Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

उपप्रधानमन्त्री महरासँग चिनियाँ नेता ल्युको भेट, आपसी हित र दुईपक्षीय सम्बन्धबारे कुराकानी

\"\" काठमाडौँ, ३ पुस । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति तथा प्रकाशन विभागका प्रमुख तथा उक्त पार्टीको राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले भेटवार्ता गरेका छन् । अाइतबार साँझ भएको भेटमा आपसी हित र दुईपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो । चिनियाँ सरकार र नेपाल सरकारबीचको आपसी सम्बन्धबारे कुराकानी भएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले बताए । भेटमा केन्द्रीय सदस्य ल्युले नेपालको नयाँ सरकारलाई चीनको सहयोग रहिरहने बताउँदै नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धताप्रति पनि आभार प्रकट गरे । उपप्रधानमन्त्री महराले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमणका लागि आग्रह गर्नुका साथै दुवै देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारकोतर्फबाट आवश्यक भूमिका खेल्ने आश्वासन दिए । त्यसैगरी, भेटका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउनेबारे पनि कुराकानी भएको बताइएको छ । भेटमा ल्युले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलका सदस्यका साथै नेपालका लागि चिनियाँ राजदूत यु होङको समेत उपस्थिति रहेको थियो भने उपप्रधानमन्त्री महराका साथमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, लोकेन्द्र विष्ट मगरलगायतको सहभागिता थियो । ल्यु नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएको हो । नेपाल आएलगत्तै प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने तथा काठमाडौँमा हुने सातौँ चिनियाँ महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending