Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

जनजाति महासंघको निर्वाचन आज : कसले जित्ला चुनाव

\"\"चितवन, ४ पुस । आदिवासी जनजाति महासंघको नवौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । नारायणी कला मन्दिर, भरतपुरमा जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजै निर्वाचन हुँदैछ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले ‘पहिचान पक्षधर र पहिचान विरोधी’बीच गठबन्धन बन्न लागेको बताएका छन् । निर्वाचनमा महासंघमा आबद्ध ५६ वटा जातीय संस्थाका एक एक जना प्रतिनिधि गरी ५६ जनाले मतदान गर्नेछन् । पहिचान पक्षधर गठबन्धनमा माओवादी र संघीय समाजवादी समर्थक प्रतिनिधिहरु छन् । त्यसैगरी उक्त गठबन्धनमा मधेसी मोर्चा, नयाँ शक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना समूहहरु पनि रहेका छन् । पहिचान पक्षधरहरुले पहिचान विरोधी भनि आरोप लगाएका गठबन्धनको नेतृत्व एमाले समर्थितले गरेका छन् । कांग्रेसले भने अहिलेसम्म स्पष्ट निर्णय लिन सकेको छैन । महासंघका वर्तमान अध्यक्ष नगेन्द्र कुमाललगायत अगुवाहरु पहिचान पक्षधर गठबन्धनसँग मिल्नुपर्नेमा छन् भने कांग्रेस कार्यकर्ता तथा तमु ह्यूल छों ज धीँ गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ एमालेसँग मिल्नुपर्नेमा छन् । कतिपय कांग्रेसकै कार्यकर्ताहले रेशम गुरुङ पहिचान विरोधी गठनबन्धनमा लागेर आफ्नो विगतको पहिचान विरोधी कित्तालाई अझै स्पष्ट पारेको आरोप लगाएका छन् । गुरुङ विगतदेखि नै विवादित व्यक्तित्व हुन् । आर्थिक रुपमा अपारदर्शी मानिएका उनीमाथि अख्तियार दुदरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ । कांग्रेस समर्थित अधिकांश प्रतिनिधिहरु भने पहिचान पक्षधर गठबन्धनमा छन् । उनीहरु पहिचान पक्षधर गठबन्धनमा सामेल भएर अध्यक्षको दावि गर्ने रणनीतिमा लागेका छन् । तर उनीहरुका लागि रेशम गुरुङ बाधक बनिरहेका एक कांग्रेस समर्थित जनजाति नेताले बताए । पहिचान विरोधीको आरोप लगाइएका रेशम गुरुङ एमालेसँग मिलेमा कांग्रेसमा स्पष्ट विभाजन आउने देखिएको छ । सबै प्रमुख पार्टीका नेताहरुले आफूसँग धेरै भोट रहेको दावि गरिरहेका छन् । तर, उनीहरुले दावि गरे जस्तो कसैको भोट छैन । एमाले १७, कांग्रेसले १३, माओवादीले १६, संघीय समाजवादीले १५, मधेसी मोर्चाले ५, नयाँ शक्तिले ३, राप्रपाले ४, माओवादी क्रान्तिकारीले १ भोट रहेको दावि गरेका छन् । स्रोतकाअनुसार एमालेसँग ११, कांग्रेससँग ११, माओवादीसँग १३, संघीयसँग १०, राप्रपासँग ३, नयाँ शक्तिसँग १, मधेसी गठबन्धनसँग ३ भोट रहेको छ । ५६ मध्ये बाँकी ४ भोट भने खुल्न बाँकी छ । महासंघको निर्वाचनमा विजय हुन २९ भोट लिनुपर्ने हुन्छ । स्रोतकाअनुसार कांग्रेस र एमाले मिलेमा पनि माओवादी, संघीय, मधेसी मोर्चा, नयाँ शक्ति, राप्रपा मिल्दा उक्त गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना देखिएको छ । सबै पार्टीबाट अध्यक्षको उम्मेदवारीको दावि देखिए पनि गठबन्धनले मूर्त रुप नलिईसकेकोले कसैको पनि उम्मेदवारी टुंगिएको छैन । पहिचान पक्षधर भनिएको गठबन्धनबाट माओवादीका ङवाङ सोनाम शेर्पा र संघीयका नित्यानन्द शेर्पाले अध्यक्षको दावि गरेका छन् । यसैगरी कांग्रेसबाट वर्तमान कोषाध्यक्ष जगत बरामको अध्यक्षमा दावि छ । एमालेबाट सर्वधन राई र सूर्यबहादुर भुजेलले उम्मेदवारी घोषणा गरेका छन् । दुवै जनाको सशक्त दावि हुँदै एमालेलाई अध्यक्षको उम्मेदवार टुंग्याउन गाह्रो परेको छ । दुवैले आफूलाई पार्टीले अध्यक्षको टिकट नदिए बागी उठ्ने घोषणा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending