Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

कम्प्युटराइज्ड प्रणालीबाट यसरी वितरण गरिनेछ मेलम्चीको पानी

काठमाडौं,  ५ पुस । उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ ।

हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल बताउँछन्। “निर्देशनालयले केयुकेएलसँग १३ जना प्राविधिक कर्मचारीलाई अहिलेदेखि कामसहित तालिम दिएर दक्ष बनाउन माग गर्दा करारमा लिएर तीन जना मात्र पठाउन सक्यो, ३० लाख जनसङ्ख्यालाई पानी व्यवस्थापन गर्ने संस्थासँग प्राविधिक कर्मचारी नहुनुले मेलम्चीको पानी आएपछि व्यवस्थापनमा समस्या हुनसक्ने देखाउँछ”– उनले भने । उपत्यकामा पानी व्यवस्थापनका लागि ५०० युवा प्राविधिक कर्मचारी चाहिने निर्देशनालयको भनाइ छ । पानी व्यवस्थापनको यो समस्या समाधानका लागि निर्देशनालयले केही वर्षमा ‘स्काडा’ प्रणालीमा जाने तयारी गरेको छ । यसका लागि १५ दिनपछि नै ठेक्का आह्वान गर्न लागिएको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । “यो प्रणाली जडानका लागि एसियाली विकास बैंकले ५० करोड ऋण सहयोग गरेको छ, एक वर्षमा उपत्यकाको खानेपानीमा यो स्वचालित प्रणाली जडान गरिसक्ने निर्देशनालयको लक्ष्य छ”– उनले भने । के हो ‘स्काडा’ प्रणाली ? ‘स्काडा’ खानेपानीमा एउटै कक्षबाट नियन्त्रण गरिने प्रणाली हो । नियन्त्रण कक्षकै कम्प्युटरबाट कहाँ कति पानी बगिरहेको छ भन्ने यो प्रणालीबाट थाहा पाउन सकिन्छ । यो प्रणाली जडान गरेपछि ‘मिटर रिडिङ’ बाहेकका काम स्वचालित रुपमा गर्न सकिन्छ । ‘अटोमेसन’ समेत भनिने यो प्रणाली हाल नेपालको रुपन्देही र नवलपरासी जिल्लामा जडान गरिएको छ । रुपन्देहीको करैया मक्राहार खानेपानी आयोजनामा १५ हजार जनसङ्ख्या र नवलपरासीको मुकुन्दपुर खानेपानी आयोजनामा ३० हजार जनसङ्ख्यालाई वितरण गरिएको पानीमा यो प्रणालीको व्यवस्था गरिएको आयोजना निर्देशक खत्रीले जानकारी दिए । स्वचालित प्रणालीबाटै ग्राहकको धारामा कति पानी खपत भयो भन्ने थाहा पाउन सकिने प्रविधिको विकास भइसकेको छ । तर यो प्रणाली भने नेपालमा १० वर्षपछि मात्र लागू गरिने निर्देशनालयले जनाएको छ । चीनको साङ्घाई, जापानको योकाहामा र दक्षिण कोरियाको सियोल सहरमा जडान भएको स्वचालित ‘स्काडा’ प्रणालीमा पनि मिटर रिडिङ मानिसले गर्ने गरेको अवलोकन भ्रमणका क्रममा देखिएको निर्देशनालयका प्रवक्ता ढकालले बताए । “स्वचालित मिटर प्रणाली महँगो छ, अहिले ग्राहक कहाँ हालिएको मिटरको दुई हजार पर्छ, स्वचालित मिटरको  १० हजार पर्छ, प्रविधिमा पनि बढी खर्च लाग्छ, त्यसैले १० वर्षसम्म पानी वितरण गरेर जम्मा भएको पैसाले स्वचालित मिटर जडान गर्ने तयारीमा छौँ, अहिलेको बेरोजगारी समस्याका कारण पनि तत्काल स्वचालित मिटर प्रणालीमा नगइएको हो”– उनले भने । स्वचालित प्रणालीबाट कहाँ ट्याङ्की छ ? पाइप, भल्भ कहाँ कहाँ छन् र कहाँको वितरण प्रणालीमा के भइरहेको छ भन्ने कम्प्युटरमा क्लिक गरेर थाहा पाउन सकिन्छ । यसैले यो प्रणालीमा ३० लाख जनसङ्ख्यालाई पानी व्यवस्थापन एवम् वितरणको काम गर्न १७० कर्मचारी भए पुग्छ । एक वर्षभित्र अनामनगर, मीनभवन र महाँकालचौरका तीन पानीपोखरी एवम् नयाँ निर्माण भइरहेका नौ पानीपोखरी महाँकालचौर ८० लाख लिटर, बाँसबारी ९५ लाख लिटर, पानीपोखरी ७५ लाख लिटर, बालाजु ७० लाख लिटर, खुमलटार ९५ लाख लिटर, आरुबारी ८५ लाख लिटर, कीर्तिपुर ६० लाख लिटर, कटुञ्जेमा ६० लाख लिटर र भक्तपुरको टिग्नीमा ३० लाख लिटरको पानीपोखरीमा स्वचालित ‘स्काडा’ प्रणाली जडान भइसक्नेछ । स्वचालित ‘स्काडा’ प्रणाली अनुसार उपत्यकालाई ३१ क्षेत्र र ८३७ एकाइमा विभाजन गरी एउटै कोठाबाट पानी वितरणको अवस्था निरीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने निर्देशनालयको लक्ष्य छ । यसअनुसार क्षेत्र र एकाइको मिटर रिडिङ प्रणालीले नै गर्नेछ । मेलम्चीको पानी आएपछि पानी वितरण सजिलो बनाउन हाल निर्देशनालयले केयुकेएलको ग्राहक भएका घरधनीको मिटर जडानसम्मको काम निःशुल्क गरिरहेको छ । मिटरभन्दाभित्रको काम मात्र ग्राहकले गर्नुपर्छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ साल फागुन १ गतेदेखि ३० वर्षका लागि उपत्यकाको खानेपानीको व्यवस्थापन नेपाल खानेपानी संस्थानबाट लिमिटेडलाई लिजमा दिएको छ । लिमिटेडमा सुरुदेखि नै विभिन्न किसिमका विवाद आएकाले राम्रोसँग काम गर्न नसकेको उपभोक्ताको गुनासो छ । बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लिमिटेडको काम सन्तोषजनक नरहेको स्वीकार्छन् । “लिमिटेडको छिटो साधारणसभा गरी प्रबन्धपत्र र विनियमावली संशोधन गरेर प्राविधिकलगायत आवश्यक जनशक्ति थप गर्न निर्देशन दिएका छौँ”– उनले भने । बोर्डले प्रत्येक हप्ताको सोमबार र शुक्रबार लिमिटेडको कार्यसञ्चालन एवम् वितरण प्रणालीको अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा सन्तुष्ट नभएकाले पटक पटक काम सुधार गर्न निर्देशन दिइएको बोर्डका अनुगमन समिति संयोजक शम्भु कडरियाले बताए । लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराई हाल प्राविधिक कर्मचारी कम भएर पानी वितरण गर्न नसक्ने विश्लेषण गरिएको बताउँछन् । “लिमिटेडमा एक हजार २०५ कर्मचारीको दरबन्दी छ, यसमध्ये प्राविधिक कर्मचारीको सङ्ख्या थोरै छ, हाल ५२ जना मात्र इन्जिनियर कार्यरत हुनुहुन्छ, २२ जना प्राविधि थप गर्न विज्ञापन भएको छ, दरबन्दी सङ्ख्या पनि थप गर्न सञ्चालक समितिमा प्रस्ताव लैजाने तयारीमा छौँ”– उनले भने । पदपूर्तिपछि लिमिटेडले मेलम्ची र निर्देशनालयले बनाएको संरचनामा पानी वितरण र व्यवस्थापनको काम गर्न सक्ने उनले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending