Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

मन्त्री महरा र नायकसँग मानवअधिकार तथा शान्ति समाजको भेट

[caption id=\"attachment_108354\" align=\"alignnone\" width=\"5184\"] कानुनमन्त्री अजय शंकर नायकसँगको भेटका क्रममा मानवअधिकार तथा शान्ति समाजका टोली । तस्बिर : कानुनमन्त्रीको सचिवालय[/caption] काठमाडौँ, ५ पुस । मानवअधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । अर्थ मन्त्रालयमा शान्ति समाजसँग मंगलबार भएको भेटमा उपप्रधानमन्त्री महराले मानवअधिकारको संरक्षण र लोककल्याणकारी राज्यको स्थापनामा सरकार प्रतिबद्ध रहेको र समाजले उठाएका मागलाई पूरा गराउन लागिपरेको बताए । सरकार राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिको दिशामा केन्द्रित रहेको भन्दै उनले सो कार्यका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले लोककल्याणकारी कार्य एवम् सामाजिक सुरक्षाका लागि राज्यको विशेष नीति, योजना र कार्यक्रम हुनुपर्ने, राज्यकोषको दुरुपयोग हुन नहुने, समाजलाई उद्यममुखी बनाउनुपर्ने, विकास निर्माणका योजनामा विशेष ध्यान दिनुपर्ने र लगानीमैत्री विशेष आर्थिक नीति जरुरी रहेकोमा जोड दिएको थियो । यसैगरी, कानुन मन्त्री नायकसँग भएको छलफलमा शान्ति समाजले राजनीतिक समस्याको शान्तिपूर्ण समाधान गर्नुपर्ने र निकास दिने थलोका रुपमा सदनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएको थियो । जनताद्वारा निर्वाचित सार्वभौम संसद्लाई कोही कसैले पनि बन्धक बनाउन नहुने, मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा संलग्न भएकालाई आममाफी दिन नहुनेमा समाजले ध्यानाकर्षण गराएको थियो । भेटका क्रममा मन्त्री नायकले स्थायी शान्तिबिना विकास सम्भव नभएकाले शान्ति कायम गर्न समाजले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending