Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘ओलीजीले चाहेर पनि संघीयता उल्ट्याउन सक्नुहुन्न’

\"\" काठमाडौँ, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहेर संघीयता उल्ट्याउन नसक्ने दावी गरेका छन् । सिधा कुरा प्रधानमन्त्रीसँग नेपाल टेलिभिजनको कार्यक्रममा बोल्दै उनले ओलीलले चाहँदैमा संघीयता उल्ट्याउन नसक्ने दावी गरेका हुन् । संघीयतका विषयमा विगतका दिनमा फरक मत राख्न नसक्नेहरु पछिल्लो दिनमा खुलेर विरोधमा उत्रिएको बताउँदै उनले भने, ‘हिजो संघीयता मन नपराउनेहरु बीचमा बोल्न नसक्ने भएका थिए, अहिले बोल्न थालेका छन् । गणतन्त्र र संविधानकै बारेमा पनि बोल्न थालेका छन् । यसले परिस्थिती गम्भिर छ भन्ने देखाएको छ’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन सक्ने हैसियत र स्थिती कसैको नभएको समेत बताए । ‘प्रतिपक्षी एमालेका अध्यक्ष ओलीजी खुलेआम रुपमा म संघीयताको पक्षधर होइन, मलाई संघीयता मन परेको पनि होइन, हावाहुरी आयो, त्यसको पछिपछि हिडियो, यो आयातित एजेण्डा हो भन्नुहुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म के भन्छु भने यदि तपाईलाई त्यस्तै लागेको छ भने पनि तपाईले चाहेर संघीयतालाई उल्ट्याउन सक्नुहुन्न । तपाईले त्यसो गर्नुभयो भने त्यसको परिणाम सबैभन्दा बढी तपाईले नै भोग्नुपर्छ’ नेपाली जनताले आत्मसात् गरिसकेको, संविधानसभाको पहिलो संविधानभाबाट सर्वसम्मत रुपमा घोषणा गरिसकेको र दोस्रो संविधानसभाबाट संस्थागत रुपमा पनि लिबिद्ध गरिसकेको इतिहासको युगान्तकारी परिवर्तनलाई कसैले चाहदैमा, कसैले षड्यन्त्र गर्दैमा, दुईचारजनाले कराउँदैमा उल्टिन नसक्ने उनको भनाई थियो । उनले संघीयताको आवश्यकतालाई बुझ्न ओलीले कम्तिमा दुईवटा निर्वाचनको परिणामलाई हेनुपर्ने समेत बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केही साताअघि एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै संघीयता आफूलाई मन नपराएको बताएका थिए । संघीयता आयातित भएको भन्दै उनले ती मुद्दा एमालेको एजेण्डा नभएको समेत उल्लेख गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending