Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

संशोधन प्रस्ताव फिर्ता नहुने भएपछि...

\"\"काठमाडौं, १ पुस । सरकारले ब्यवस्थापिका संसद सचिवालयमा १५ दिनअघि अघि दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नहुने भएपछि प्रमुख प्रतिपक्ष दल एमाले सडक आन्दोलन अझै चर्काउने भएको छ । तर संशोधन प्रस्तावकाविरुद्ध ५ नम्बर प्रदेशबाहेकका जिल्लाहरुमा आन्दोलन चर्किने सम्भावना नदेखिएपछि एमालेले ५ नम्बर प्रदेशलाई नै आन्दोलनको निशाना बनाउने भएको छ । मंसिर १४ गते बेलुका संशोधन विधेयक दर्ता गरिएपछि मंसिर १५ गतेदेखि नै ५ नम्बर प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा आन्दोलन चर्किएको थियो । स्थानीय उद्योग वाणिज्य संघहरुले नै आन्दोलनप्रति ऐक्यवद्धता जनाएपछि यातायात, ब्यापार, ब्यवसाय पूर्णरुपमा ठप्प भएको थियो । आन्दोलनप्रति सरकारले वेवास्ता गर्नुकासाथै ब्यापारीहरुले उद्योग वाणिज्य संघका स्थानीय नेतृत्वलाई बन्द खुलाउन दबाब दिएपछि ब्यापारीहरुले अघोषित रुपमा ब्यापारीहरुले आन्दोलनलाई साथ दिन छाडेका थिए । सरकारले भने संविधान संशोधनको विकल्प नभएको भन्दै विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने अडान लिएपछि एमालेले ५ नम्बर प्रदेशलाई नै केन्द्र बनाएर आन्दोलन चर्काउने तयारी गरेको छ । त्यहि योजनाका साथ एमाले आफ्ना ५ नम्बर प्रदेशका नेताहरुलाई आन्दोलनको अगुवाइ गर्न जिल्ला पठाएको एमाले स्रोतले बतायो । शुक्रबारदेखि रुपन्देही लगायतका जिल्लामा पुनः आन्दोलन थालिएको छ । गुल्मीमा शुक्रबार स्थानीय प्रशासनका साथै जिल्ला विकास समिति, वन, कृषि, शिक्षा, नगरपालिका लगायत कार्यालयमा तालाबन्दी गरी आन्दोलन थप चर्काइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सदरमुकाम तम्घासको प्रदर्शनमा १२ राउण्ड अश्रुग्यास र दुई राउण्ड हवाइ फायर गरेको छ । प्रहरीसँगको झडपका क्रममा मालेकी सांसद कमला विकसहित दुई दर्जन आन्दोलनकारी घाइते भएको स्थानीय संघर्ष समितिले जनाएको छ । प्रदर्शनकारीले दुई वटा सरकारी गाडीसमेत जलाइदिएका छन् । गुल्मीमा आन्दोलन थप चर्काउन एमाले नेता गोकर्ण विष्ट शुक्रबार गुल्मी पुगेका छन् । यो पनि पढ्नुस् गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, जिल्ला प्रशासन कार्यालय प्रदर्शनकारीको कब्जामा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending