Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एमालेको त्यो विगत, जसले कम्युनिष्टकै बदनाम गरायो

सत्तासिनहरुले जहिल्यै पनि समाजलाई यथास्थितिमा राख्न सम्पूर्ण शक्ति लगाउँछन । नयाँ समाज बनाउनेहरुले गर्ने बिद्रोहलाई थेग्न नसकेपछि आफ्नो जीवन रक्षाको लागि नै बाध्यतामा परिवर्तनलाई स्वीकार गर्ने हो । अलिकति अनुकुलता हुने बितिकै भएको परिवर्तनलाई उल्टाउने प्रयत्न गर्छन्। माओवादी जनयुद्धको कारणले आएको गणतन्त्र, मधेस बिद्रोहको कारणले आएको संघीयतालाई अहिले केही पार्टी र तिनका नेताहरुले बाध्यताले स्वीकारेको हो, अब ताल परे उल्टाइन्छ भन्न थालेछन् । यिनीहरुलाई याद रहोस्, समाज पुरानै कुरा फर्काएर चलाउन खोज्दा संसारमा कहीँ सफलता मिलेको छैन । [caption id=\"attachment_108878\" align=\"alignleft\" width=\"250\"] शिव फुँयाल[/caption] ज्ञानेन्द्रले प्रतिगमन गर्दा उनको हालत के भयो देखेकै छौ । २०६२/६३ को आन्दोलनमा आउनु पनि तिम्रो बाध्यता नै थियो । तिमी ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चियो भनेर भागेकै थियो । केहीथान मन्त्री खान तिमिले देशलाई निकास दिन छोडेर प्रतिगमनकारी ज्ञानेन्द्रको रक्षक बनेकै हौ । तिमीले जहिले पनि जनताका अधिकार प्राप्त गर्ने आन्दोलनका बिरुद्धमा आफुलाई एक कदम अगाडि बढाउने तिम्रो बानी नै हो । अझ रमाइलो कुरा त तिम्रो राष्ट्रवादमा छ । हामीले महाकाली सन्धि राष्ट्रघाती छ भन्दा तिमिले हामीलाई ‘भारतसँग सन्धि गर्न गाजा खाएको हो र’ भन्दै जनतालाई धम्की दिएकै थियौ । टनकपुरबाट भारतलाई २०० मेगावाट र नेपाललाई ७ करोड युनिट बिजुली भनेर भनेका थियौ । महाकाली सन्धि पास भएपछि नेपाललाई बार्षिक एक खर्व २०अर्व (५३ सालको) आम्दानी हुन्छ भनिथ्यौ । २० वर्षमा एक पैसा आम्दानी भएन । तिमिले सिङ्गै महाकाली भारतलाई सुम्पियौ । तिम्रो पार्टी पुरै एनजीओ/आईएनजीओको पैसाले चल्छ । तिम्रा कार्यकर्ता धरैजसो डलर धन्दामा छन् र तिम्रा पार्टीका धेरै जसोका छोराछोरीहरु गरिवहरुलाई आएको छात्रवृत्तिमा बिदेशमा पढन जान्छन् र युरोप अमेरिकाको नागरिक हुन्, मरिहत्ते गर्छन् । त्यसमा तिमी गर्व गर्छौ ।
जननेता मदन भण्डारीको हत्या भएपछि तिमिले आन्दोलन गरेर हत्यारा पत्ता लगाउन पर्छ भनेका थियौ । २०५१ मा तिम्रै पार्टीको सरकार बन्यो, धेरैले सोचेका थिए, मदनभण्डारीको हत्यारा पत्ता लाग्छ । जब तिम्रो पार्टीको सरकार बन्यो, तिमीले हत्यालाई दुर्घटना देख्न थाल्यौ ।
सीमामा बसेर देशको रक्षा गर्ने मधेशीलाई तिमी भारतीय देख्छौ । अझ तिम्रो पार्टीको नाम माक्र्सवादी लेनिनवादी हो तर तिमीले माक्र्सवादको मुल मर्म ऐतिहासिक भौतिकवादलाई तिमिले कुरुप पारेर त्यसलाई गलत साबित गर्नमा नै लागेका छौ । २०५० साल देखिको तिम्रो गतिबिधिलाई हेर्दा तिमिले जे बिषय उठाउँछौ शुरुमा, पछि त्यही विषयलाई छोड्छौ । जननेता मदन भण्डारीको हत्या भएपछि तिमिले आन्दोलन गरेर हत्यारा पत्ता लगाउन पर्छ भनेका थियौ । २०५१ मा तिम्रै पार्टीको सरकार बन्यो, धेरैले सोचेका थिए, मदनभण्डारीको हत्यारा पत्ता लाग्छ । जब तिम्रो पार्टीको सरकार बन्यो, तिमीले हत्यालाई दुर्घटना देख्न थाल्यौ । २०५० सालदेखिका राजनीतिक विश्लेषण सबै फेल भएको छ । तिम्रो दिमागमा जसरी पनि सरकार जे गरे पनि सरकार मात्र । त्यही बेलामा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाई तिमिले प्रतिगामी यात्रा गरेका हौ । शंकरहोटलमा सासंद थुनछेक गरी सुुरासुन्दरी संस्कृति निर्माण गरेर सम्पुर्ण रुपमा कमयुनिष्ट मुल्यमान्यता ध्वस्त पार्यौ । माओवादी जनयुद्ध र त्यसले अगाडि सारेका सवालहरु जनताको एजेन्डा बन्यो जनताहरुको ठूलो पंक्ति माओवादी आन्दोलनमा जब लामबद्ध हुन थाल्यो, तिमीहरु जनताको बिरुद्धमा के मात्रै गरेनौ र ? माओवादीको माग सम्बोधन गर्दै देशलाई निकास दिन संबिधानसभा मार्फत देशको संकट हल गरौं भन्दा २०४७ सालको संबिधान संसारकै उत्कृष्ट छ भन्दै प्रतिगमनमा लागेकै हौ ।
सामन्ती राजालाई दाम चढाएर तिमिले माक्र्सवाद लेलिनवादलाई बिकृत पार्यौ र कम्युनिष्टलाई बदनाम गरायौ । २०५८ मा राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि तिमिले तिम्रो ध्यान सरकार बनाउनेमा नै गयो । र तिमीले लोकेन्द्रबहादुर  चन्दको सरकारमा गई प्रतिगामीको मतियार भएर बसेकै हो
२०५८ सालमा नकारात्मक ढंगले देशी विदेशी षड्यन्त्रमा लागेर राजा बीरेन्द्रको बंशनाश गरियो । बीरेन्द्रको बंशनाशपछि ज्ञानेन्द्र घोषणा भए । सामन्ति राजालाई दाम चढाएर तिमिले माक्र्सवाद लेलिनवादलाई बिकृत पार्यौ र कम्युनिष्टलाई बदनाम गरायौ । २०५८ मा राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि तिमिले तिम्रो ध्यान सरकार बनाउनेमा नै गयो र तिमी लोकेन्द्रबहादुर चन्दको सरकारमा गई प्रतिगामीको मतियार भएर बसेकै हो । तिम्रो इच्छा सधैं अग्रगमनको बिरुद्धमा लाग्दै यथास्थितिलाई जोगाउन र समाजलाई अगाडि बढाउने आन्दोलनमा दमन गर्नमा नै छ । तर के गर्ने ? तिम्रो इच्छा बिपरीत आन्दोलन अगाडि बढ्दै गयो र तिमीलाई नालायक साबित गर्दै सरकारबाट गलहत्याएर तिम्रा मालिकले निकालेपछि तिमी बाध्य भएरै २०६२/६३ कोआन्दोलनमा पछिपछि लागेकै हो । माओवादी आन्दोलनका कारणले तिमी जेल जान बचेका थियाै । गणतन्त्रको माग गर्दा बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेर भन्ने तिमी नै त थियौ । तिमिले भनेको केही मिल्दैन तर तिमि अरुले गरेको काम आफैले गरेको भनेर लाजन मानी भन्छौ । माओवादीकै कारण तिम्रो पार्टीका नेताहरु पालैपालो प्रधानमन्त्री भए तर सधैं तिमीले धोका दियौ । तिम्रो काम जसरी पनि जनताको अधिकारको बिरुद्धमा लाग्नु नै भयो । तिमीले संघीयता बाध्यतामा स्वीकार गरेको हो भन्यौ । संघीयता, गणतन्त्र धर्म निरपेक्ष र समाबेसी यी सबै तिमीले बाध्यतामा नै मानेका हौ, जुन हिजोआज ब्यक्त गरिरहेका छौ । तिम्रो चाहना त सरकारमा गएर जनतामा लुट थोपर्न र चरीहरु हुर्काउने इच्छा न छ तिम्रो । तर के गर्ने तिम्रो इच्छाले केही हँुदैन । जनताको इच्छा र चाहनाले भएको परिवर्तनलाई तिम्रो इच्छाले उल्टाउने कुनै सम्भावना छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending