले जाने आँट गरेकै छौं । त्यसैले साथीहरुले पनि अब त्यही ढंगले सोचिदिनुभयो र आफूलाई पनि केही रुपान्तरित गरेर नयाँ ठाउँमा ल्याउन सक्नुभयो भने भोलि हामी एकठाउँमा हुन सक्छौं । व्यक्तिगतरुपमा हाम्रो (प्रचण्डसँग) केही पनि दुश्मनी छैन । तर अहिले हाम्रा बुझाई, नीति र कार्यक्रमहरुमा जुन अन्तर छन्, त्यसले हामी एकठाउँमा रहन सम्भव छैन । (चाचा भक्ति पाण्डेको संघर्षरत यात्रा पुस्तक सार्वजनिकरणमा ब्यक्त विचारको सम्पादित अंश)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending