Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एमालेको त्यो विगत, जसले कम्युनिष्टकै बदनाम गरायो

सत्तासिनहरुले जहिल्यै पनि समाजलाई यथास्थितिमा राख्न सम्पूर्ण शक्ति लगाउँछन । नयाँ समाज बनाउनेहरुले गर्ने बिद्रोहलाई थेग्न नसकेपछि आफ्नो जीवन रक्षाको लागि नै बाध्यतामा परिवर्तनलाई स्वीकार गर्ने हो । अलिकति अनुकुलता हुने बितिकै भएको परिवर्तनलाई उल्टाउने प्रयत्न गर्छन्। माओवादी जनयुद्धको कारणले आएको गणतन्त्र, मधेस बिद्रोहको कारणले आएको संघीयतालाई अहिले केही पार्टी र तिनका नेताहरुले बाध्यताले स्वीकारेको हो, अब ताल परे उल्टाइन्छ भन्न थालेछन् । यिनीहरुलाई याद रहोस्, समाज पुरानै कुरा फर्काएर चलाउन खोज्दा संसारमा कहीँ सफलता मिलेको छैन । [caption id=\"attachment_108878\" align=\"alignleft\" width=\"250\"] शिव फुँयाल[/caption] ज्ञानेन्द्रले प्रतिगमन गर्दा उनको हालत के भयो देखेकै छौ । २०६२/६३ को आन्दोलनमा आउनु पनि तिम्रो बाध्यता नै थियो । तिमी ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चियो भनेर भागेकै थियो । केहीथान मन्त्री खान तिमिले देशलाई निकास दिन छोडेर प्रतिगमनकारी ज्ञानेन्द्रको रक्षक बनेकै हौ । तिमीले जहिले पनि जनताका अधिकार प्राप्त गर्ने आन्दोलनका बिरुद्धमा आफुलाई एक कदम अगाडि बढाउने तिम्रो बानी नै हो । अझ रमाइलो कुरा त तिम्रो राष्ट्रवादमा छ । हामीले महाकाली सन्धि राष्ट्रघाती छ भन्दा तिमिले हामीलाई ‘भारतसँग सन्धि गर्न गाजा खाएको हो र’ भन्दै जनतालाई धम्की दिएकै थियौ । टनकपुरबाट भारतलाई २०० मेगावाट र नेपाललाई ७ करोड युनिट बिजुली भनेर भनेका थियौ । महाकाली सन्धि पास भएपछि नेपाललाई बार्षिक एक खर्व २०अर्व (५३ सालको) आम्दानी हुन्छ भनिथ्यौ । २० वर्षमा एक पैसा आम्दानी भएन । तिमिले सिङ्गै महाकाली भारतलाई सुम्पियौ । तिम्रो पार्टी पुरै एनजीओ/आईएनजीओको पैसाले चल्छ । तिम्रा कार्यकर्ता धरैजसो डलर धन्दामा छन् र तिम्रा पार्टीका धेरै जसोका छोराछोरीहरु गरिवहरुलाई आएको छात्रवृत्तिमा बिदेशमा पढन जान्छन् र युरोप अमेरिकाको नागरिक हुन्, मरिहत्ते गर्छन् । त्यसमा तिमी गर्व गर्छौ ।
जननेता मदन भण्डारीको हत्या भएपछि तिमिले आन्दोलन गरेर हत्यारा पत्ता लगाउन पर्छ भनेका थियौ । २०५१ मा तिम्रै पार्टीको सरकार बन्यो, धेरैले सोचेका थिए, मदनभण्डारीको हत्यारा पत्ता लाग्छ । जब तिम्रो पार्टीको सरकार बन्यो, तिमीले हत्यालाई दुर्घटना देख्न थाल्यौ ।
सीमामा बसेर देशको रक्षा गर्ने मधेशीलाई तिमी भारतीय देख्छौ । अझ तिम्रो पार्टीको नाम माक्र्सवादी लेनिनवादी हो तर तिमीले माक्र्सवादको मुल मर्म ऐतिहासिक भौतिकवादलाई तिमिले कुरुप पारेर त्यसलाई गलत साबित गर्नमा नै लागेका छौ । २०५० साल देखिको तिम्रो गतिबिधिलाई हेर्दा तिमिले जे बिषय उठाउँछौ शुरुमा, पछि त्यही विषयलाई छोड्छौ । जननेता मदन भण्डारीको हत्या भएपछि तिमिले आन्दोलन गरेर हत्यारा पत्ता लगाउन पर्छ भनेका थियौ । २०५१ मा तिम्रै पार्टीको सरकार बन्यो, धेरैले सोचेका थिए, मदनभण्डारीको हत्यारा पत्ता लाग्छ । जब तिम्रो पार्टीको सरकार बन्यो, तिमीले हत्यालाई दुर्घटना देख्न थाल्यौ । २०५० सालदेखिका राजनीतिक विश्लेषण सबै फेल भएको छ । तिम्रो दिमागमा जसरी पनि सरकार जे गरे पनि सरकार मात्र । त्यही बेलामा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाई तिमिले प्रतिगामी यात्रा गरेका हौ । शंकरहोटलमा सासंद थुनछेक गरी सुुरासुन्दरी संस्कृति निर्माण गरेर सम्पुर्ण रुपमा कमयुनिष्ट मुल्यमान्यता ध्वस्त पार्यौ । माओवादी जनयुद्ध र त्यसले अगाडि सारेका सवालहरु जनताको एजेन्डा बन्यो जनताहरुको ठूलो पंक्ति माओवादी आन्दोलनमा जब लामबद्ध हुन थाल्यो, तिमीहरु जनताको बिरुद्धमा के मात्रै गरेनौ र ? माओवादीको माग सम्बोधन गर्दै देशलाई निकास दिन संबिधानसभा मार्फत देशको संकट हल गरौं भन्दा २०४७ सालको संबिधान संसारकै उत्कृष्ट छ भन्दै प्रतिगमनमा लागेकै हौ ।
सामन्ती राजालाई दाम चढाएर तिमिले माक्र्सवाद लेलिनवादलाई बिकृत पार्यौ र कम्युनिष्टलाई बदनाम गरायौ । २०५८ मा राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि तिमिले तिम्रो ध्यान सरकार बनाउनेमा नै गयो । र तिमीले लोकेन्द्रबहादुर  चन्दको सरकारमा गई प्रतिगामीको मतियार भएर बसेकै हो
२०५८ सालमा नकारात्मक ढंगले देशी विदेशी षड्यन्त्रमा लागेर राजा बीरेन्द्रको बंशनाश गरियो । बीरेन्द्रको बंशनाशपछि ज्ञानेन्द्र घोषणा भए । सामन्ति राजालाई दाम चढाएर तिमिले माक्र्सवाद लेलिनवादलाई बिकृत पार्यौ र कम्युनिष्टलाई बदनाम गरायौ । २०५८ मा राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि तिमिले तिम्रो ध्यान सरकार बनाउनेमा नै गयो र तिमी लोकेन्द्रबहादुर चन्दको सरकारमा गई प्रतिगामीको मतियार भएर बसेकै हो । तिम्रो इच्छा सधैं अग्रगमनको बिरुद्धमा लाग्दै यथास्थितिलाई जोगाउन र समाजलाई अगाडि बढाउने आन्दोलनमा दमन गर्नमा नै छ । तर के गर्ने ? तिम्रो इच्छा बिपरीत आन्दोलन अगाडि बढ्दै गयो र तिमीलाई नालायक साबित गर्दै सरकारबाट गलहत्याएर तिम्रा मालिकले निकालेपछि तिमी बाध्य भएरै २०६२/६३ कोआन्दोलनमा पछिपछि लागेकै हो । माओवादी आन्दोलनका कारणले तिमी जेल जान बचेका थियाै । गणतन्त्रको माग गर्दा बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेर भन्ने तिमी नै त थियौ । तिमिले भनेको केही मिल्दैन तर तिमि अरुले गरेको काम आफैले गरेको भनेर लाजन मानी भन्छौ । माओवादीकै कारण तिम्रो पार्टीका नेताहरु पालैपालो प्रधानमन्त्री भए तर सधैं तिमीले धोका दियौ । तिम्रो काम जसरी पनि जनताको अधिकारको बिरुद्धमा लाग्नु नै भयो । तिमीले संघीयता बाध्यतामा स्वीकार गरेको हो भन्यौ । संघीयता, गणतन्त्र धर्म निरपेक्ष र समाबेसी यी सबै तिमीले बाध्यतामा नै मानेका हौ, जुन हिजोआज ब्यक्त गरिरहेका छौ । तिम्रो चाहना त सरकारमा गएर जनतामा लुट थोपर्न र चरीहरु हुर्काउने इच्छा न छ तिम्रो । तर के गर्ने तिम्रो इच्छाले केही हँुदैन । जनताको इच्छा र चाहनाले भएको परिवर्तनलाई तिम्रो इच्छाले उल्टाउने कुनै सम्भावना छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending