Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

स्वास्थ्यमन्त्री थापाद्धारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

\"\"चितवन, ५ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन । मन्त्रालयका चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार आर्थिक अनियमितता गरेको, प्रशासन चुस्त दुरुस्त नभएको, विकिरणयुक्त फोहर व्यवस्थापन नगरिएको, कार्यालय समयभित्र चिकित्सक र कर्मचारीले बाहिर काम गरेको जस्ता कुरा स्पष्टीकरणमा सोधिएको छ । अस्पतालको रु ३० करोडभन्दा बढी बेरुजुसमेत देखाइएको बुझिएको छ । यसअघि मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन टोलीले सो अस्पतालमा अनुगमन गरी मन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो । अस्पतालका समूहगत रुपमा बाँडिएका कर्मचारीसँग सो टोलीले छुट्टाछुट्टै र सामुहिक छलफल गरी अस्पतालको यथार्थ अवस्थाबारे जानकारी लिएको थियो । अस्पताल सञ्चालक समितिको बैठक गत चैत २४ गतेयता बसेको छैन । अस्पतालको ऐनमा अध्यक्ष र छ जना सदस्य नेपाल सरकारले नियुक्ति गर्ने प्रावधान छ । यसअघि नियुक्त भएका अध्यक्ष मन्त्रिपरिषद् र छ जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट भएकामा सर्वोच्च अदालतले नेपाल सरकार भनेको मन्त्रिपरिषद् भन्ने व्याख्या गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति खारेज गर्न निर्देशन दिएपछि सञ्चालक सदस्य रिक्त भइ बैठक बस्न नसक्दा अस्पताल व्यवस्थापन कठिन भएको अध्यक्ष न्यौपानेले स्वीकारेका छन्। स्पष्टीकरणको जवाफ भोलिसम्ममा बुझाउने उनले बताए । कार्यकारी निर्देशक पुन पनि जवाफ बुझाउन काठमाडौँ गएका छन् । सञ्चालक समितिको बैठक नबस्दा अस्पतालको बजेट अनुमोदन नभएपनि आर्थिक नियमावली मिचेर पाँच महिनामा रु १४ करोड खर्च भइसकेको लेखा शाखाले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending