पौष १० गते, २०७३ आइतवार 25th December, 2016 Sun१३:३७:२२ मा प्रकाशित
सन् २०१५ मा क्यालिफोर्नियामा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भयो । श्रीमान–श्रीमती मिलेर गरेको यो आक्रमणका कारण पूरै अमेरिका आतंकित भयो ।
५ डिसेम्बरमा यही घटनाबारे बोल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने– यसले अमेरिकालाई डराउन सक्दैन, अमेरिका आतंकवाददेखि डराउँदैन । आफ्नो साप्ताहिक रेडियो सन्देशमा उनले थपे, ‘हामी अहिले पनि बलिया छौँ, हामीसँग डटेर रहने तागत छ । हामी कसैसँग डराउनुपर्दैन ।’
यो कूटनीतिक विषयको चर्चा थियो । राष्ट्रपतिले सशंकित देशलाई सान्त्वना दिन पनि यसो भन्नुपथ्र्यो । तर, यसको अर्थ के मान्नुहुँदैन भने बाराक ओबामा व्यक्तिगत जीवनमा पनि केहीसँग डराउँदैनन् । त्यसो त सन् २०१३ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा ओबामाले एक अधिकारीसँग गरेको कुरा पनि डरसँगै सम्बन्धित थियो ।
त्यहाँ अनौपचारिक रूपमा रमाइलोका लागि ओबामाले एक अधिकारीसँग भनेका थिए, ‘मैले त मिसेलको डरले धूमपान छाडिदिएँ ।’ यो त उनको स्वास्थ्यका लागि थियो । दैनिक जीवनमा ओबामा सबैभन्दा डराउनेचाहिँ ‘स्नो म्यान’सँग हो । पिपुल म्यागाजिनका लागि दिएको एक अन्तर्वार्तामा उनले भनेका छन, ‘स्नोम्यानलाई म हेर्नै सक्दिनँ, त्यो सानो हुन्छ, तर निकै खतरानक र डरलाग्दो हुन्छ ।’ त्यही अन्तर्वार्तामा उनले मिसेलसँग स्नो म्यानबारे कुरा भएको पनि बताएका छन् ।
एकपटक मिसेलले ओबामालाई भनिछिन, ‘बेडरुममा ल्याएर स्नोम्यान राखिदिन्छु ।’ ओबामाले त्यतिवेला तत्कालै आफू बाहिर जाने जवाफ दिएको अन्तर्वार्तामा सुनाएका छन् ।
तर, अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका स्टाफले कहाँ उनले भनेको माने र ? उनीहरूले ओबामालाई डराउनैका लागि ह्वाइट हाउसमा स्नोम्यान राख्ने फैसला गरे । ह्वाइट हाउसका फोटोग्राफर पिट सेजले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्नो म्यानसँग ओबामा डराएको फोटो राख्दै यसबारे टिप्पणी गरेका छन् ।
‘पछिल्लो ३ सातादेखि चार स्नोम्यान बगैँचामा दिनहुँ राखिएको छ । तर, हामीले रमाइलोमा सल्लाह गरेका थियौँ, यिनीहरूलाई यहाँ कसैले पनि देखेन,’ पिटले लेखेका छन् ।
उनले थपेका छन, ‘एक दिन त साँच्चिकै कसैले ओभल अफिसमा नै लगेर ती स्नोम्यान राखिदिएछन् । ओभल अफिसको झ्यालबाट देखिने ठाउँमा ती स्नोम्यान थिए । जुन राष्ट्रपतिले पनि देखे ।’ उनको इन्स्टाग्राम पोस्टमा अधिकांशले लेखेका छन, ती स्नोम्यान साँच्चिकै डरलाग्दा छन् ।
तर, राष्ट्रपति बाराक ओबामाले यसबारे प्रतिक्रिया दिए, ‘उनीहरूको यो रमाइलोचाहिँ अत्यन्त रमाइलो लाग्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: