Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जेलमा चक्कु प्रहार, पाँच कैदी घाइते

\"\"काठमाडौं, ११ पुस । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डित अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ गम्भीर घाइते भएका छन् । पण्डितले बानियाँको गर्दनमा चक्कु प्रहार गरि घाइते बनाएका हुन् । चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए। यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् । चक्कु प्रहारबाट कारागारमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् । गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए । नेशनल मेकिडल कलेजका चिकित्सकले पनि घाइते बानियाँको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं लैजान रिफर गरेको घाइते बानियाँका दाजु ललन बानियाँले बताए । अन्य घाइते कैदीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी कारागारमै फर्काइएको कारागारको सुरक्षार्थ खटिएको नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मोहन थापाले जानकारी दिए । कारागार परिसरमै कैदी बन्दीले क्रिसमस मनाइरहेका बेला आइतबार साँझ पौने पाँच बजे पण्डित अचानक तरकारी काट्ने चक्कुले संगै रहेका बानियाँको गर्दनमा प्रहार गरेपछि कैदीबन्दी बीच भागाभाग भएको थियो । कैदीमाथि चक्कुले आक्रमण गर्ने पण्डितको बेलाबेलामा मानसिक सन्तुलन बिग्रने गरेको र उनले औषधि पनि सेवन गर्दै आएको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए । घटनापछि चक्कु प्रहार गर्ने पण्डितलाई कारागार भित्रकै छुट्टै कोठामा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । ६ सय कैदी बन्दी अटाउन सक्ने क्षमता रहेको वीरगञ्ज कारागारमा अहिले एक हजार दुई सय ३९ जना कैदीबन्दी रहेको कारागारका जेलर दण्डपानी गौतमले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending