Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दुर्घटनामा परी तीन जनाको मुत्यु

\"\"नवलपरासी, १० पुस । नवलपरासीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ । त्यसैगरी राकाचुली–९ स्थित चन्दातारा पहाडी सडकखण्डमा लु२त ५४०३ नंको ट्र्याक्टरमा सवार ५५ वर्षीय हुमबहादुर लामिछानेको सोही ट्र्याक्टरले थिचेर मृत्यु भएको छ । उनी ट्र्याक्टरबाट खसेको र ट्र्याक्टरको पछाडिको पाङ्ग्राले थिचेकाले उपचारका लागि लैजाँदै गर्दा बाटामै मृत्यु भएको इप्रका, दुम्किबासले जनाएको छ । गँैडाको आक्रमणबाट मृत्यु जङ्गली गैँडाको आक्रमणबाट आज नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । कावासोती– १५ शेरवानकी बुद्धिकुमारी महतोका घरमा खेल्दै गरेकी तीन वर्षीया उनकी नातिनी श्वेताको जङ्गली गैँडाको आक्रमणबाट मृत्यु भएको हो । घरको आँगनमा आगो तापिरहेको बेला जङ्गली गैँडा आई नातिनी र हजुरआमा दुवैलाई आक्रमण गरेको थियो । घाइते बुद्धिकुमारीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । यसैबीच चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चितवन खैरहनीका १८ वर्षीय प्रवीण रोइलाको शव आज फेला परेको छ । स्थानीयवासीको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव पानीभित्र फेला पारेको हो । शनिबार नै कविलास– १ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामाको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: