Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आठ थान अत्याधुनिक हतियारसहित दुई पक्राउ

जुम्ला, १२ पुस । गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको हो । बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन खड्का, वकिल दिलबहादुर महत र जुम्लाका पत्रकार सञ्चारकर्मीको रोहवरमा सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा गज्र्याङ्कोट–८ का वेदनराज थापा र उनका सहोदर दाइ कमलराज थापा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए । एकसाता अघि वेदनराज थापालाई सुराकी आधारमा काठमाडौँबाट पक्राउ गरी जुम्ला ल्याइएको र आइतबार मात्र उम्कने क्रममा उनका सहोदर दाइ कमलराज थापालाई नेपालगन्जमै पक्राउ गरी त्यहीबाट अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । पक्राउ परेका दुवैबाट लिएको जानकारी अनुसार सामान्य मान्छेलाई थाहा नहुने गरी गज्र्याङ्कोट गाविस–८ स्थित खर्क, ओडार, खेतको कान्ला, कोप्चा र माटोमा लुकाइएको अवस्थामा हतियार बरामद भएको उनले बताए । उनका अनुसार थप दुई थान म्याग्जिनसहित बिएन ६४६५÷२९६७ नं भएका अर्ध–स्वचालित एसएलआर दुई थान, प्लास्टिकको डब्बामा राखिएको एसएलआर हतियारमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा प्रयोग हुने गोली दुई थान, तीन राउन्ड गोलीसहित इन्डियन आर्मी कोर्ड नं १००० सि प्लस एलएसटी १.६५ एमएन अटोमेटिक पेस्तोल एक थान, नम्बर स्पष्ट नदेखिने हेर्दा त्यही कम्पनी जस्तो लाग्ने स्वचालित पेस्तोल एक थान, नम्बर नभएको पाँच वटा गोली प्रयोग हुने रिभल्वर (सिक्सर) एक थान, त्यसैको गोली राउन्ड पाँच थान, नम्बर नभएको छ वटा गोली प्रयोग हुने रिभल्वर थान एक, कटुवा पेस्तोल थान दुई, केप र फ्यूजसहितको डेटोनेटर सात थान, र पेस्तोल सफा गर्ने गज (रड) एक थान बरामद गरिएको छ । बरामद गरिएका हातहतियार द्वन्द्वकालमा लुटिएका हुनसक्ने भन्दै यसमा संलग्न व्यक्ति विशुद्ध अपराधी मनोवृत्तिका रहेको जिप्रका जुम्लाले जनाएको छ । पक्राउ परेका थापा दाजुभाइ अनुसन्धानको क्रममा दोषी ठहरिए हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending