Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

स्थानीय निकाय निर्वाचनको बाधक एमाले: राणा

\"\"भक्तपुर, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले स्थानिय निकाय निर्वाचन लामो समय सम्म हुन नसकेको र तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताए । सिंमाकनका बारे एमाले माओबादी र काँग्रेसले बिगतमा गरेको सहमतीलाई भुल्दै एमालेले सदन र सडक अवरोध जसरी गरिरहेको छ, एमालेको उल्टो भूमिकाकै कारण सिंमाकनको बिषयले देशमा थप संकट भित्रिएको छ , उनले भने । राणाले निर्वाचन तोकिएको समयमा नभए देशले संबैधानिक संकट बेहोर्नु पर्ने दावी गरे । सरकारले एमाले वा मधेसवादी जसको माग सम्बोधन गरे पनि समस्या समाधान हुने नदेखिएकाले देश थप संकट तर्फ गइरहेको बताउँदै राणाले वर्तमान समस्याको गाँठो फुकाउन अलेक्जेन्डरको तरवार आवश्यक भएको टिप्पणी गरे । उनले सिंमाकनको बिषयमा आफ्नो पार्टीको धारणा पहिलनै आईसकेको र संशोधनका बारे पार्टीलाई समेत जानकारी नदिएको भन्दै ५ नं। प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको सहानुभूती नभएको स्पष्ट पारे । कार्यक्रममा बोल्दै राणाले भने संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत छैनौं तर राप्रपाले पहिला नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेको बताउदैँ राणाले मधेसका जनताको जायेज माग राज्यले पुरा गर्नु पर्ने बताए । संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्न सक्ने वातावरण नभएकाले पार्टीले महाधिवेशन पछि आन्दोलनको गर्ने भन्दै राणाले त्यसको लागि जनमत संग्रह गर्नु पर्ने बताएका छन् । राणाले पार्टीको एकतापछि करीव ६० जिल्लामा एकिकरण भइसकेको र बाकीँ जिल्लामा छिट्टै एकिकरण हुने बताए । सरकारले आफ्ना नागरिकको घाउमा मलम समेत लाउन नसकेको भन्दै पूननिमार्णका सवालमा विदेशी दिएको साढे चार अरब रुपैया समेत खर्च गर्न नसक्नु र जनतालाई दुइ चिसोमा राख्नु सरकारको कमजोरी भएको राणाको आरोप थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending