Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संसद बैठक आज पनि स्थगित, अन्योलमा संशोधन विधेयक

\"\"काठमाडौं, ४ पुस । व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । संसद बैठक अघि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी थिइन् । बैठकमा सत्तारुढ दलले संशोधन फिर्ता नलिने अडान लिएपछि तीन दल बैठक निश्कर्षविहिन भएको थियो । संसदको सोमबारको बैठकमा संशोधन विधेयक कार्यसूचिमा राख्ने तय गरिएपछि एमालेले वैठक अवरुद्ध गरेको हो । वैठकको शुरुमा विपक्षी दलका तर्फबाट नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले धारणा राख्दै संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताएका थिए । राजबंशीले धारणा राखेपछि विपक्षी दलहरु पहिलेजस्तै उभिएर अवरोध जनाए । सभामुख ओनसरी घर्ती सांसदहरुलाई आसनग्रहण गर्न आग्रह गरे पनि नमानेपछि पुस ७ गते दिउँसो १ बजेसम्म बैठक स्थगित गरिएको छ । सरकारले मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएपछि मंसिर १६ गतेयता एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले संशोधन विधेयक राष्ट्रघाती भन्दै फिर्ता लिनुपर्ने अडान राखेर सदन र सडक आन्दोलन जारी राखेको छ । संविधान संशोधन विधेयकको विरोधमा एमालेले सदन अवरोध जारी राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलसमेत रोकिएको छ । सदनमा गतिरोध कायमै रहँदा निर्वाचन सम्बन्धि ऐन कानूनहरु पनि अघि बढ्न सकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending