Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

कहाँ हराए बन्द विरोधी अभियन्ताहरु ?

\"\" काठमाडौं, २ पुस । केही दिनयता देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ । सरकारले सीमांक हेरफेरसहितको सविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि एमालेले विभिन्न ठाउँमा बन्द गर्दै आएको छ । केही दिनयताको बन्दले ५ नम्बर प्रदेशका जिल्लाहरु बढी प्रभावित छन् । गुल्मीमा १८ दिनदेखि ठप्प छ । साता बढी बन्दपछि खुलेको रुपन्देही, पाल्पा लगायतका जिल्ला फेरि शुक्रबारदेखि बन्द गरिएको छ । लामो समयसम्मको बन्दले विभिन्न जिल्लाहरुको जनजीवन अस्तब्यस्त बनेको छ । शनिवार पनि रुपन्देही, पाल्पा, गुल्मी, दाङ लगायतका जिल्ला ठप्प छन् । यसअघि माओवादीले गरेका एक दिनको बन्दसमेत प्रतिरोध गर्ने एउटा समूह सडकमा निस्किन्थ्यो । खासगरी वैद्य, विप्लव वा प्रचण्ड माओवादीले गरेको बन्दको प्रतिरोध जुलुस निकाल्ने युवाहरु ५ नम्बर प्रदेशका बन्दमा आफै सहभागी छन् । बन्द कसैले पनि गर्न नहुने भन्दै उद्योग वाणिज्य संघकै अगुवाइमा विभिन्न समयको बन्दमा उद्योग वाणिज्य संघकै अगुवाइमा नेपाल खुला रहेको भन्दै मोटरसाइकल र्यालीहरु पनि निकालिने गरिएको थियो । नेपाल बन्द छैन, सधैं खुल्ला छ भन्दै विवेकशील नेपाली दलको ब्यानरमा युवाहरु सडकमा भेटिने गरे पनि पछिल्लो एमालेको आन्दोलनमा ती युवाहरु पनि गुपचुप छन् । पछिल्लो समय विप्लव माओवादीले खाद्य सम्प्रभुताको माग गर्दै गरेको बन्दमा विभिन्न ठाउँमा प्रतिरोध गरिएको थियो । विवेकशील पार्टीका कार्यकर्ताले रुपन्देहीको बुटवलमा पनि बन्द छैन, खुल्ला छ भन्ने विप्लव माओवादीको बन्दविरुद्ध जुलुस निकालेको थिए । विवेकशीलको प्रतिरोधलाई विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले खाद्य सम्प्रभुताको आन्दोलनको विरोध गर्ने विवेकशील हुन् कि अविकशील भनेर सार्वजनिक प्रतिक्रिया नै दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending