Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विद्युत् अभावका कारण टेलिसेन्टर बन्द

जुम्ला, ७ पुस । जिल्ला हुलाक कार्यालय, जुम्लाद्वारा स्थापना गरिएका यहाँका तीनैवटा टेलिसेन्टर बन्द भएका छन् । विसं २०६५ सालमा स्थापना गरिएका टेलिसेन्टर बन्द हुँदा हुलाकको सेवा प्रवाहमा पनि समस्या आएको छ । टेलिसेन्टर बन्द हुनुमा विद्युत् अभाव प्रमुख कारण रहेको कार्यालय प्रमुख निर्मला मल्लले जानकारी दिइन् । बजारमा विद्युत्को विद्युत्भार कटौती र कार्यालयमा वैकल्पिक उपाय नभएका कारण टेलिसेन्टर बन्द भएको उनले बताइन् । “कार्यालयका साथै अति दुर्गम मानिने गाविस मालिकाठाँटा र डिल्लीचौर गाविसमा टेलिसेन्टर स्थापना गरिएको छ, तर विद्युत् र जनशक्ति अभावका कारण यसबाट सेवाग्राहीलाई उचित सेवा दिन सकिएको छैन,” कार्यालय प्रमुख मल्लले भनिन् । गाउँगाउँसम्म टेलिफोन, फ्याक्स, इ–मेल, फोटोकपी गर्ने उद्देश्यले स्थापना गरिएको टेलिसेन्टर सञ्चालनका निम्ति विभागमा सोलार माग गरेपनि त्यसको कुनै सुनुवाइ नभएको उनले दुःखेसो पोखिन् । कम्प्युटरसम्बन्धी ज्ञान भएका एकजना कर्मचारी भएपनि हार्डवेयरका साथै सफ्टवेयर सञ्चालन गर्नसक्ने सक्षम जनशक्ति अभाव नै रहेको कार्यालयले जनाएको छ । टेलिसेन्टरबाट सेवाग्राहीलाई सस्तो शुल्कमा आधारभूत तालिम गरेर हुलाकको आन्तरिक आम्दानी गर्ने लक्ष्य भएपनि सो पूरा हुन नसकेको बताइएको छ । हल्कारा सिंहबहादुर रावलले सरकारले हुलाकमा कार्यरत कर्मचारीलाई राष्ट्रसेवक कर्मचारीको दाँजोमा नलिएर हेला गर्दै आएको बताए । हल्कारा रावलले आफू दुई दशकभन्दा बढी काम गर्दै आएपनि यो कार्यालयमा आउने कर्मचारी आउँदा ढिलो गर्ने तर छिटो जाने गरेको टिप्पणी गरे । कमजोर र भनसुन गर्न नसक्ने मात्र यो कार्यालयमा थेग्रिँदै आएको उनको भनाइ थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: