Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

चिनियाँ उच्च नेता काठमाडौंमा, राष्ट्रपतिको नेपाल भ्रमण तय हुँदै

\"\"काठमाडौं, ४ पुस । चीनीयाँ राष्ट्रपति सी जिनपीनको नेपाल भ्रमण तय गर्न चिनियाँ उच्च नेता काठमाण्डौ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा प्रोपोगान्डा विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको उच्चस्तरिय चिनियाँ प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो । लिउ पछिल्लो तीन वर्षयता नेपाल अएका उपल्लो स्तरका चिनियाँ नेता हुन । प्रतिनिधि मण्डलमा चीनका दुई जना बहालवाला मन्त्रीसमेत छन् । तीनदिने भ्रमणमा आएका लिउलाई परराष्ट्र मन्त्रालयको चीन डेस्क हेर्ने सहसचिव गणेशप्रसाद ढकाल र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । लिउले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । शीलतनिवासमा आयोजित चिनियाँ राष्ट्रपतिको पुस्तक विमोचन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिउकै सामु नेपलले सीको भ्रमणलाई प्रतिक्षा गरिरहेको बताइन । नेता लिउले राष्ट्रपतिको भ्रमणबारे केही बताएनन्, तर नेपाललाई चीनले सँधै उच्च महत्व दिएको बताए । चिनियाँ कम्युनिष्ट पार्टीको २५ सदस्यीय पोलिटब्युरोका एक सदस्य रहेको लिउको भ्रमणलाई राष्ट्रपति सी जीनपीनको सम्भावित नेपाल भ्रमणको तयारी छलफलको रुपमा लिइएको छ । तर यसबारे चीन र नेपाल दुवैले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपीनबीच गत २९ असोजमा भारतको गोआमा भएको भेटवार्तामा राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । ब्रिक्स सम्मेलनका लागि गोआ पुगेका प्रचण्डसँग चिनियाँ राष्ट्रपतिले चाँडै र अनुकूल समयमा नेपाल भ्रमण गर्ने स्पष्ट गरेका थिए । यसबीचमा कुटनीतिक च्यानलमार्फत रष्ट्रपति सीको भ्रमणबारे कुराकानी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending