Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत : राष्ट्रपति भण्डारी

\"\" काठमाडौँ, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छिन् । चिनियाँ कम्युनिष्ट पार्टीको अठाराैँ महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका बेला सम्पादन गरेका ७९ विषयका विशेष कामको विवरण समेटिएको सङ्ग्रहणीय ग्रन्थ ‘चिनफिङ: चीनको शासन व्यवस्था’ को राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले सन् यात्सेन र माओत्से तुङलगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा योगदान गरेको स्मरण गरिन् । नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको उद्धार तथा राहतमा चीनबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरिन् । चीनले पछिल्लो समयमा हासिल गरेको आश्चर्यजनक प्रगतिको प्रशंसा गर्दै उनले समग्र एसियालाई अप्टिकल फाइबरको माध्यमबाट जोडेर अन्तरदेशीय सम्बन्ध र सम्पर्कलाई अझ घनीभूत तुल्याएको बताइन् । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख तथा राजनीतिक सचिवालयका सदस्य ल्यू छिपाओले विमोचित पुस्तक चीनको शासन व्यवस्था, सामाजिक पद्धति तथा आर्थिक विकास बुझ्न उपयोगी हुने बताए । चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षमा नेपाली भाषामा चिनियाँ राष्ट्रपतिका बारेमा पुस्तक प्रकाशन हुनु दुईपक्षीय सम्बन्धको अनुपम उपहारका रुपमा लिएको उनले बताए । चीन र नेपाल हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्ने मुलुकका रुपमा चित्रण गर्दै नेता ल्यूले भने “नदी र पहाडले जोडेको चीन र नेपालबीचको सम्बन्ध विश्वका लागि उदाहरण बनेको छ । ” चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष एवम् विमोचन समारोहका सभापति सुन्दरनाथ भट्टराईले नेपाल¬–चीन सम्बन्धका विविध आयामबारे चर्चा गर्दै केन्द्रले आपसी सम्बन्ध अभिवृद्धि गर्न विगत १७ वर्षदेखि गरेका कामबारे जानकारी दिनुभयो । झन्डै तीन वर्षअघि चिनियाँ भाषामा प्रकाशित उक्त पुस्तक नेपाली भाषामा यसैवर्ष अनुदित भई प्रकाशमा आएको हो । एघार भाषामा छापिएको उक्त पुस्तक संसारका एकसयभन्दा बढी मुलुकमा सार्वजनिक भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending