Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

खालिङको ‘गोयाङको सुगन्ध’लाई पहिचान पुरस्कार

\"\"कवि तथा कलाकार अर्जुन खालिङको पछिल्लो कविता कृति ‘गोयाङको सुगन्ध’लाई पहिचान पुरस्कार प्रदान गरिने भएको छ । २ लाख २ हजार २ रुपैयाँ राशीको पुरस्कार उक्त कृतिलाई खालिङको मरणोपरान्त प्रदान गर्न लागिएको हो । कविता र चित्रकलामा सक्रिय अर्जुन खालिङको गत मंसिर २९ गते अल्पायुमै अनिधन भएको थियो । वि.सं. २०३३ सालमा सोलुखुम्बु, जुभिङमा जन्मिएका खालिङले आफ्नो विद्यार्थी जीवनदेखि नै चित्र र कविता कोर्न थालेका थिए । एसएलसीपश्चात उनले केही समय रत्नराज्य लक्ष्मि क्याम्पसमा म्याथ बिषय लिएर अध्ययन गरेका थिए । तर, उनी पछि ललितकला क्याम्पसमा चित्रकला अध्ययन गर्न पुगेका थिए । उनले केही समय सोही क्याम्पसमा ललितकला अध्यापन समेत गरेका थिए । वि.सं. २०५८ को स्नातक तहको परिक्षामा त्रिभूवन विश्वविद्यालयबाट मानविकी संकायको सर्वोत्कृष्ट नम्बर प्राप्त गरेका खालिङ ‘महेन्द्र विद्याभूषण पदक’बाट विभूषित थिए । त्यसपछि त्रिभूवन विश्वविद्यालयबाटै फाइन आर्टस्मा स्नातकोत्तर गरेका खालिङ आफ्नो कविता र चित्रमार्फत उत्पीडित जाति र वर्गको पक्षमा वकालत गर्दै आएका थिए । ‘सूर्य डडिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ कविता संग्रह प्रकाशन गरेका खालिङको केही कविता अप्रकाशित छन् । अमेरीकी कलाकार जेसीका केनद्वारा सञ्चालित ‘मार्फा आर्ट फाउन्डेशन’को दुई हप्ते परियोजना ‘आर्टिस्ट इन रेडिजेन्स प्रोग्राम’ अन्तर्गत केही वर्षअघि मार्फा पुगेर उनले लेखेका डेढ दर्जन तथा अन्य फुटकर कविता अप्रकाशित छन् । पछिल्लो समय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान अन्तर्गत ‘किराती वास्तुकला’सम्बन्धी उनी अनुसन्धानरत थिए । उनले भर्खरै मात्र किराती पूर्खाहरु खाक्चलप, ग्रोम्म्य र लास्म्यको स्केच बनाएका थिए । उक्त स्केचलाई किरात राई यायोक्खाले खोटाङमा अवस्थित तायाचुङ—जायाजुङ डाँडामा प्रतिमाको रुपमा राख्ने भएको छ । उनले विशेषगरी किराती मिथकमा आधारित पेन्टीङ बनाउँदै आएका थिए भने ‘फ्युजन अफ टाइम’ शिर्षकमा विगत र वर्तमानलाई समायोजन गरी अनेकौं पेन्टीङ सिर्जना गरेका थिए । सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय खालिङ किरात राई लेखक संघका अध्यक्ष, चिन्डो बुक्स, चिन्डो फेशन र चिन्डो आर्टका प्रमुख तथा किरात राई प्रज्ञा परिषदका प्राज्ञ रहेका थिए । कविता र चित्रकलामार्फत मात्रै नभई भौतिक रुपमै पहिचानका लागि लागिपरेको र ‘गोयाङको सुगन्ध’ले त्यही मुद्दाको उठान गरेको हुनाले खालिङको कृतिलाई उनको मरणोपरान्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पहिचान पुरस्कार कोषले जनाएको छ । सन् २०१५ मा घोषित उक्त पुरस्कार यसअघि आख्यानकार राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’लाई प्रदान गरिएको थियो । नेपाली साहित्य उत्थानमा पहिचानसम्बन्धि अध्ययन—अनुसन्धान र लेखनलाई सक्रिय बनाउँदै लेखनको माध्यमबाट बहुल समाजको नयाँ मूल्य मान्यतालाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको पुरस्कार कोषले जनाएको छ । हाल २ लाख २ हजार २ रुपैयाँ रहेको पुरस्कार राशीलाई हरेक पाँच वर्षमा बढाउँदै लगिने कोषका प्रतिनिधि नरेश काङमाङ राईले जानकारी गराए । यो पुरस्कार कृतिलाई प्रदान गरिने भए पनि लेखकको निरन्तरताले पनि महत्व राख्ने उनले बताए । ‘गोयाङको सुगन्ध’लाई चिन्डो बुक्सले प्रकाशन गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending